काठमाडौँ, साउन १८ गते । ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत आर्सेन टम्स्कीको पुस्तक ‘इनड्राइभरस् फ्रम साइबेरिया टु सिलिकन भ्याली’ को अनुवादित संस्करण अब अङ्ग्रेजी, स्पेनिस, पोर्चुगिज भाषापछि नेपाली भाषामा सार्वजनिक गरिएको छ ।
मङ्गलबार काठमाडौँमा पुस्तकको लोकार्पण गरिएको हो । विमोचन कार्यक्रममा बोल्दै इन्ड्राइभका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत आर्सेन टम्स्कीले भन्नुभयो, “पाठकसँग मेरो यात्रा अनुभव साझा गर्न पाउँदा म धेरै नै खुसी छु । इनड्राइभको जग र विकास मेरा लागि व्यावसायिक प्रयास मात्र होइन, एउटा गहिरो व्यक्तिगत र भावनात्मक यात्रा पनि हो । यसले मेरो जीवनलाई आकार दिएको छ र विकासका बारेमा लेख्नु परिवर्तनकारी भएको छ ।”
पुस्तकले आर्सेनको जीवन कथालाई अनावरण गरेको छ । साइबेरियामा जीवनको कठोर वास्तविकता नेभिगेट गर्नेदेखि लिएर दृढ आत्मविश्वासका साथ प्राविधिक उद्यमशीलताको क्षेत्रमा प्रवेश गर्ने विषय समावेश छन् ।