प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोध पछि मङ्गलबारको प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।
सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षसहित तीनजनाले भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ ।
काठमााडौं, जेठ ३० गते। सरकारले कृषि क्षेत्र नतोकिकन घर जग्गाका लागि जग्गाको कित्ताकाट गर्न नपाउने व्यवस्था गरेको छ। घर जग्गाको नाममा कृषि क्षेत्र क्रमशः घट्दै गइरहेको बेला सरकारले खेतीयोग्य जग्गा वा गैरकृषि क्षेत्र निर्धारण गर्ने प्रयोजनका लागि स्थानीय भूउपयोग परिषद्ले भूउपयोग ऐन, २०७६ र भूउपयोग नियमावली, २०७९ ले तोकेको मापदण्ड अनुसार कृषि क्षेत्र र गैरकृषि क्षेत्र वर्गीकरण गर्नुपर्ने निर्णय गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले यही जेठ २७ गते मन्त्रिस्तरीय निर्णय गरेर कृषि क्षेत्र निर्धारण नभएका कुनै पनि जग्गाको कित्ताकाट गर्न नपाउने व्यवस्था गरिएको छ। मन्त्रालयले मातहतका मालपोत र नापी कार्यालयलाई त्यस्तो निर्णय कार्यान्वयनका लागि पठाएको छ। बैंक, वित्तीय संस्था वा सहकारी संस्थामा धितो बन्धक राख्दा खेतीयोग्य वा गैर खेतीयोग्य क्षेत्रको वर्गीकरण गरेर मात्रै लिखत पारित गर्नुपर्ने व्यवस्था गरिएको छ। त्यस्तो निर्णय भएसँगै अब कृषियोग्य भूमिको धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण नपाइने भएको छ। कुनै व्यक्ति, फर्म कम्पनी वा संस्थाले जुनसुकै प्रकारका लिखतबाट जग्गाको खण्डीकरण गरी हक हस्तान्तरण गर्ने गरी लिखत पास गर्न आएका स्थानीय भूउपयोग परिषद्ले गरेबमोजिम स्थानीय तहबाट सिफारिश भई आएमा खेतीयोग्य जग्गा भए भूउपयोग नियमावली अनुसार गर्नुपर्नेछ। गैर कृषि क्षेत्रको भए नियमावलीको अर्को प्रबन्ध अनुसारको क्षेत्रफल भन्दा कम नहुने गरी कित्ताकाट गर्नुपर्नेछ। मन्त्रालयका अनुसार पुनः नापीको क्रममा कुनै जग्गा ब्लकमा नापजाँच भई हाल साविक दर्ता गर्दा कित्ता छुट्याउनुपर्ने भएमा साविक प्रमाण बमोजिम कित्ताकाट हुनेछ। तर, साविकको एक कित्ता हाल साविक गर्दा हाल कायम रहेको बाटो, कुलोलगायतले सिमाना छुट्याइएको अवस्थामा बाहेक एउटा ब्लकबाट कित्ताकाट हुँदा एकभन्दा बढी कित्ता कायम हुने गरी हाल साविक गर्न पाइने छैन। भूउपयोग नियमावली, २०७९ लागू हुनु अगावै आवासीय प्रयोजनका लागि आधिकारिक निकायबाट प्लानिङ अनुमति प्राप्त गरेका कम्पनी वा निकायले प्लानिङ अनुमति पाएका कम्पनी वा निकायले प्लानिङ पर्मिट प्राप्त गरी स्वीकृत नक्शा बमोजिम कित्ता नापी नक्शामा बाटो तथा सार्वजनिक क्षेत्र कायम गरी सकेको भए सोही अनुसार नै कित्ताकाट हुनेछ। त्यसमा कुनै पनि बाधा पर्नेछैन। मन्त्रालयका अनुसार भूउपयोग नियमावली, २०७९ लागू हुनु अगावै प्लानिङ अनुमति प्राप्त गरी स्वीकृत नक्शा बमोजिम कित्ता नापी नक्शामा कित्ताबाट गर्न बाँकी रहेको भए नियमावलीको नियम १२ बमोजिमको क्षेत्रफल कायम हुने गरी मात्रै कित्ताकाट गर्नुपर्नेछ। कुनै पनि कित्ता जग्गा कित्ताकाट गरी प्लट मिलान गर्दा तोकिएको क्षेत्रफल भन्दा कम क्षेत्रफल बाँकी नहुने मात्र प्लट मिलान गर्न गराउन सकिने प्रबन्ध गरिएको छ। पछिल्लो व्यवस्थाले कृषियोग्य भूमिको खण्डीकरण गर्ने काममा निरुत्साहन हुने विश्वास गरिएको छ। मन्त्रीस्तरीय निर्णय कार्यान्यनका लागि मन्त्रालयले भूमि व्यवस्थापन तथा अभिलेख विभाग, नापी विभागलाई कार्यान्वयनका लागि पठाएको छ।त्यस्तै, राष्ट्रिय भूमि आयोगलाई पनि सोही अनुसार गर्न भनिएको छ। भूउपयोग ऐन र नियमावलीमा भएको व्यवस्थालाई कार्यान्वयनमा सहजीकरण गर्न नेपाल राजपत्रमा यसअघि नै सूचना प्रकाशित भइसकेको छ। भूउपयोग कार्यक्रम सञ्चालन नहुन्जेलसम्म वा भूउपयोग नियमावली, २०७९ को नियम ५ को उपनियम ७ बमोजिम चार किल्ला खुलाई कृषि क्षेत्र तोक्नैपर्ने व्यवस्था गरिएको छ। सोही व्यवस्था अनुसार कार्यान्वयनका लागि मातहतका कार्यालयलाई परिपत्र गरिएको मन्त्रालयले जनाएको छ। नेपाल राष्ट्र बैंकका अनुसार वैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले घर जग्गा धितो राखेर ३१ खर्ब ५८ अर्ब बराबरको ऋण प्रवाह गरेका छन्। अधिकांशले घर जग्गालाई धितो राखेर ऋण प्रवाह गरेको पाइएको छ। यस्तै, कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोषलगायतले पनि घर जग्गा धितोमा ऋण प्रवाह गरेका छन्। सामाजिक सुरक्षा कोषले समेत त्यसका लागि आवश्यक तयारी गरिरहेको छ। रासस
धार्मिक तथा पर्यटकीय क्षेत्र रलिङ गुम्बामा लाग्ने मेलाका लागि हेलिकोप्टर उडान स्थानीय स्तरमा सुरु भएको छ।
राजन रावतहुुम्ला, जेठ ३१ गते । धार्मिक तथा पर्यटकीय क्षेत्र रलिङ गुम्बामा लाग्ने मेलाका लागि हेलिकोप्टर उडान स्थानीय स्तरमा सुुरु भएको छ । धार्मिक मेला लाग्ने र आन्तरिक पर्यटकहरु गुुम्बाको अवलोकन गर्न जाने भएपछि हेलिकोप्टरले उडान भएको हो । रलिङ मेला हेर्न जानुुभएका सिमकोट गाउँपालिकाकी उपाध्यक्ष सुशीला भाम रोकायाले रलिङका लागि दुुई वर्ष कोरोनाको कारण रोकिएको हेलिकोप्टर उडान सुुरु भएपछि जान पाइएको बताउनुुभयो । उहाँले उक्त पर्यटकीय क्षेत्रमा पहिले पैदल जाने गरिएको भए पनि अहिले हेलिकोप्टर उडान हुनेपछि सहज भएको बताउनुुभयो । उहाँले एकतर्फी उडान भाडा भने पाँच हजार पाँच सय लिने गरेको बताउनुुभयो । दुुईतर्फ आवतजावत गर्नेले भने एघार हजार रुपियाँ भाडा तिर्नुपर्नेछ । उहाँले नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका निमित्त प्रमुख मनोज डङ्गोलका अनुुसार मङ्गलबार चार बजेसम्म तीस वटा उडान भरेको छ भने उडान भर्ने कार्य बेलुुका सात बजेसम्म हावा नलागेसम्म जारी रहने बताउनुुभयो । प्रति उडान पाँच जना यात्रुु ओसार्ने भएको कारण एक सय पचास जना यात्रुुले हेलिकोप्टर चढ्नुुभएको छ । मङ्गलबार रलिङ जाने काम मात्र हुनेछ भने बुुधवार यात्रुु फिर्ता हुुनेछ । अन्य बेला पनि आन्तरिक पर्यटकहरुले हेलिकोप्टर उडानबाट गुम्बा तथा पर्यटकीय स्थलहरुको दर्शन र अवलोकन गर्दै आउनुुभएको छ ।
महानगरपालिका–६ बौद्धस्थित लुङता गेस्ट हाउसमा लगेर तीनजनाले किशोरीमाथि सामूहिक बलात्कार गरेको प्रहरी प्रधान कार्यालय, काठमाडौंले जनाएको छ ।
अत्यधिक गर्मी बढेपछि बाँकेका चार स्थानीय तहले पाँच पाँच दिन विद्यालय बन्द गरेपनि गर्मी बढ्दै गएकोले थप चार दिन विद्यालय बन्द गर्ने निर्णय मंगलबार गरिएको छ ।
१६ वर्षीय एक व्यक्तिको हत्या भएको भन्दै पीडित पक्षले पञ्चदेवल विनायक नगरपालिकामा लगाइएको तालाबन्दी १० दिनसम्म खुल्न सकेको छैन।
सर्लाहीको चन्द्रनगर गाउँपालिकास्थित पर्यटकीय स्थल नाढीमन ताल पछिल्लो समय सुनसान देखिन थालेको छ । २०७२ साल चैतमा नेपाली सेनाले तालमा विभिन्न पर्यटकीय संरचना निर्माण गरी तत्कालीन ताल संरक्षण समितिलाई हस्तान्तरण गरेको थियो । त्यसपछि तालमा डुङ्गा चढ्नेलगायत ताल अवलोकनका लागि पुग्नेहरु ह्वात्तै बढेका थिए ।
मनसुुन तथा अन्य प्रकोपबाट हुनसक्ने सम्भावित घटना तथा क्षतिका लागि सुुरक्षाकर्मीले गर्नुपर्ने उद्धार कार्यको प्रर्दशनी गरिएको छ । प्रकोपजन्य कुनै घटना भए त्यसका लागि गरिने उद्धार कार्यबारे जानकारी गराउन उक्त प्रर्दशनी गरिएको हो ।
जिल्ला समन्वय समिति ताप्लेजुङमा प्रमुखसहित सत्ता गठबन्धनको प्यानल नै विजयी भएको छ।
काठमाडौं, जेठ ३१ गते । गायिका इन्दिरा जोशी आज विवाह बन्धनमा बाँधिदै हुनुहुन्छ । उहाँले आफ्नो प्रेमी तथा फेसन डिजाइनर शरद केडियासँग बिहे गर्न लाग्नुभएको हो । दुई वर्षदेखि प्रेममा रहेका यी जोडीले गतवर्ष सगरमाथाको नाम्चेमा पुगेर इन्गेज्मेन्ट गरेका थिए । शरदले इन्दिरालाई इन्गेज्मेन्ट औँठी लगाइदिएपछि इन्दिराले विवाहको प्रस्ताव स्वीकार गर्नुभएको थियो ।
दाङको तुलसीपुरमा महिला र बालिकालाई कुटपिट गरेको आरोपमा पक्राउ पर्नुभएका लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला वलीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय घोराही ल्याइएको छ ।
रुसी सेनाले पूर्वी युक्रेनको डोनबास क्षेत्रलाई पूर्ण रुपमा नियन्त्रण गर्नको लागि सेभेरोडोनेत्सक शहर बाहिरका सबै पक्की पुलहरुलाई ध्वस्त बनाएको छ । पश्चिमी युक्रेनसँगको सबै सम्पर्क टुटाउनको लागि रुसी सेनाले यस्तो कदम चालेको स्थानीय सरकारले जनाएको छ ।
संसद सचिवालयले असार १ गते बुधबारका लागि बोलाइएको राष्ट्रियसभा बैठक असार २ गते बस्ने जनाएको छ ।