सहरी विकासमन्त्री मेटमणि चौधरीले सरकारी योजनालाई ठेकेदारहरुले दुहुनो गाई बनाएको बताउनुभएका छ । यसरी राज्यलाई ट्रयापमा पार्ने गिरोहलाई आफूले नछोड्ने उहाँको भनाइ छ । मन्त्री चौधरीले एक कार्यक्रममा सो कुरा बताउनुभएको हो ।
सत्तारुढ नेपाली कांग्रेसका सांसद जितेन्द्र नारायण देवले सरकारले राम्रो काम गर्दा पनि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले साथ नदिएको गुनासो गर्नु भएको छ ।
जनार्जन खत्रीसर्लाही, साउन २५ गते। सर्लाहीको हरिवन नगरपालिका-१०, नयाँरोडमा बुधबार दिउँसो कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। पूर्व-पश्चिम राजमार्गस्थित नयाँरोड चोकमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ७ च ९२२२ नम्बरको कारले विपरीत दिशाबाट जाँदै गरेको ना ३३ प २२९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक हरिवन नगरपालिका-११, बस्ने ३८ वर्षीय गुरुप्रसाद ढुङ्गेलको मृत्यु भएको हो। ढुङ्गेललाई हरिवनस्थित सरस्वती अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारका लागि वयोधा अस्पताल वीरगन्ज पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ। दुर्घटनामा संलग्न कार र कारका चालक काठमाडौंको चन्द्रागिरी नगरपालिका-१, बस्ने ५० वर्षीय रवीन्द्र गिरी प्रहरी नियन्त्रणमा छन्।
ओखलढुङ्गा, खानेपानी तथा सरसफाइ डिभिजन नं. २, मा कार्यरत सबइन्जिनियर रामबाबु यादवको योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएको छ ।
प्रतिनिधि सभा सदस्य तेजुलाल चौधरीले देशमा शिक्षा, स्वास्थ्य र रोजगारीको अवस्था नाजुक रहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ। .
वन तथा वातावरण मन्त्रालयका सचिव पेमनारायण कँडेलले वातावरण र वन ऐनको संशोधन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । बुधवार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्नुहुँदै उहाँले सचिव कँडेलले सो कुरा बताउनुभएको हो ।
झापाको वबितामोड नगरपालिकाले सम्पति कर तथा भूमिकर बढाएको भन्दै चौतर्फी विरोध भएपछि पुरानै करलाई यथावत राख्ने निर्णय गरेको छ। जग्गा वर्गीकरण नहुञ्जेलसम्मको लागि यस अघिको आर्थिक वर्षकै करको दरलाई निरन्तरता दिने निर्णय कार्यापालिका बैठकले गरेको हो।
परवानीपुर–सुख्खा बन्दरगाह सडकखण्ड अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ बहुअरी चोकमा रोकिराखेको एक भारतीय नम्बरको मालवाहक ट्रकबाट सशस्त्र प्रहरी बल १३ नम्बर गणको प्रहरी टोलीले १४३ किलो पाँच सय ग्राम लागूऔषध गाँजा बरामद गरेको छ ।
सुन्दर वातावरण हरियाली डाँडाकाँडा पाखापखेराले भरिभराउ पाल्पा अहिले आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बनिरहेको छ । सुन्दर डाँडा श्रीनगरले पनि पर्यटक लोभ्याउने काम गरिरहेको छ ।
चार वर्षीया एक बालिकामा यो सङ्क्रमण पाइएको जर्मनीको रोबर्ट कोच इन्स्टिच्युटले सो जानकारी दिएको हो ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय गौरवका आयोजना तोकिएकै समयमा सक्नुपर्ने बताउनुभएको छ । बुधवार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्नुहुँदै उहाँले राष्ट्रिय गौरवका आयोजना तोकिएको समयमै नसकिँदा लाभ लिनबाट वञ्चित हुनुपरेको बताउनुभयो ।
काठमाडौंको बालाजु बाइपासस्थित वान वर्ल्ड जुत्ता कारखानामा लागेको आगो नियन्त्रणमा आएको छ । काठमाडौं महानगरपालिका–१६ बालाजु बाइपास नजिक रहेको चप्पल जुत्ता कारखानामा बुधबार मध्याह्नदेखि आगलागी भएको थियो ।
रेखीराम रानापाल्पा, साउन २५ गते । राष्ट्रिय भूमि आयोगले पाल्पाका थप पाँच वटा पालिकामा काम सुरु गरेको छ । जिल्लाको पूर्वखोला, निस्दी, बगनासकाली, रिब्दीकोट र रम्भा गाउँपालिकामा आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको तथ्याङ्क सङ्कलन कार्य सुरु गरेको हो । आयोग र पालिकाबीच सम्झौता भएपछि तथ्याङ्क सङ्कलनको काम प्रारम्भ गरिएको आयोगका जिल्ला अध्यक्ष मोहनलाल गैरेले जानकारी दिनुभयो । यसअघि तानसेन, रामपुर, माथागढी, रैनादेवी छहरा र तिनाउमा सम्झौतापछि काम सुरु भइसकेको उहाँले बताउनुभयो । पाल्पाका बाँकी पाँच वटा पालिकासँग सम्झौतापछि भूमिहीन, सकुम्बासी तथा दलितको तथ्याङ्क सङ्कलन गरेर इन्ट्री गरिने उहाँले जानकारी दिनुभयो । ती पालिकामा अव्यवस्थित बसोबाससमेत रहेको जानकारी प्राप्त भएकाले अव्यवस्थित बसोबासको समेत निवेदन माग गरिनेछ । थपिएका पाँच वटा पालिकामा लालपूर्जा वितरणको लागि काम तीव्र रुपमा अगाडि बढाइने र तीन/चार महिनाभित्रै आयोगले तोकेको मापदण्डअनुसार लालपूर्जा वितरण गरिने आयोजकका सदस्य हरिता थापामगरले जानकारी दिनुभयो । पाल्पा जिल्लामा हालसम्म रामपुर नगरपालिकाभित्रका ८८२ जना भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासको तथ्याङ्क सङ्कलन, फिल्ड बुक तयार, जग्गा नापजाँच, नक्सा तयार भएको छ । उनीहरूको नाममा तयार लालपूर्जा वितरणका लागि हकदावी सम्बन्धी सूचना प्रकाशित गरेर लालपूर्जा वितरणको काम गरिने जिल्ला अध्यक्ष गैरेले बताउनुभयो । माथागढीको विभिन्न स्थानमा यसअघिका आयोगले वितरण गरेका दुई सय २५ जनाको लालपूर्जाको फिल्डबुक तयार, जग्गा नापजाँच तथा नक्सा तयार गर्ने कार्य भइरहेको छ । आयोगका अनुसार पाल्पाको तानसेन नगरपालिकाभित्रका ११२ भूमिहीन दलित, १९९ भूमिहीन सुकुम्बासी तथा एक हजार ११२ व्यवस्थित बसोबासीको निवेदन प्राप्त भएको छ । यस्तै, रामपुर नगरपालिकाको थप ८२ जना भूमिहीन दलित, ९१ जना भूमिहीन सुकुम्बासी तथा एक हजार ६७० अव्यवस्थित बसोबासको निवेदन प्राप्त भएको छ । माथागढीमा भूमिहीन दलित ४२, भूमिहीन सुकुम्बासी २३ तथा एक हजार दुई सय पाँच व्यवस्थित बसोबासको निवेदन आएको भूमि आयोग जिल्ला समितिले जनाएको छ । रैनादेवी छहरा गाउँपालिकामा हालसम्म भूमिहीन दलित १२, भूमिहीन सुकुम्बासी २४ र अव्यवस्थित बसोबास गर्ने एक हजार ४० जनाको निवेदन परेको छ ।
नवीन सुवेदीसुर्खेत, साउन २५ गते । अखण्ड मध्यपश्चिमको माग राख्दै २०७२ साउन २५ गते सुर्खेतमा भएको आन्दोलनका क्रममा सहिद भएकाहरुको श्रद्धाञ्जली अर्पण गरिएको छ । प्रदेश प्राप्तिका लागि भएको आन्दोलन आज (साउन २५ गते) ७ वर्ष पूरा भएको छ । सो बेला सुर्खेतका तीन र जुम्लामा एक जनाको मृत्यु भएको थियोे । मध्यपश्चिम र सुदूरपश्चिमलाई गाभेर प्रदेश नम्बर ६ बनाएपछि चर्केको आन्दोलनमा प्रहरीको गाली लागि सुर्खेतका यामबहादुर बिसी, गोपालसिंह रजवार, टीकाराम गौतम र जुम्लाका हरिबहादुर कुँवरको मृत्यु भएको थियो । कर्णाली प्रदेश जन्माउने चार जना सहिदलाई कर्णाली प्रदेश सरकारले बिर्सिँदै गएको सहिद परिवारले गुनासो गरेका छन् । सहिद यामबहादुर बिसी स्मृति प्रतिष्ठानले गरेको सातौँं सहिद समृति दिवसका अवसरमा आयोजित श्रद्धाञ्जली सभामा प्रदेश सरकारले पीडामाथि झन् पीडा थप्दै गएको उहाँहरुले गुनासो गर्नुभएको छ । सहिद बिसीा बहिनी भगवति बिसीले अधिकार प्राप्तिको लडाईँमा रगत बगाएका सहिदलाई सरकारले अपमान गरेको बताउँदै भन्नुभयो, ‘‘प्रदेश सरकारले हामीलाई जुन प्रकारको आश्वासन दिएको थियो त्यस अनुसार काम नहुँदा पीडा बोध हुन्छ, एउटा सानो श्रद्धाञ्जली सभा आयोजना गर्न हलको व्यवस्था समेत गर्न सकेको छैन ।’’ यस्तै, वीरेन्द्रनगर ४ का सहिद गौतमका छोरो अमृत गौतमले छात्रवृतिका नाममा २४ हजार बाहेक अन्य सहयोग सरकारले नगरेको दुखेसो पोख्नुभयो । उहाँका आमा दुर्गादेवी गौतम दीर्घ रोगी हुनुहुन्छ । मुटुको भल्व परिवर्तन गरेका दुर्गादेवीलाई अहिले उपचारमा समस्या भइरहेको छ । आम्दानीको मुख्य स्रोत कृषि रहेको थियो ।सहिदका सपना पूरा गर्न प्रदेश सरकार लागेको छ: मन्त्री बुढाक्षेत्रीश्रद्धाञ्जली सभामा बोल्दै कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले सहिदको सपना साकार पार्न लागि परेको बताउनुभयो । संघीयता प्राप्ति पछिको आन्दोलनले कर्णाली जन्मेको भन्दै मन्त्री बुढाक्षेत्रीले प्रदेश प्राप्तिको आन्दोलनमा राज्य पक्षको गोली लागि सहादत प्राप्त गर्ने चार जनालाई कर्णाली सरकारले उच्च सम्मान गरेको बताउनुभयो । उहाँले सहिदको सम्झनामा प्रादेशिक सहिदपार्क स्थापना गरिएको उल्लेख गर्दै परिवारका बालबालिकालाई छात्रवृति, जीविकोपार्जन, रोजगारी, घाइतेहरुको उपचार र उत्थानमा प्रदेश सरकारले विशेष योजना अगाडि सार्ने प्रतिबद्धता जनाउनुभयो ।
कैलालीमा ११ हजार ४३० जना मतदाता थपिएका छन् । निर्वाचन कार्यालयले गत असार १ गतेदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिकको काम थालेको थियो ।