नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई आगामी निर्वाचनका लागि ख्यातिप्राप्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुले क्षेत्र नं. ५ मा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
दार्चुला, कात्तिक ५ गते। दार्चुलाको शैल्यशिखर नगरपालिका–६ उल्लानीमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्।सदरमुकाम खलङ्गाबाट गोकुलेश्वरतर्फ गइरहेको सुपप्र०२००१त १४६७ नंको ट्याक्टर आज दुर्घटना भएको हो। ट्याक्टर सडकबाट करिब एक सय ५० मिटर तल खसेको थियो। ट्याक्टरमा चार जना सवार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो। चालक र एक यात्रुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते दुवै जनालाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको छ। मृतकको सनाखत हुन सकेको छैन। घाइतेको समेत पहिचान हुन नसकेको प्रहरीले जनाएको छ। रासस
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि हालसम्म ६० जिल्लामा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी गरिएको छ।
सुनसरी सदरमुकाम इनरुवाका साहित्यकार टीका शिवाकोटी आचार्यको पहिलो साहित्यिक कृति ‘भुइमान्छे’ कविता संग्रह शनिबार विमोचित भएको छ । आचार्यको कृति ‘भुइमान्छे’ को प्रदेश १ का पूर्व मूख्यमन्त्री भिमप्रसाद आचार्य र इनरुवा नगरपालिका उपप्रमुख विनिताकुमारी मेहतासहित साहित्यकार प्राध्यापक रबिन्द्र कोइराला, लिलानाथ सिलवाल लगायतले गर्नुभयो ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादु देउवाले मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा गठबन्धनलाई जिताए नागरिकता सम्बन्धी समस्या समाधान हुने बताउनुभएको छ।
सञ्चार तथा सूचना प्रविधि एवम् कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफ्नो क्षेत्रका सबै विद्यालयलाई स्मार्ट विद्यालय बनाउने बताउनुभएको छ । सुनसरी क्षेत्र नं. ४ का सबै विद्यालयलाई स्मार्ट विद्यालय बनाउने उहाँले उदघोष गर्नुभयो ।
सप्तरीको निर्वाचन क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका तेजुलाल चौधरी र एमाले–जसपाका उम्मेदवार बालकिशोर यादवबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई गटबन्दीरहित बनाएर एकतावद्ध रुपले अघि बढेर आगामी निर्वाचनमा विजयी हुने बताउनुभएको छ । पार्टीभित्र सानामसिना असन्तुष्टि रहे पनि पार्टीलाई एकतावद्ध बनाएर लैजाने बताउनुभयो । तिहार, नेपाल सम्बत र छठको अवसरमा एमाले ललितपुरले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष ओलीले सो कुरा बताउनुभयो ।
साहित्यकार प्रा. डा. बच्चुकैलाश कैनीद्वारा लिखित पाँच वटा कृतिको शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा लोकार्पण गरिएको छ।
गृहमन्त्री बालकृष्ण खाणले हवाई तथा स्थल नाका व्यवस्थित गर्न सरकार लागि परेको बताउनुभएको छ ।
बेन्जामिन कोल गम्भीररूपमा मानसिक बिरामी भएको उनको वकिलहरूले दाबी गरे पनि ओक्लाहोमाको म्याकलेस्टर कारागारमा तीनवटा घातक औषधिको माध्यमबाट उनलाई मृत्युदण्ड दिइएको हो । गत वर्षदेखि ओक्लाहोमा राज्यमा मृत्युदण्डको सजाय पुनः लागू भएपछि मृत्युदण्ड पाउने उनी छैटौँ कैदी हुन् ।
नेपाली घरेलु फुटबलको सफल क्लबमध्येको अन्नपूर्ण आरसीटी क्लबले शनिबार आफ्नो ९०औं वार्षिकाेत्सव मनाएको छ ।
नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा मधेश प्रदेशको राजधानी जनकपुरधाम आइपुग्नु भएको छ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख एवम् प्रहरी नायब उपरीक्षक पुष्करराज मल्लले दंगीशरण गाउँपालिका–२ कुइरीगनार घाटमा नुहाउने क्रममा शनिबार दिउँसो दुई किशोरी बेपत्ता भएको जानकारी दिनुभएको हो ।
टी–२० विश्वकप अन्तर्गत सुपर १२ को पहिलो खेलमा साविक विजेता अष्ट्रेलिया न्युजिल्यान्डसँग पराजित भएको छ । सिड्नी क्रिकेट मैदानमा शनिबार दिउँसो भएको खेलमा न्युजिल्यान्डले घरेलु टोली अष्ट्रेलियालाई ८९ रनले हरायो ।