आइतबार रातीदेखि बेपत्ता हुनुभएकी खजुरा गाउँपालिका वडा नं. ६ सिमलघारीका वीरेन्द्र पुनकी अन्दाजी ३ वर्षीया छोरी लक्ष्मी पुनको शव फेला परेको छ । बालिकाको मङ्गलबार बिहान घर नजिकै रहेको जङ्गलबाट शव फेला परेको हो ।
गोरखामा रहेको सामुदायिक विद्यालयका विद्यार्थीहरू पढ्दै कमाउँदै गर्न थालेका छन् । जिल्लाको पालुङटार नगरपालिका–९ सेरास्थित त्रिवेणी माध्यमिक विद्यालयका विद्यार्थीहरू आफ्नो सीपको प्रयोग गरी भदौ १ गतेदेखि हरेक शुक्रबार र शनिबार कपाल काटेर कमाउन थालेका हुन् ।
स्वास्थ्य सेवा प्रवाहमा दाङको राप्ती गाउँपालिका उत्कृष्ट भएको छ । स्वास्थ्य क्षेत्रमा गरेको कामको मूल्याङ्कनका आधारमा जिल्लाका दश पालिकामध्ये राप्ती गाउँपालिकालगायत तेस्रो वर्ष पनि उत्कृष्ट घोषणा भएको हो ।
राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले नयाँ पार्टी घोषणा गर्नुभएको छ । मङ्गलबार काठमाडौँमा राष्ट्रिय मुक्ति क्रान्तिको विस्तारित बैठकबाट महतोले नयाँ राजनीतिक दल घोषणा गर्नुभएको हो ।
सरकारले हुलाकको पुनः संरचना गर्ने नीति लिएसँगै स्याङ्जामा एक पालिका एक हुलाक कार्यालय स्थापना गरिएको छ ।
संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप–२९) को आयोजक अजरबैजानले मङ्गलबार प्रमुख लक्ष्य जलवायु वित्त कोषको विषय निष्कर्षमा पुग्न नसकेपछि सम्मेलन पर्यटनदेखि विश्व शान्तिसम्म सबै कुरामा राष्ट्रको स्वैच्छिक प्रतिज्ञामा केन्द्रित रहने जनाएको छ ।
सामाजिक विकास कार्यालय तनहुँले दमौलीमा मङ्गलबारबाट महिलाको लागि निःशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन गरेको छ। निजामती सेवामा महिलाको पहुँच पुर्याउन तालिम सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।
प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवान बालुवाको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गर्ने र कलकारखानालाई विशेष रुपमा सजाएर मजदुर समेतलाई सहभागी गराएर यो दिवस मनाइन्छ।
नेपालका लागि रोमानिका गैरआवासीय राजदूत डानिएला सेजोनोभ तानेको पुस्तक ‘ट्विलाइट क्रोनिकल्स’ बजारमा आएको छ । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले विमोचन गरेसँगै पुस्तक नेपाली बजारमा आएको हो ।
उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले विगतका सरकारहरूले भन्दा राम्रो काम गर्ने गरी अहिलेको सरकारले कामलाई अघि बढाइरहेको बताउनुभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा निदानात्मक सेवामा सुधारका पहलहरू भइरहेको जानकारी दिनुभयो ।
उत्तरपूर्वी नाइजेरियामा बाढीबाट चार लाखभन्दा बढी पीडित भएका र उनीहरूका लागि खाद्य, पिउने पानी, सरसफाइजस्ता प्राथमिक सहायताको आवश्यकता रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
जिल्लाको ताल्चा विमानस्थलबाट बग्ने पानीको व्यवस्थापन नहुँदा छायाँनाथ रारा नगरपालिका वडा नं १,४ र ६ का जुकेना खामगोइटे र वालै गाउँका बालबालिकाले सास्ती भोग्नु परेको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सबै समुदायले स्वामित्व ग्रहण गर्ने गरी संविधान संशोधन गर्न सुझाव दिनुभएको छ ।
दैलेखको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण अन्तर्गत ड्रिलिङको काम ५५ प्रतिशत काम सकिएको छ ।