नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले संविधानको विश्वसनीयता बढाउन संशोधनको खाँचो रहेको बताउनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्रा अवलोकन गर्नुभएको छ । सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध सालिकदेखि पैदल हनुमानढोका दरबार क्षेत्रस्थित गद्दी बैठक जानुभई जात्रा अवलोकन गर्नुभएको हो ।
माल्दिभ्सको मालेमा मङ्गलबार भएको खेलमा पुलिसले ताजकिस्तानको डाइमेड भलिबल क्लबलाई ३–० को सोझो सेटमा हरायो ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले वन व्यवस्थापन अहिलेको चुनौती भएको बताउनुभएको छ । जलदेवी सामुदायिक बन उपभोक्ता समूहको २५ औँ स्थापना दिवस एवं रजत महोत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले वन व्यवस्थापनमा आउने चुनौती तथा बाधा व्यवधानलाई ऐनबाट समाधान खोज्नुपर्छ भन्नुभयो ।
दैलेखको भगवतीमाई गाउँपालिकामा अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले गत भदौ महिनामा डेढ करोडभन्दा बढी रुपियाँको अवैध भन्सार छलीको सामान बरामद गरेको छ ।
उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सहकारी ठगी प्रकरणमा संसदीय समितिले बुझाएको प्रतिवेदनलाई विधि प्रक्रियाअनुसार सरकारले कार्यान्वयन गर्ने बताउनुभएको छ ।
भारतलाई नेपालमा दुई पटक काभा भलिबल जिताउनुभएकी शिल्पा सिन्धुले गण्डकीबाट खेल्नु हुनेभएको छ ।
काठमाडौँ, महानगरपालिकाले दोस्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
लुम्बिनी प्रदेशको मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभा सदस्यको सुझावलाई सरकारले आत्मसात् गरेर कार्यान्वयनमा लैजाने बताउनुभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नागरिकलाई सहज तवरले स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य बिमाको सीमा पाँच लाख पुर्याउनै पर्नेमा जोड दिनुभएको छ । अहिले स्वास्थ्य बिमा बोर्डले चलाएको स्वास्थ्य बिमामा यसको सीमा एक लाख छ ।
अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसबर्ग सहरमा सम्पन्न इन्ट्रा कप भलिबल प्रतियोगितामा पुरुषतर्फ रुकुम टिम र महिलातर्फ बेलमण्ट टिम विजयी भएका छन् ।
बागमती प्रदेश सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ विविध कार्यक्रम गरी मनाउने क्रममा मङ्गलबार हेटौँडामा वृक्षरोपण कार्यक्रम आयोजना गरेको छ ।
चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानबिच क्यान्सर उपचार सेवा विस्तारसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले संसद्को हिउँदे अधिवेशनबाट मन्त्रालय सम्बद्ध ऐनहरू संशोधन हुने बताउनुभएको छ ।