• १२ असोज २०८१, शनिबार

अचेत अवस्थामा भेटिएका पुरुषको मृत्यु

blog

गणेश खनाल

अर्घाखाँची, असोज १२ गते । अचेत अवस्था भेटिएका सन्धिखर्क नगरपालिका –१० का ५२ वर्षीय बलबहादुर खत्रीको मृत्यु भएको छ । विहान अचेत अवस्थामा फेला परेपछि जिल्ला अस्पतालमा उपचारका लागि ल्याइएका खत्रीको मृत्यु भएको हो। 

सन्धिखर्क नगरपालिका –१० घोंचेखोला सडक छेउमा लडिरहेको अचेत अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी सहायक निरीक्षक भिमबहादुर रोकाका अनुसार टाउको तथा निधारमा खत्रीलार्इ गम्भीर चोटपटक लागेको बताउनुभयो । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।