इलामको सूर्योदय नगरपालिकाको चिया बगानमा पछिल्लो समय विभिन्न देशमा राजदूत पुग्ने गरेका छन् । नेपालका लागि श्रीलङ्काका राजदूत सुदर्शन पाथिरनाले अन्तु र कन्याममा
सभामुख देवराज घिमिरेले संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत आधारमा व्यवस्थित ढङ्गबाट अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।
दाङको लमहीमा ट्रमा सेन्टर निर्माणको कामले पछिल्लो समय गति लिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय परिषदको राष्ट्रिय भेला आजबाट सुरु भएकाे छ। दुई दिनसम्म काठमाडौंको प्रज्ञा भवन कमलादीमा चल्ने भेलामा सहभागी हुन देशभरबाट एक हजार पाँच सय प्रतिनिधि सहभागी हुँदैछन्।
चाडपर्व आउन थालेपछि पर्वलाई लक्षित गर्दै ग्रामीणस्तरका सडक धमाधम मर्मत गर्न थालिएको छ । कालीगण्डकी गाउँपालिकाकी उपाध्यक्ष मञ्जु दर्लामीले चाडपर्वलाई लक्षित गर्दै ग्रामीण सडक मर्मतलाई तीव्र बनाएको जानकारी दिनुभयो । देश तथा विदेशबाट दसैँतिहार जस्ता पर्व मनाउन गाउँमा आउनेको सङ्ख्या पनि बढी हुने र वर्षा पनि विस्तारै रोकिएकाले सडक मर्मत तीव्र रूपमा बनाइएको उहाँको भनाइ छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित सुनुवार भाषा
कृषि ज्ञान केन्द्र नवलपुरले जिल्लाको हुप्सेकोट–१, जुगेपानीका किसानलाई तरकारी तथा फलफूलमा हाल्ने विषादीसम्बन्धी सचेतना कार्यक्रम गरेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित संस्कृत भाषा
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ पाक्लिङमा रु २० करोडको लागतमा गुम्बा निर्माण भएको छ । आध्यात्मिक अध्ययन केन्द्र परियोजनामार्फत मुस्ताङ संस्कृति तथा शिक्षा केन्द्रले पाक्लिङमा ‘सेनतेन थ्याग्पालिङ बोन गुुम्बा’ निर्माण गरेको हो ।
वीरेन्द्रनगर नगरपालिका–६, सुर्खेतमा सामान्य पसल गरी आफ्नो जीवनयापन गरिरहेका पूर्णप्रसाद पौडेलको परिवार सशस्त्र द्वन्द्वमा बिनाकारण कसरी विक्षिप्त भएको होला भनेर अनुमान गर्न गाह्रो छ ।
कालीकोटका विद्यालयका छात्राहरू अझै पनि महिनावारी हुँदा विद्यालय जान डराउने गरेका छन् ।
रुकुमपश्चिममा मनसुनजन्य विपत्मा परेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई आर्थिक सहायता (राहत) वितरण गरिएको छ ।
हिउँद र बर्खाको समयमा खाली भएका बाजुराका अधिकांश गाउँबस्ती अहिले भरिन थालेका छन् ।
पद्माप्रेम थिएटरले तयार गरेको ‘जानकी’ नाटक पोखराको गन्धर्व नाटकघरमा शुक्रबारबाट मञ्चन भइरहेको छ । बाँच्नका लागि सङ्घर्ष गरिरहेका युवाको कथा नाटकमा छ । गाउँघरमै सम्भावना खोजिरहेका युवाको सङ्घर्ष देखाउँदै सफल हुन गर्नुपर्ने उकाली ओरालीसमेत चित्रण गरिएको छ ।
राजनीतिक परिवर्तनपश्चात् मुलुकमा सुशासन कायम गरी समृद्धिको यात्रा तय हुने जनअपेक्षा थियो ।