कमल थापा नेतृत्वको राप्रपा नेपाल र तारानाथ लुइटेलको संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाबिच पार्टी एकता घोषणा भएको छ। राष्ट्रिय सभा गृहमा एक औपचारिक कार्यक्रममार्फत एकता घोषणा भएको हो।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले मधेश प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्न सङ्घ र प्रदेश सरकारलाई आग्रह गर्नुभएको छ।
नेपाल उद्योग वाणिज्य महासङ्घले आर्थिक मन्दिको अवस्थाबाट अर्थतन्त्रको सुधारका साथै वित्तीय पहुँच वृद्धिका लागि सहयोग गर्न अन्तर्राष्ट्रिय वित्त निगमलाई आग्रह गरेको छ ।
बाँकेमा पर्याप्त मात्रामा वर्षा नभएपछि धाने रोपाइँ हुने खेत यतिबेला गाईबस्तु चरनक्षेत्रको रूपमा प्रयोग भएका छन् । जिल्लाको खजुरा र जानकी लगायतका क्षेत्रमा सुख्खाको बढी प्रभाव परेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अङ्कले घटेको छ । आजको कारोबारमा नेप्से परिसूचक २८ दशमलव ५९ अङ्कले घटेर दुई हजार ७७ दशमलव ५८ को बिन्दुमा कायम भएको हो ।
नेपालको स्वास्थ्य प्रणालीको सुधारका लागि विश्व बैङ्कले आफ्नो सहयोगलाई निरन्तरता दिने भएको छ। विश्व बैङ्कका देशीय निर्देशक फारिस हादाद जेरभोसले मङ्गलबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतसँग भेटवार्ता गर्दै सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभएको हो।
नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले इमान्दारीबाट मात्रै देशले सफलता प्राप्त गर्ने बताउनुभएको छ।
समुद्र सतहदेखि चार हजार ४०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको मिक्वाखोला गाउँपालिका—५ लोदेन क्षेत्रको खर्कमा रहेका भेडा ।
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक स्थगित भएको छ । मङ्गलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो ।
बाँके जिल्लामा चालु आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन भएको बजेटको शत प्रतिशत खर्च हुने वातावरण बनाउन पहल कदमी अघि बढाइएको छ । युवा राजनीतिहरूले बजेट कार्यान्वयन समन्वय समिति गठन गरेका छन् ।
संसदीय सुनुवाइ समितिमा विभिन्न मुलुकका लागि प्रस्तावित राजदूतहरूबारे परेको उजुरीमाथि छलफल नहुने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत अब्दुल्ला सइद मुबारक जर्वान अलशाम्सीले शिष्टाचार भेट गर्नुभएको छ ।
बाँकेस्थित नेपाल–भारत मुख्य नाकामा रहेको नेपालगञ्ज भन्सार कार्यालयले गत केही वर्ष यता राजस्व सङ्कलनको लक्ष्य भेटाउन सकेको छैन ।
दुई सय ४८ जना बालक रहेको बाँकेको एक बालसुधार गृहमा उनीहरूको शिक्षाका लागि विद्यालय सञ्चालन गर्नुपर्ने माग गर्दै उच्च अदालत नेपालगन्जमा रिट दायर गरिएको छ ।
हिमाली जिल्ला म्याग्दीमा पछिल्ला वर्षहरूमा डेंगु तथा स्क्रब टाइफसको बिरामीको सङ्ख्या बढ्दै गएको छ । पछिल्ला केही वर्षको तथ्याङ्क हेर्दा परजीवीको टोकाइबाट लाग्ने रोगका बिरामीको सङ्ख्या बढेको हो ।