रन्जित गजमेरको सङ्गीतमा गायक मोहन राईले ‘यो हाम्रो माया’ बोलको गीत रेकर्ड गराउनुभएको छ ।
गीतकार डब्बु क्षत्रीको शब्द रहेको ‘तिमीसँग बोल्न मन लाग्यो...’ गीतको भिडियो सार्वजनिक गरिएको छ ।
पशुपालनमा लागत घटाउन तनहुँमा घाँस खेती प्रवर्धन कार्यक्रम सञ्चालन गरिएको छ । भेटेरिनरी तथा पशुसेवाविज्ञ केन्द्र तनहुँले सो कार्यक्रम सञ्चालन गरेको हो ।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले तरकारीमा विषादीको अत्यधिक प्रयोग बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।
दुई दशक अघिसम्म मानवबस्तीले भरिएको मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–५ को ‘ध्ये गाउँ’ यतिबेला रित्तिएको छ । गाउँ रित्तिँदै जानुको कारण भने जलवायु परिवर्तन हो ।
बैङ्क खाता रोक्का र फुकुवासम्बन्धी व्यवस्था गर्न विनियमावली जारी भएको छ
प्रधानमन्त्री केपी शर्मा ओलीले पिछडिएका वर्ग, क्षेत्र, लिङ्ग र जातजातिलाई शिक्षाको मूलधारमा समाहित गरी गुणस्तरीय शिक्षाको समान अवसरको वितरण गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले प्रदेशगत र स्थानीयगत शिक्षाका सबै तह एवं अवसरमा हुने असमानता हटाई समान अवसर र लाभको सुनिश्चितता गर्नु अपरिहार्य रहेको उल्लेख गर्नुभएको छ ।
चालु आर्थिक वर्षको भदौ महिनामा झन्डै नौ अर्ब रुपियाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार भदौ महिनामा १९१ परियोजनामार्फत आठ अर्ब ९७ करोड ८७ लाख ९० हजार रुपियाँ वैदेशिक लगानी प्रतिबद्धता आएको हो ।
देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आर्थिक गतिविधि सुस्ताउँदा दबाबमा परेको सरकारी खातामा सुधार आउन थालेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को दुई महिना पूरा हुँदासम्म सरकारको आम्दानी र खर्चमा भएको बढोत्तरीले अर्थतन्त्रमा सुधारका सङ्केत देखाएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधान संशोधनका क्रममा प्रदेशलाई थप अधिकार दिनुपर्ने, स्थानीय तहको सङ्ख्या घटाइनुपर्ने र जिल्ला समन्वय समिति खारेज गरिनुपर्ने विचार व्यक्त गर्नुभएको छ ।
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समावेशी, समानुपातिक प्रतिनिधित्वसहित प्राप्त उपलब्धिको रक्षा गर्दै संविधान संशोधन गरिने बताउनुभएको छ ।
अस्ट्रेलियाको सबैभन्दा बढी जनसङ्ख्या भएको राज्य न्यू साउथ वेल्स (एनएसडब्लु) मा झण्डै १० प्रतिशत पुरुषले घरेलु तथा पारिवारिक हिंसाको अपराधमा प्रहरीबाट कानूनी कारबाही भोग्नु परेको सरकारी अध्ययनले मङ्गलबार जनाएको छ ।
कोलकातामा भारतीय अधिकारीहरूले चिकित्सकको क्रुर बलात्कार र हत्याको विरोधमा उग्र प्रदर्शनपछि सहरका प्रहरी प्रमुख र स्वास्थ्य मन्त्रालयका शीर्ष अधिकारीलाई बर्खास्त गरेका छन् ।
सत्तारुढ नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश संरचना हटाउनसक्ने अवस्था नरहेको बताउनुभएको छ ।