ताप्लेजुङस्थित मेवाखोलाबाट उत्पादन गर्न लागिएको युनाइटेड मेवा जलविद्युत आयोजनाको सुरुङ निर्माण सम्पन्न भएको छ। कुल ५० मेगावाट क्षमताको युनाइटेड मेवा जलविद्युत आयोजनाको सुरुङ निर्माणको काम सम्पन्न अर्थात् ‘ब्रेक थ्रु’ भएको हो।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन शिक्षक, विद्यार्थी र अभिभावक लाग्न आवश्यक रहेको सरोकारवालाको सुझाव छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सुरुङ मार्गको निर्माण मार्फत पोखरा र नवलपुरको दुरी घटाउनका लागि आवश्यक अध्ययन सुरु भएको बताउनुभएको छ।
नेपालमा नारी शिक्षाको क्षेत्रमा विशेष योगदान पुर्याउँदै आएको पद्मकन्या बहुमुखी क्याम्पसको ७४औँ वार्षिकोत्सव विशेष कार्यक्रमको आयोजना गरी सम्पन्न भएको छ।
नेपालबाट भारततर्फ लागूऔषध चरेस र अफिम तस्करी गर्ने नेपाली भारतमा निरन्तर पक्राउ पर्दै आएका छन्। नेपाली नाका सहज रूपमै पार गरेर भारतीय नाकामा पुगेपछि भारतीय सुरक्षाकर्मीले उनीहरूलाई पक्राउ गर्दै आएका छन्।
आदिवासी जनजाती अगुवाले अधिकार कटौती हुनेगरी संविधान संशोधन गर्नु नहुने बताएका छन् ।
रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले साफ यु–१७ च्याम्पियनसिप खेल्न भुटान जाने नेपाली युवा टोलीको बिदाइ गरेको छ ।
विज्ञान र प्रविधिको अनुसन्धान र नवप्रवर्तनका लागि एक अर्बको विशेष कोष स्थापना गर्ने शिक्षा मन्त्री भट्टराईको उद्घोष गर्नुभएको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ को सुरुवाती दुई महिनामा सरकारको बजेट खर्च करिब साढे सात प्रतिशत देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत भदौ मसान्तसम्ममा कूल विनियोजनको सात दशमलव ३९ प्रतिशत अर्थात् रु एक खर्ब ३७ अर्ब ५५ करोड २७ लाख बराबर बजेट खर्च भएको हो ।
संविधानविद् एवम् वरिष्ठ अधिवक्ताहरूले वर्तमान संविधानको अभ्यास करिब १० वर्ष भएकाले सम्पूर्ण कोणबाट अब पुनरवलोकन नितान्त आवश्यक रहेको बताउनुभएको छ । संविधान दिवस–२०८१ का उपलक्ष्यमा उहाँहरूले संविधान दीर्घजीवी तुल्याउन निश्चित अवधिमा समीक्षा र पुनरवलोकन गर्नै पर्नेमा जोड दिनुभयो ।
वन अतिक्रमण गरी बसेकाहरूलाई जग्गा पाउने लोभ त्याग्न डिभिजन वन कार्यालय कपिलवस्तुका डिएफओ अजित कर्णले सुझाव दिनुभएको छ ।
बागमती प्रदेश स्केटिङ एन्ड स्केट बोर्डिङ सङ्घको आयोजनामा असोज ४ र ५ गते काठमाडौँमा ‘जाम जाम स्केट जाम’ स्केटबोर्ड प्रतियोगिता हुने भएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले जलवायु परिवर्तनका असरले मानव स्वास्थ्यमा प्रतिकुल प्रभाव पर्दै गएको बताउनुभएको छ ।
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालको वर्तमान संविधान एक गतिशील दस्ताबेज भएको बताउनुभएको छ ।