युवा कवि बाबुराम श्रेष्ठ ‘यात्री’ को दोस्रो काव्यकृति ‘बूढो समय’ शनिबार राजधानीमा सार्वजनिक गरिएको छ । गीतकार डा. कृष्णहरि बराल, कृतिकार बाबुराम श्रेष्ठ ‘यात्री’, ज्ञानु अधिकारी, महेश पौडेल र सुरेश किरणले संयुक्त रुपमा पुस्तकको लोकार्पण गर्नुभएको हो ।
लुम्बिनी प्रदेशले एक बर्षको अवधिमा २०२ किलोमिटर सडक कालोपत्रे गरेको छ भने २७५ किलोमिटर सडक ग्राभेल गरेको जनाएको छ ।
पछिल्लो २४ घण्टामा ६६० जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल चार हजार ६८२ कोरोना परीक्षण गर्दा ६६० जना नयाँ सङ्क्रमित थपिएका हुन् ।
राष्ट्रिय नागरिक विकास समाजले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्नुहुँदै उहाँले नेपाल राष्ट्र र नेपाली जनताको हितका लागि आफूले काम गर्ने आश्वासन समेत दिनुभयो ।
आर्सनलले इङ्लिस प्रिमियर लिग फुटबलमा विजयी सुरुवात गरेको छ । शुक्रबार राति भएको सिजनको पहिलो खेलमा आर्सनलले क्रिस्टल प्यालेसलाई २–० गोलले हरायो ।
साविक विजेता बायर्न म्युनिखले नयाँ सिजनको जर्मन बुन्डेसलिगामा सानदार सुरुवात गरेको छ । शुक्रबार राति भएको खेलमा बायर्न म्युनिखले घरेलु टोली इनट्राक्ट फ्रान्कफर्टलाई ६–१ गोलले हरायो ।
बङ्गलादेश सरकारले इन्धनको मूल्य इतिहासकै सबैभन्दा उच्च बनाएको छ । सन् १९७१ मा देश स्वतन्त्र भएपछि पहिलोपटक खुद्रा इन्धनको मूल्यमा उच्च वृद्धि भएको हो ।
युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक)ले प्रदेशसभा र प्रतिनिधिसभाबाट निर्वाचित भएर आउने जनप्रतिनिधिले मुलुकको विद्यमान बेरोजगारी समस्या समाधानको आधार खोज्नुपर्ने बताउनु भएको छ ।
एएफसी वुमन्स क्लब च्याम्पियनसिप खेल्न नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी शनिबार भारत प्रस्थान गर्नुभएको छ । भारतको गोकुलम केरेला एफसीमा अनुबन्ध हुनु भएकी सावित्रा उज्बेकिस्तानमा अगस्ट २० देखि २६ तारिखसम्म हुने समूह चरणको खेल खेल्न भारत जानुभएको हो ।
नेपाल समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा विचार मिल्ने शक्तिसँग चुनावी तालमेल र गठबन्धन गर्ने बताउनुभएको छ ।
थारु समुदायको सौन्दर्य प्रतियोगिता ‘मिस्टर एण्ड मिस थारु–२०२२’ हुने भएको छ । थारु समुदायको बाक्लो बस्ती रहेको देशका मुख्य शहरमा साउन २१ गतेदेखि अडिसन सुरु हुने आयोजनाका प्रमुख कार्यकारी अधिकृत सुरेशकुमार चौधरीले बताउनुभयो ।
चौथो धन लक्ष्मी महर्जन मेमोरियल राष्ट्रिय स्क्वास प्रतियोगिताको उपाधि अरहान्त केशर सिम्हा र कृष्णा थापाले जित्नुभएको छ । सातदोबाटोस्थित राष्ट्रिय स्क्वास कोर्टमा शनिबार भएको फाइनलमा अरहान्तले अमृत थापामगर र कृष्णाले विपना ब्लोनलाई हराउँदै उपाधि जित्नुभएको हो ।
सप्तरीको दुई पालिकामा बनाइएको हप्ता दिन नबित्दै मन्दिर भत्किएको छ । खडक नगरपालिका र तिरहुत गाउँपालिकामा दश–दश लाख रुपियाँ लागतमा एकै डिजाइनमा बनेको मन्दिर भत्किएको हो ।
साफ यू–२० च्याम्पियनसिप फुटबलको उपाधि आयोजक भारतले जितेको छ । भारतको भुवनेश्वरमा शुक्रबार राति भएको फाइनल खेलमा भारतले बंगलादेशलाई अतिरिक्त समयमा ५–२ गोलले हरायो ।
पाकिस्तानमा शुक्रबार उपनिर्वाचनको मिति घोषणा गरिएको छ । राष्ट्रिय सभाका नौ सिटका लागि निर्वाचन गर्न मिति घोषणा गरिएको हो ।