जिल्लाका अधिकांश क्षेत्रमा बनाइएका र बनाउन थालिएका जलाशयहरु वन जङ्गल क्षेत्रमा छन् । दाङ उपत्यकाको उत्तरी क्षेत्रमा बनाइएका त्यस्ता जलाशयबाट पानी सञ्चय मात्रै नभई जङ्गलमा रहेका पशुपंक्षीलाई पानी र कृषकलाई सिंचाई सुविधा हुँदैआएको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की नेत्री विद्या भट्टराईले प्रतिनिधिसभाको उपसभामुख पदमा मनोनयन दर्ता गराउनुभएको छ । बिहीबार संसद भवनमा पुगेर नेत्री भट्टराईले उम्मेदवारी दर्ता गराउनुभएको हो ।
सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का महासचिव एवम् राष्ट्रियसभाका सांसद डा. बेदुराम भुसालले मुलुकमा बेरुजु बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नु भएको छ ।
राष्ट्रिय सभाका सांसद जगप्रसाद शर्माले एमालेको अर्थ तथा योजना विभागका एम अधिकारी र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी एउटै भए/नभएको सरकारले छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउन माग गर्नुभएको छ ।
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले खुलेआम सङ्घीयता खारेज गर्ने र पुरानै राजतन्त्रमा जाने प्रवृत्ति अझै रहेको बताउनुभएको छ ।
नेपाली कांग्रेसकी नेत्री पुष्पा भुसाल (गौतम)ले प्रतिनिधिसभाको उपसभामुख पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।
सुदूरपश्चिम प्रदेशसभाको बुधबार बसेको दोस्रो बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०७९÷८० को बजेट बहुमतले पारित भएको छ ।
कम्पले भत्काएको प्रसिद्ध धार्मिक स्थल कालिका मन्दिर र रङ्गमहल पुनर्निर्माणमा ढिलाइ भएको छ । एक वर्षभित्र ‘रेट्रोफिटिङ’ गर्नेगरी पुरातत्त्व विभागले २०७८ साउन १५ गते श्री धर्म-आरआर जेभीसँग निर्माण ठेक्का सम्झौता गरेको थियो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय र यसअन्तर्गतका विभाग, बोर्ड, समिति तथा कार्यक्रमको चालू आर्थिक वर्षको कुल खर्च ७५.३२ प्रतिशत पुगेको छ । त्यसमा चालू खर्च ७८.५५ प्रतिशत र पुँजीगत खर्च ४५.५१ प्रतिशत खर्च भएको छ ।
बाँके जिल्लाको नरैनापुर गाउँपालिकामा एक अर्बभन्दा बढीको लगानीमा अत्याधुनिक रङ्गशाला निर्माण सुरु भएको छ । नरैनापुर–४ मा पाँच बिघा क्षेत्रफलमा सो रङ्गशाला निर्माण सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।रङ्गशाला निर्माणका लागि पहिलो चरणमा माटो पटान र पर्खाल लगाउने कार्य सुरु भएको जनाउँदै गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले त्यसका लागि युवा तथा खेलकुद मन्त्रालयले पाँच करोड रुपियाँ बजेट उपलब्ध गराएको बताउनुभयो ।उहाँले केन्द्र र प्रदेश सरकारले दिएको बजेटअनुसार भौतिक संरचना निर्माण गर्दै जाने योजना रहेको जनाउँदै सो रङ्गशाला बहुवर्षीय योजनाअन्तर्गत निर्माण गरिने बताउनुभयो ।
बाँकेका उद्योगी व्यवसायीले बैङ्कले ब्याज र साँवा असुलीमा ताकेता गरेर व्यवसायीलाई झन् अप्ठ्यारोमा पारेको गुनासो गर्नुभएको छ । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले बुधबार आयोजना गरेको बैङ्कर र उद्यमी व्यवसायीबीचको अन्तक्र्रियामा उहाँहरूले कोरोना महामारीकै बेलादेखि देखिएको समस्याबाट पार पाउन नसकिरहेको अवस्थामा ऋण र ब्याज असुलीमा कडाइ गरेर बैङ्कले थप समस्यामा पारेको आरोप लगाउनुभयो ।
अब बाटाहरूले हात हल्लाउँदै हिँड्नुको तुक छैन न त चेप र गल्लीहरूले चिहाइ चिहाइ हेर्नुको मजा छ रुखका पातहरू माथिबाट स्वागत गरेझैँ गरी झरे पनि
आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा । सम्पूर्ण शिष्य तथा कलाकारहरूले मङ्गलबार शिक्षा दिने गुरुजनप्रति सम्मान प्रकट गरी मनाएका छन् । ‘गु’को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको छ । पढाइ, काम र व्यावहारिक जीवनमा मार्गनिर्देश गर्नेहरूलाई सम्झने गरिन्छ । कलाकारहरूले आफ्नो गुरुको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा साझा गर्दै आदरयुक्त शब्द प्रयोग गरिरहेका छन् ।
सहिद स्मारक ‘ए’ डिभिजन लिगमा तेस्रो स्थान हात पारेको न्युरोड टिम (एनआरटी)ले बुधबार प्रिसिजनअन्तर्गतको विदेश भ्रमणमा पहिलो जित हात पारेको छ । नेपालले बुधबार थाइल्यान्डको तेस्रो डिभिजनको क्लब थोनबुरी युनाइटेडलाई २–१ ले हरायो ।
शून्यमा गुञ्जिएका आवाज ! आवाजमा बनेका यी रङ्गीन शब्दहरू यिनै रङ्गीन शब्दहरूका परिधिभित्रको यात्रामय जीवन !