जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सबै समुदायले स्वामित्व ग्रहण गर्ने गरी संविधान संशोधन गर्न सुझाव दिनुभएको छ ।
दैलेखको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण अन्तर्गत ड्रिलिङको काम ५५ प्रतिशत काम सकिएको छ ।
जिल्लाको सुनवल नगरपालिका‐२ मा तीन हजार मेट्रिकटन क्षमताको शीतभण्डार निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।
यात्रा इजाजतप्राप्त हतियार नवीकरणका लागि सम्बन्धित कार्यालयमा बाहेक अन्यत्र सरकारी कार्यालय एवं सार्वजनिकस्थलमा लैजान नपाइने भएको छ ।
स्वास्थ्यको क्षेत्रमा सञ्चालित विभिन्न कार्यक्रमहरुको मूल्याङ्कनका आधारमा गुल्मीको रुरुक्षेत्र गाउँपालिका प्रथम भएको छ ।
उपसभामुख इन्दिरा राना यही असोज २ देखि ४ गतेसम्म रूसको सेन्टपिटर्सबर्गमा हुने ‘चौथो युरेसियन महिला फोरम’मा सहभागी हुने सिलसिलामा आज संयुक्त अरब इमिरे्सको दुवईतर्फ प्रस्थान गर्नुभएको छ । त्यहाँबाट राजधानी मस्को हुँदै सेन्टपिटर्सवर्ग पुग्नुहुनेछ ।
रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाका उपाध्यक्ष भूपेन्द्रा बुढाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय झण्डा र पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिनुभयो ।
पछिल्लो समय उत्पादकत्वमा वृद्धि गर्नका लागि तरकारी तथा फलफूलमा विषादीको प्रयोग बढी हुने गरेको छ ।
मुस्ताङको थासाङ गाउँपालिका–२ मूलखर्कमा धौलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट खसेर थुप्रिएको गेग्रानसहितको हिउँ पहिरो । गत भदौ ७ र ११ गतेको हिउँ पहिरोले बोक्सी खोला केही समय थुनिएपनि तत्काललाई जोखिम टरेको छ ।
बाँकेका आठ स्थानीय तहमध्ये डुडुवा गाउँपालिका स्वास्थ्य सेवा प्रवाहमा उत्कृष्ट बनेको छ । आर्थिक वर्ष २०८०–०८१ मा प्रभावकारी स्वास्थ्य सेवा प्रवाह र जनस्वास्थ्य सूचकका आधारमा डुडुवा गाउँपालिका जिल्लामै पहिलो बनेको हो ।
धादिङ धुनीबेँसी नगरपालिका–६ बस्ने ३० वर्षीय सञ्जीप खत्री र चितवन खैरेनी नगरपालिका– १ बस्ने १८ वर्षीय सुदिप अधिकारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो ।
टेक जायन्ट कम्पनी मेटाले सोमबार विदेशी हस्तक्षेप गतिविधि बढाएका कारण आफ्नो फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, थ्रेड्सलगायतका सामाजिक सञ्जालबाट रूसी सरकार समर्थित सञ्चारमाध्यमलाई विश्वव्यापी रुपमा प्रतिबन्ध लगाएको छ ।
बाँकेमा सञ्चालन गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको धान परियोजना अन्तर्गत यस वर्ष जिल्लामा एक लाख क्विन्टल धान उत्पादन हुने अनुमान गरिएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले बागमती प्रदेशलाई खेलकुदमैत्री बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
महोत्तरी, असोज १ गते । मधेस प्रदेशका मिथिला क्षेत्रमा आज एकसाथ दुई पर्व मनाइँदैछ । सौरमासको असोज सङ्क्रान्तिका दिन मनाइने ज्यावलका देवता विश्वकर्मा पूजा र चन्द्रमासको भदौ शुक्ल चतुर्दशीका दिन मनाइने अनन्त चतुर्दशी पर्व आज एकैदिन परेको हो ।हिन्दू परम्परामा विश्वकर्मा ज्यावलका देवता मानिन्छन् । पर्वका अवसरमा ससाना मेसिनरी सामानदेखि ठुल्ठूला यान्त्रिक उपकरणका धनीले विश्वकर्मा देवताको पूजाआराधना गर्ने परम्परा छ । यस अवसरमा कैयन् ठाउँमा मेला आयोजना गरी नाचगानसहित सांस्कृतिक उत्सव गरिन्छ । आज मेसिनरी पार्टपुर्जाका व्यापारिक प्रतिष्ठानमा कामदारलाई मिष्ठान्न भोजन गराउने, लाभांश दिने र तलब वृद्धि गरिदिने चलन छ ।आजको दिन मेसिनरी पार्टस्, यान्त्रिक उपकरण र कृषि ज्यावल धोइपखाली तिनको पूजा गर्ने चलन छ । आज विश्वकर्मा देवताको पूजाआराधना गर्दा ज्यावल बढी टिकाउ हुने, राम्रो कमाइ दिने र कारोबारमा सफलता मिल्ने विश्वास गरिन्छ ।त्यसैगरी भदौ शुक्लपक्षको चतुर्दशीका दिन मनाइने मैथिल परम्पराको अनन्त चतुर्दशी पर्व पनि आजै परेको छ । यस दिन गुरु, पुरोहितका हातबाट अनन्त डोरा बाँध्दै हिन्दू मैथिल समुदायले अनन्त चतुर्दशी पर्व मनाउँदैछन् । गुरु, पुरोहितले शास्त्रोक्त विधिले अभिमन्त्रित गरेका डोरा (धागो) बाँध्दै मिथिलामा अनन्त चतुर्दशी पर्व मनाइरहेका छन् ।भगवान् विष्णुको रूप मानिने अनन्त भगवानकाे पूजाआराधना गरी प्रसादस्वरुप गुरु, पुरोहितका हातबाट कलात्मक ढङ्गबाट बाटिएको ‘अनन्त डोरा’ बाँध्ने मिथिला परम्परा छ । पर्वविशेषमा अनन्तको पूजा गर्दा पुरोहितबाट अभिमन्त्रित १४ सूत्रको बाटिएको धागो चढाइने र त्यही धागो दाहिने हातको पाखुरामा बाँधिने गरिन्छ । अभिमन्त्रित धागोलाई ‘अनन्त डोरा’ भनिन्छ ।यस पर्वमा एक दिनअघि चोखोनितो रही भदौ शुक्लपक्ष चतुर्दशीका दिन बिहान अनन्त भगवानकाे पूजाआराधना गरेर ब्राह्मण पुरोहितको हातबाट ‘अनन्तडोरा’ बाँधेपछि यो पर्व सम्पन्न गरिने मिथिला परम्परा छ । पुरोहितको हातबाट बाँधिएको ‘अनन्तडोरा’ले आपत् विपत्तिबाट रक्षा गर्ने, आरोग्य र सुख, समृद्धि प्राप्त हुने मैथिल जनविश्वास रहेको महोत्तरीको मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयका कर्मकाण्ड विषयका शिक्षक शोभाकान्त झा बताउनुहुन्छ ।आजै चतुर्दशी तिथि सकिएर पूर्णिमा सुरु हुने भए पनि तिथिको भोगले भदौ पूर्णिमाका दिन मनाइने इन्द्र पूजनोत्सव भने भोलि बुधबार मनाइनेछ । हिन्दू परम्परामा इन्द्रलाई सहकालका देवता मानिन्छ । इन्द्रको पूजाआराधनाले अनिकाल नपर्ने र सन्तुलित वर्षा हुने मैथिल जनविश्वास छ । इन्द्र पूजनोत्सवका लागि महोत्तरीका बस्तीपिच्छे मूर्ति स्थापना गरेर हर्ष र उमङ्गका बीच मेला आयोजना गरिएकाे छ । भदौ पूर्णिमालाई मिथिलामा इन्द्र पूर्णिमा पनि भन्ने गरिएको छ । रासस