• २३ असार २०८१, आइतबार

वातावरण र वन ऐनको संशोधन अपरिहार्य : पेमनारायण कँडेल

blog

फाइल तस्बिर

काठमाडौं, साउन २५ गते । वन तथा वातावरण मन्त्रालयका सचिव प्रेमनारायण कँडेलले वातावरण र वन ऐनको संशोधन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । बुधवार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्नुहुँदै उहाँले सचिव कँडेलले सो कुरा बताउनुभएको हो ।

नेपालका धेरै ठाउँमा सडकको स्तरोन्नती गर्नुपर्ने आवश्यकता छ । अहिलेको वातावरण ऐनले अहिलेको आयोजनाको माग र दिगो विकासको माग धान्न नसक्ने उहाँको भनाइ छ ।

वातावरण ऐन र वन ऐनले राष्ट्रिय गौरवका आयोजना नचिन्ने बताउनु हुँदै सचिव कँडेलले धेरै ठाउँका सडक स्तरोन्नती गर्नुपर्ने भएकोले एआइए गर्दा धेरै कठिन हुने र आइई मात्रै गर्दा हुने गरेर अनुसूचीमा परिवर्तन गर्न लागेको बताउनुभयो ।

उहाँले एक हप्ताभित्र नै अनुसूची संशोधन गरी मन्त्रिपरिषदबाट निर्णय गर्ने बताउनुभयो । वन तथा वातावरण मन्त्रालय भित्रका कानुनहरु बनाउँदा धेरै छलफल र विश्लेषण गरेर मात्रै बनाउनुपर्ने उहाँको भनाइ छ । हतारमा कानुन निर्माण गर्दा त्यसको प्रभावकारिता लामो समयपछि नदेखिने पनि उहाँले बताउनुभयो ।

सचिव कँडेलका अनुसार राष्ट्रिय गौरवका आयोजना गर्दा सजिलै वन क्षेत्र उपलब्ध गराउने व्यवस्था कानुनमा ल्याउनुपर्ने र यसबारेमा मन्त्रालयले काम गरिरहेको छ । उहाँले वातावरण अध्ययनको प्रभावकारिता धेरै देखिन नसकेको बताउनुभयो ।