• ३० वैशाख २०८२, मङ्गलबार

जनमत पार्टीको राष्ट्रिय परिषद् बैठक सुरु

blog

काठमाडौं, साउन १७ गते । जनमत पार्टीको राष्ट्रिय परिषद् बैठक केहीबेर अघि यहाँ सुरु भएको छ ।

डा. सिके राउतले नेतृत्व गर्नुभएको सो पार्टीको राष्ट्रिय परिषद्को बैठक केहीबेरअघि राजधानीको एक होटलमा सुरु भएको सो पार्टीका केन्द्रीय प्रवक्ता डा. शरदसिंह यादवले जानकारी दिनुभयो । उहाँका अनुसार आजको बैठकमा समसामयिक विषयमा प्रशिक्षण तथा छलफल हुने एजेण्डा तय गरिएको छ ।

उहाँका अनुसार यही साउन १८ गते बिहीबार केन्द्रीय समितिको बैठक बस्ने भएको छ भने १९ गते स्थानीय जनप्रतिनिधि पार्टी समन्वय बैठक आह्वान गरिएको छ । उक्त बैठकमा वडाध्यक्ष, नगरप्रमुख–उपप्रमुख, गाउँपालिका अध्यक्ष–उपाध्यक्षको सहभागिता रहने प्रवक्ता डा. यादवले बताउनुभयो । रासस