रामपुर नगरपालिका पाल्पाले अव्यवस्थित बसोबासीका लागि जग्गाधनी प्रमाण पुर्जा वितरणको काम सम्पन्न गरेको छ । नगरपालिकाभित्र सात सय दुई घरघडेरीको जग्गाधनी प्रमाण पुर्जा वितरण भएको छ ।
बच्चा जन्मेको १ घण्टा भित्र स्तनपान गराउन आग्रह गरिएको छ ।
गुल्मीमा खरका छाना विस्थापित कार्यक्रमबाट आठ हजार २४९ घरहरूमा जस्तापाता लगाइएका छन्। आगलागी र मनसुनजन्य विपत्बाट बचाइ सुरक्षित आवास निर्माणका लागि आठ हजार २४९ खरका छाना विस्थापित गरी जस्तापाता लगाइएको स्थानीय तहको तथ्याङ्कमा उल्लेख छ।
स्याङ्जामा भएको छुट्टाछुट्टै दुर्घटनामा पाँच जना घाइते भएका छन् ।
आन्तरिक तथा बाह्य पर्यटकलाई नयाँ गन्तव्यसम्म पु-याउन पदयात्रा सुरु गरिएको छ। जिल्लाका विभिन्न स्थानमा रहेका नयाँ पर्यटकीय स्थलको पहिचान र प्रचारप्रसार गर्ने उद्देश्यले पर्यटन व्यवसायीकोपदयात्रा सुरु गरिएको हो। पहिचानमा नआएका तथा पर्यटकलाई आकर्षित गर्न सम्भावना बोकेका स्थलसम्म जिल्लाका पर्यटन व्यवसायी, लुम्बिनी प्रदेशका रुपन्देही र कपिलवस्तु तथा भारतका विभिन्न स्थानका पर्यटन व्यवसायीलाई पदयात्रामा सहभागी बनाइएको छ। हरेक साताको एक दिन पर्यटन व्यवसायी नै पदयात्रा गर्दै नयाँ गन्तव्यमा पुगेर ती स्थानको पर्यटन सम्भावना र अवसरका बारेमा जानकारी लिने काम भइरहेको छ।
बेनी नगरपालिका ७ टुनीखर्कका कृष्णप्रसाद शर्मा हिजोआज म्याग्दीकै धेरै दूध विक्री गर्ने मध्ये पर्नुहुन्छ । उहाँले घरमै व्यावसायिक रुपमा भैँसी पालन गर्नुभएको छ ।
खुकुरी र अदुवाले प्रख्यात सल्यानको सदरमुकाममा शारदा नगरपालिका पर्दछ। शिक्षा, स्वास्थ्य, कृषिमा विशेष जोड दिँदै आएको शारदा नगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट प्रकाश भण्डारी प्रमुख हुनुहुन्छ। विगतकै राम्रा योजनालाई अघि सार्दै केही नयाँ योजना पूरा गर्ने सोचमा प्रमुख भण्डारी हुनुहुन्छ। प्रस्तुत छ, शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीसँग नगरको विकास, निर्माण तथा आगामी योजनाबारे गोरखापत्रका सल्यान समाचारदाता प्रतीक इच्छुक शर्माले गर्नुभएको कुराकानीको सार–
सुदूरपश्चिम प्रदेशको विशिष्ट विशेषज्ञ सेवासहितको अस्पताल डडेलधुरा अस्पतालमा एक जना पनि विशेषज्ञ चिकित्सक छैनन् । तर, कार्यालय सहयोगी भने दरबन्दीभन्दा तीन गुणा बढी छन् । विशेषज्ञ चिकित्सक नहुँदा बिरामीले राम्रो उपचार सेवा पाएका छैनन् । दरबन्दीका चिकित्सकको तुलनामा कार्यालय सहयोगी ४२ जना भए पनि अस्पतालको सरसफाइ हुन सकेको छैन ।
आर्थिक वर्ष २०७९/८० मा अछाम जिल्लाबाट एक अर्ब ८९ करोड रुपियाँ फिर्ता गएको छ । सङ्घ र प्रदेशबाट आएको बजेटमा चालु तथा पुँजीगत बजेटबाट एक अर्ब ८९ करोड ५६ लाख ५५ हजार रुपियाँ फिर्ता भएको हो । आव २०७९/८० मा सङ्घीय सरकारको पुँजीगततर्फ आधाभन्दा बढी रकम कार्यान्वयन हुन नसकेर फिर्ता भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय, अछामका लेखापाल रामबहादुर माझीका अनुसार पँुजीगततर्फको एक अर्ब २८ करोड ३७ लाख १५ हजार रुपियाँ फिर्ता भएको जानकारी दिनुभयो ।
पूर्वी नवलपरासी जिल्लामा पछिल्लो समय कागती खेतीतर्फ युवाको आकर्षण बढ्न थालेको छ। परम्परागत कृषि खेतीबाट भन्दा राम्रो आम्दानी हुन सक्ने भन्दै कागती खेतीमा आकर्षण बढ्न थालेको हो। डेढ दशक वैदेशिक रोजगारीमा बिताएका कावासोती नगरपालिका–१७, गोछडाटारका सागर लम्साल अहिले कागती खेतीमा व्यस्त हुनुहुन्छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत बिरुवामा ५० र सिँचाइमा ८५ प्रतिशत अनुदान पाएपछि उहाँले व्यावसायिक रूपमा कागती खेती सुरु गर्नुभयो। परियोजनामार्फत पिभिसी ट्याङ्की, ट्याङ्की स्ट्यान्ड, मोटर, पाइपलाइन विस्तार, सुनकागती–१ को ‘ग्राफ्टेड’ बिरुवा,
संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय, पर्यटन विभाग, पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डप र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको सहकार्यमा सोमबारदेखि अठार दिने तालिम सुरु भएको हो ।
किसानलाई दुग्ध व्यवसायमा आकर्षित गराउन र गाईभैँसी पालनमा आत्मनिर्भर बनाउन हुप्सेकोट गाउँपालिकाले दुध उत्पादक किसानलाई प्रतिलिटर १० रुपियाँ अनुदान दिने भएको छ। उक्त गाउँपालिकाले गत आर्थिक वर्षमा प्रतिलिटर पाँच रुपियाँ अनुदान दिँदै आएकोमा आव २०८०/८१ देखि अनुदान रकम वृद्धि गरी प्रतिलिटर १० रुपियाँ पु-याएको हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनुभयो।
मधेश प्रदेश सरकारले प्रदेशभरि गाईबस्तुमा ‘लम्पी स्किन’ रोगविरुद्धको खोप लगाउन सुरु गरेको छ। सोमबार जनकपुरधामस्थित सीताराम गौशालामा एक कार्यक्रमको आयोजना गर्दै औपचारिक रूपमा प्रदेशको आठ वटै जिल्लामा एकसाथ ‘लम्पी स्किन’ रोगविरुद्धको खोप लगाउन सुरु गरिएको हो। मधेश प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री गोविन्दबहादुर न्यौपानेले ‘लम्पी स्किन’ रोगविरुद्ध खोप लगाउन आठ वटै जिल्लामा सुरु भएको जानकारी दिनुभयो।