चौथो धन लक्ष्मी महर्जन मेमोरियल राष्ट्रिय स्क्वास प्रतियोगिताको उपाधि अरहान्त केशर सिम्हा र कृष्णा थापाले जित्नुभएको छ । सातदोबाटोस्थित राष्ट्रिय स्क्वास कोर्टमा शनिबार भएको फाइनलमा अरहान्तले अमृत थापामगर र कृष्णाले विपना ब्लोनलाई हराउँदै उपाधि जित्नुभएको हो ।
सप्तरीको दुई पालिकामा बनाइएको हप्ता दिन नबित्दै मन्दिर भत्किएको छ । खडक नगरपालिका र तिरहुत गाउँपालिकामा दश–दश लाख रुपियाँ लागतमा एकै डिजाइनमा बनेको मन्दिर भत्किएको हो ।
साफ यू–२० च्याम्पियनसिप फुटबलको उपाधि आयोजक भारतले जितेको छ । भारतको भुवनेश्वरमा शुक्रबार राति भएको फाइनल खेलमा भारतले बंगलादेशलाई अतिरिक्त समयमा ५–२ गोलले हरायो ।
पाकिस्तानमा शुक्रबार उपनिर्वाचनको मिति घोषणा गरिएको छ । राष्ट्रिय सभाका नौ सिटका लागि निर्वाचन गर्न मिति घोषणा गरिएको हो ।
काठमाडौंको प्रकृति पनि त्योभन्दा फरक छैन । बीच शहरमा भन्दा अलि भित्री गाउँतिर प्रवेश गरेपछिको काठमाडौंको स्वरुप नै फरक छ ।
कपिलवस्तु शिवराज नगरपालिका ६ का कृषकले कृषि सहकारीबाट खरिद गरेको मलको बोराभित्र इँटा र ढुङ्गा फेला परेको छ । नगरपालिकाको वडा ५ मा रहेको रामनारायण कृषि सहकारीबाट खरिद गरिएको मलमा इँटा र ढुङ्गा फेला परेको हो ।
दक्षिण कोरियामा पछिल्ला केही दिनदेखि लगातार दैनिक एक लाखभन्दा बढी नयाँ सङ्क्रमित हुने गरेका छन् । सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा एक लाख १० हजार ६६६ जना नयाँ सङ्क्रमित भएका हुन् ।
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री बनेर नेपालको विकास गर्ने चाहना रहेको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित गुह्वेश्वरी बाल शिक्षा माध्यामिक विद्यालयको नवनिर्मित भवन उद्घाटन एवं सम्मान तथा पुरस्कार वितरण समारोहमा सम्बोधन गर्दै उहाँले देशको विकास गर्ने छुट्टै प्रकारको रोडम्याप आफूसमक्ष रहेको बताउनुभएको हो ।
प्रतिनिधिसभा बैठकमा सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोगको प्रस्तावमाथि छलफल हुने भएको छ । आइतबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा निलम्बित जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने भएको हो ।
सप्तरीमा एक वर्षको अवधिमा १४१ जना लागूऔषध कारोबार तथा सेवन गर्ने पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, सप्तरीको एक तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८÷०७९ मा जिल्लाका विभिन्न ठाउँबाट २४० ग्राम ब्राउन सुगरसहित छ हजार २५७ नाइट्रोभेट, ६६३ नाइट्रोजन र १२ नाइट्राजेफान ट्याबलेट बरामद गरिएको हो ।
जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार बेलुका ७ बजेतिर रामपुर–५, स्थित कालीगण्डकी कोरिडोर अमराइमा लु १ ज ४१३३ नम्बरको जिप र लु १ ह ४१३८ नम्बरको अटो ठोक्किँदा एक जनाको मृत्यु भएको हो । दुर्घटनामा परी तीन जना घाइते भएका छन् ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले भेरी र कर्णाली करिडोरलाई प्राथमिकता दिने बताउनुभएको छ । विकास र सुशासन नै समृद्धिको आधार भएकाले ठूला योजनालाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको हो ।
संस्कृतिलाई पर्यटनसँग जोडिएर रात्रिकालीन साँस्कृतिक पदयात्रा कीर्तिपुरमा साउन २७ गते सञ्चालन गर्ने भएको छ । परापूर्वकाल देखि नेवाः समुदायमा धार्मिक, साँस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको बहाः चाःहिलेगु पर्व मनाइँदै आइरहेको छ ।
उपराष्ट्रपतिको चयन संसदबाट हुने भएकोले सङ्घीय संसद्मा मतदान भएको हो । उपराष्ट्रपति चयनका लागि मतदान गर्न लोक सभा र राज्य सभाका सबै सांसद तथा मनोनित सदस्यहरू योग्य मानिन्छन् ।
कालीकोट जिल्लाको शान्नीत्रिवेणी गाउँपालिकाको मुल सडक एक महिना पछि सुचारु भएको छ । गत असारको १९ गते वाट अवरुद्ध भएको सान्तीघाट मेहेलमुडीको मुल सडक शुक्रबार साँझबाट सञ्चालनमा आएको हो ।