रसियाको किनो चलचित्र महोत्सवमा नेपालको छोटो चलचित्र ‘दी स्कुल वाल’ ले पहिलो पुरस्कार प्राप्त गरेको छ । ‘लाइट अफ दी वल्र्ड’ नारासाथ आयोजित रसियाको किनो फेस्टिभलमा सहभागी विभिन्न १२१ देशका तीन हजार ४९१ चलचित्रमध्येबाट ‘दी स्कुल वाल’ ले पहिलो स्थान हासिल गरेको हो ।
बालसाहित्यको महत्व उजागर तथा पठन संस्कृति प्रवर्धन गर्ने उद्देश्यसहित राजधानी काठमाडौँमा दुईदिने प्रथम अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन सुरु भएको छ ।
सातौँ एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्डमा कलाकार भुवन चन्द र वसुन्धरा भुसाललाई दीर्घ साधना सम्मान प्रदान गरिएको छ । अमेरिकाको न्युयोर्कमा सम्पन्न अवार्डमा उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेता/अभिनेतृसहित विभिन्न विधामा अवार्ड प्रदान गरिएको छ ।
बैङ्क तथा वित्तीय संस्थाबाट कर्जा लिएर सेयर बजारमा लगानी गर्नेलाई लक्षित नेपाल राष्ट्र बैङ्कले यसको सीमा तोकेको छ ।
रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दोस्रो चरणको भाषा र सिप परीक्षामा आठ हजारभन्दा बढी परीक्षार्थी उत्तीर्ण भएका छन् ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उत्पादन बढाएर आयात प्रतिस्थापन गर्नेतर्फ केन्द्रित हुन निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ ।
वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने सेवाग्राहीलाई सहजीकरण गरिदिने भन्दै बिचौलिया श्रम प्रतिनिधिले मनलाग्दी पैसा लिने गरेको गुनासो आएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
जलवायु परिवर्तनले नेपाललाई पारिरहेको असरबारे अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउन आह्वान गरिएको छ ।
निर्वाचन आयोगले मतदाता नामावलीमा नाम सूचीकृत भई आगामी मङ्सिर १५ गतेसम्म १८ वर्ष पुगेकाले स्थानीय तह उपनिर्वाचनमा मतदान गर्न पाउने निर्णय गरेको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यस वर्षको कर्मचारी सरुवा टुङ्ग्याएको छ । भदौमा मात्र कर्मचारी सरुवा गर्ने नीति अनुसार आर्थिक वर्ष २०८१/८२ मा सरुवा गर्नुपर्ने कर्मचारीको सरुवा टुङ्ग्याएको हो । मन्त्रालयले भदौको तेस्रो सातासम्म कर्मचारी सरुवाको गृहकार्य गरी भदौ २५ देखि ३१ गतेसम्म गरी एक हजार २५३ जना कर्मचारी सरुवा गरेको हो ।
दैलेखको गुराँस गाउँपालिका–१, सिमसालमा बस्दै आएका २२ वर्षीय राउटे किशोर वृषबहादुर शाहीको बिहीबार मृत्यु भयो ।
वि.सं. २०८१ को बडादशैंको उपलक्ष्यमा गरिने विभिन्न कार्यहरुको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुक्रबार शुभसाइत सार्वजनिक गरेको छ ।
मिनी ट्रकमा खाँदाखाँद गरेर गाई गोरु विक्री वितरणका लागि लैजाँदै गरेको एक टोलीलाई नवलपुर प्रहरीले दाउन्नेबाट नियन्त्रणमा लिएको छ ।
नेकपा (माओवादी केन्द्र)को प्रवास प्रदेशअन्तर्गत पश्चिम प्रवास सङ्गठन समितिको भर्जुअल परामर्श बैठक सुरु भएको छ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले नवीन सोच र प्रविधिमा आधारित स्टार्टअप व्यवसायलाई वित्तीय पहुँच सुुनिश्चित गर्न सरकारले जोड दिएको बताउनुभएको छ।