• ११ असोज २०८१, शुक्रबार

ग्लोबल अवार्ड सम्पन्न

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ५ गते । सातौँ एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्डमा कलाकार भुवन चन्द र वसुन्धरा भुसाललाई दीर्घ साधना सम्मान प्रदान गरिएको छ । अमेरिकाको न्युयोर्कमा सम्पन्न अवार्डमा उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेता/अभिनेतृसहित विभिन्न विधामा अवार्ड प्रदान गरिएको छ ।

चलचित्र ‘टुल्की’ र भस्मे डनले जुरी अवार्ड प्राप्त गर्नुभएको छ । ‘बगान’ चलचित्रबाट सरोज खनाल उत्कृष्ट अभिनेता र करिश्मा मानन्धरले उत्कृष्ट अभिनेतृ अवार्ड पाउनुभयो । नायिका केकी अधिकारी ‘स्टार अफ दी इयर’ अवार्डबाट सम्मानित हुनुभयो । त्रिवेणी इन्टरटेनमेन्ट र दिलकुमारी केसी स्मृति फाउन्डेसनको सहकार्यमा आयोजित ग्लोबल नेपाली फिल्म अवार्डमा अन्तर्राष्ट्रिय मोडलको अवार्ड आङ्तेम्बा शेर्पाले प्राप्त गर्नुभयो । नायिका अनु शाह, गायक नन्दकृष्ण जोशी, खगेन्द्र जिसीले अभियान श्री अवार्ड प्राप्त गर्नुभयो । 

महादेव त्रिपाठीलाई गेहेन्द्र धिमाल स्मृति सम्मान पुरस्कार र डा. घनश्याम खतिवडालाई रामकेशर बोगटी स्मृति सम्मान प्रदान गरिएको थियो । ग्लोबल नेपाली फिल्म अवार्ड युएसएका अध्यक्ष नवराज श्रेष्ठका अनुसार चलचित्र भस्मे डनबाट उत्कृष्ट निर्देशकमा दीपेन्द के खनाल, अभिनेता दयाहाङ राई र उत्कृष्ट अभिनेतृमा सुरक्षा पन्तले अवार्ड प्राप्त गर्नुभएको छ ।