चित्र मिजारसिन्धुपाल्चोक, असोज १२ गते । निरन्तर परेको अविरल बर्षाका कारण बाढीपहिरोले सिन्धुपाल्चोक छजनाकाे मृत्यु भएको छ । दुई जना बेपत्ता भएका छन् । गएराती १ बजे घरमाथिबाट आएको पहिरोले लिसंखुपाखर गाउँपालिका–३ का दम्पतीको निधन भएको छ । सो गापाका अध्यक्ष राजु लामाकानुसार पहिरोले घरमा सुतिरहेका पूर्व वडा अध्यक्ष समेत रहनु भएका ७३ बर्षीया काजी लामा र उहाँकी धर्मपत्नी ७० बर्षीया सुन्तली तामाङको निधन भएको सिन्धुपाल्चोक प्रहरी प्रमुख एसपी संतोष खड्काले जानकारी दिनुभएको छ । उनीहरु घरमा सुतिरहेका बेला घरमाथिबाट आएको पहिरोले पुरेको थियो । त्यस्तै सोही ठेगानाका आलोङ ग्रुङम्राङमा पहिरोले घर बगाउदाँ तिर्सना मोक्तान र उहाँकी दुई छोराछोरी गरी तिनै जनाको निधन भएको अध्यक्ष लामाले बताउनुभयो । इलाका प्रहरी कार्यालय जलविरेले दिएको जानकारीनुसार पहिरोले जुगल गाउँपालिका–१ कुनेगाउँका एकै परिवारका दुई जनाको निधन भएको छ । पहिरोले ४५ बर्षीय चित्रबहादुर मिजार र उहाँको ज्वाँई अविनाष नेपालीको मृत्यु भएको छ ।मिजारको धर्मपत्नी बर्ष ४५ की ठूलीकान्छी मिजार र अविनाषको ५ बर्षीय छोरा बेपत्ता छिन् । नेपाली र उहाँको छोरा मिजारको घरमा पाहुना आएका थिए । उक्त स्थानका १० घर पहिरो उच्च जोखिममा रहेका छन् । यस्तै सुनकोशी गापा–४ बिमरेनी स्थित सिन्धुवीच रिसोर्ट माथिबाट आएको पहिरोले दुई कोरियन नागरिक र एक नेपाली गाइड बेपत्ता भएका छन् । उक्त स्थानमा रिसोर्टमाथिबाट आएको पहिरोले १५ जना पाहुनालाई प्रहरीले सकुसल उद्धार गरेको एसपी खड्काले बताउनुभयो । यस्तै भोटेकोशी बाढी उर्लेपछि चीनको सीमा जोड्ने लार्चा बेलिबिज्र बगाएको एसपी खड्काले बताउनुभएको छ । सो पुल बगाएपछि उत्तरी सीमा चीन नाकाको आवगमन बन्द भएको छ । पुल बगाएपछि भोटेकोशी गापा–२ र ३ का बस्तीहरु आउजाउ बन्द भएको छ । सो पुलले उक्त दुई बस्ती जोडने गर्छ । पुल बगाएपछि तातोपानी नाकाबाट राजधानी जाने मालबाहक कन्टेनर पूर्ण रुपमा बन्द भएका छन् । पैदल यात्रा गर्न समेत जंगलको बाटो प्रयोग गर्नु पर्ने भएको छ । २०७४ साल साउनमा पनि बाढीले उक्त ठाउँमा रहेको पक्की पुल बाढीले बगाएको थियो । यस्तै लिपिङ पुल पनि बाढीले ६० प्रतिशत भाग खसालेको छ । यस्तै भोटेकोशी बाढीले भोटेकोशी गापा–२ स्थित नौ किलो पुरानो भ्यान पार्किङदेखि भोटेकोशी ४ गोलेपा, पाङशेर्पु गाउँ जोड्ने फलामे पुल बगाएको छ ।
खोटाङलाई तराईसँग जोड्ने फोक्सिङ्टार पुल सुनकोशी नदीले बगाएको छ। सुनकोशी नदीमा आएको बाढीले शनिबार अपरान्ह मोटरेबल पुल बगाएको स्गानीय विकास राईले जानकारी दिनुभयो।
सोलुखुम्बुमा पहिरोमा परेर दुई जनाको ज्यान गएको छ । शनिबारअपरान्ह एक घर पुरिँदा दुई जनाको मृत्यू भएको हो ।
बिहीबार रातिदेखिको अविरल वर्षापछिको बाढीपहिरामा परी काठमाडौँ उपत्यकमा नौ महिनाकी गर्भवतीसहित ३४ जनाको मृत्यु भएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले ललितपुरमा १८, काठमाडौँमा ११ र भक्तपुरमा पाँच जनाको मृत्युभएको पुष्टि गरेको छ ।
माथिल्लो तामाकोशी जलविद्युत आयोजनास्थलको संरचनाको लागि रहेको हेडवक्र्स नियन्त्रण कक्ष रहेको भवनमा पहिरो खस्दा पाँच जना बेपत्ता भएका छन् ।
अविरल वर्षासँगै आएको पहिरोमा परी काभ्रेपलाञ्चोकमा दश जनाको मृत्यु भएको छ ।
तीन दिनदेखि परेको अविरल वर्षाले सप्तरीको हजार घर डुवानमा परेका छन् । घर छेउको नालामा पानीको बहाव देखेर माछा मार्न गएका एक आठ वर्षीय वालकको डुबेर ज्यान गएको छ ।
बन्दी सहायता नियोग (पाम) ले निर्माण गरेको पाम कम्युनिटीएन्ड स्पोर्ट्स सेन्टर सञ्चालनमा आएको छ ।
अविरल वर्षासँगै आएको पहिरोले गोठ पुर्दा रामेछापको रामेछाप नगरपालिका –६ च्यास्कु दारिम बोटमा एक महिलाको ज्यान गएको छ ।
मकवानपुरको बागमती गाउँपालिका –३ स्थित सुक्खा सल्यनीमा पहिरोले भत्किएको घरले थिचिएर एक युवतीको ज्यान गएको छ ।
अचेत अवस्था भेटिएका सन्धिखर्क नगरपालिका –१० का ५२ वर्षीय बलबहादुर खत्रीको मृत्यु भएको छ । विहान अचेत अवस्थामा फेला परेपछि जिल्ला अस्पतालमा उपचारका लागि ल्याइएका खत्रीको मृत्यु भएको हो।
अविरल वर्षापछि गएको पहिरोमा परेर दोलखाको भीमेश्वर नगरपालिका –६ मा एकै परिवारको तीन जनाको मृत्यु भएको छ । सदरमुकाम चरिकोटस्थित सिमपानीमा पहिरोले घर पुर्दा तीन जनाको मृत्यु भएको छ । एक जना बालकको जिबितै उद्दार गरिएको छ ।
दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१७ च्याम्पियनसिपमा नेपालको यात्रा सेमिफाइनलमै सकिएको छ ।
पाल्पाको तानसेन नगरपालिका–५ कैलाशनगरस्थित देउरालीनजिक सुकुम्वासी वस्तिमा पहिरो गएको छ । बिहीबारदेखि परेको निरन्तर अविरल वर्षाका कारण यहाँ पहिरो गएको हो ।
नवलपुरको समथर भू–भागमा डुबान र सडक कटानले यातायात क्षेत्र प्रभावित भएको छ । लगातारको वर्षाले विभिन्न ग्रामीण सडक अवरुद्ध भएका छन् भने सयौँ घर डुबानमा परेका छन् ।