• १८ असार २०८१, मङ्गलबार

राजनीतिक पार्टी र नेताले वैज्ञानिक ढङ्गबाट सोच्नुपर्छ : अध्यक्ष दाहाल

blog

तस्बिर : रासस

गोरखापत्र अनलाइन
काठमाडौं, असार ३० गते ।
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले खुलेआम सङ्घीयता खारेज गर्ने र पुरानै राजतन्त्रमा जाने प्रवृत्ति अझै रहेको बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा अल्टरनेटिभ फाउन्डेसनद्वारा आयोजित नेपालमा विज्ञान तथा सूचना प्रविधिसम्बन्धी नीति संवाद कार्यक्रममा बोल्नुहुँदै उहाँले सबै राजनीतिक पार्टी र नेताहरुले वैज्ञानिक ढङ्गबाट सोच्नुपर्ने बताउनुभयो ।

उहाँले अहिले कोही प्रदेश र स्थानीय तहको अधिकार थप बलियो बनाउने पक्षमा रहे पनि कोही यसको खारेज गर्नतर्फ लागि परेको बताउनुभयो । ‘म पनि विज्ञान र प्रविधिको विद्यार्थी भएको नाताले त्यो प्रविधि कसरी ल्याउने, विकास र समृद्धिको नयाँ यात्राको कुरा गर्दा असन्तोषबाट विज्ञानको विकास हुन्छ । ठूला–ठूला प्रयोग निरन्तरतामा क्रम भङ्ग हुन्छ । बढी वैज्ञानिक सोच राख्ने कम्युनिष्ट नै हुन्छ’’ उहाँले भन्नुभयो ।

विज्ञानलाई दर्शन बनाएर आत्मसात् गर्नुपर्ने बताउनुहुँदै उहाँले विगतमा निकै ठूलो जोखिम उठाएर कम्युनिष्ट एकता गराएको उल्लेख गर्नुभयो । भोलिका दिनमा पनि यसका लागि आफू प्रस्तावक हुनसक्ने भनाइ उहाँले राख्नुभयो ।