• २३ असार २०८१, आइतबार

ओखलढुङ्गाका सब-इन्जिनियरको प्रमाणपत्र नक्कली

blog

काठमाडौं, साउन २५ गते । ओखलढुङ्गा, खानेपानी तथा सरसफाइ डिभिजन नं. २, मा कार्यरत सब-इन्जिनियर  रामबाबु यादवको योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार श्री सुनसरी टेक्निकल कलेज, धरानबाट उत्तीर्ण गरेको भनी डिप्लोमा इन सिभिल इन्जिनियरिङको प्रमाणपत्रहरु लब्धाङ्कपत्र, चारित्रिक प्रमाणपत्र र ट्रान्सक्रिप्ट नक्कली बनाइ यादवले सरकारी लाभ लिनुभएको पाइएको हो ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा आरोपित यादवले नक्कली प्रमाणपत्र पेश गरी २०७६ भदाैदेखि २०७७ असार मसान्तसम्म लाभ लिएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद सजाय र जरिवाना हुन मागदाबी लिइएको उल्लेख छ ।

आरोपित यादवमाथि विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको हो ।