त्रिभुवन राजपथको झ्याप्लेखोलामा पहिरोले पुरिएको गाडीबाट अहिलेसम्म ३० जनाकाे शव निकालिएकाे छ । उक्त स्थानबाट शनिबार साँझ १४ जना र आइतबार थप १६ जनाको शव निकालिएको हो ।
गत तीन दिन परेको अविरल वर्षाका कारण राप्ती नदीमा सतर्कताको नजिकसम्म पुगेको पानीको सतह घट्दै गएकाले हालका लागि बाँकेमा बाढीको त्रास हटेको छ ।
सिन्धुलीमा बागमती प्रदेश सरकारको औपचारिक कार्यक्रमका लागि जानुभएका बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने बाढी पहिरोका कारण सडक अवरुद्ध बनेपछि अलपत्र बन्नुभएको छ ।
धनकुटा नगरपालिका-९ र साँगुरीगढी गाउँपालिका-७ को सीमा लेउती खोला र तमोर नदीको दोभानमा बालुवाले पुरिएको अवस्थामा दुई जना महिलाको शव भेटिएको हो ।
खानेपानीमन्त्री प्रदीप यादवले अविरल वर्षाका कारण क्षतिग्रस्त खानेपानी प्रणालीलाई चुस्तदुरुस्त बनाई आपूर्ति व्यवस्था सुनिश्चित गर्न निर्देशन दिनुभएको छ ।
गृह मन्त्रालयले शनिबार र आइतबार बिहानसम्म नेपाली सेनाको हेलिकोप्टरबाट बाढी, पहिरो, डुबान तथा प्राकृतिक जोखिममा परेको १६१ जनाको सकुशल उद्धार गरेको छ ।
मीना कँडेलकावासोती, असोज १३ गते । अविरल वर्षाका कारण आएको बाढीले संस्कार ह्याचरी फार्ममा ठुलो मात्रामा क्षति भएको छ । नवलपुरको मध्यबिन्दु १२ तमासपुरमा रहेको संस्कार ह्याचरी फार्ममा बाढी पस्दा २२ हजार बोइलर कुखुरा मरेका हुन् ।उक्त फार्म मध्यबिन्दु ५ निवासी चोलाकान्त काफ्ले र मध्यबिन्दु १२ निवासी युवराज काफ्लेले संयुक्त रुपमा सञ्चालन गर्नुभएको थियो । प्रहरी चौकी अरुणखोलाका अनुसार कुखुरा मर्दा करिब एक करोड ५० लाख बढीको क्षति भएकोे छ । ह्याचरी फार्ममा रहेका कामदारलाई शनिबार राती नै उद्धार गरी सुरक्षित स्थानमा लगिएको थियो ।
निरन्तरको वर्षा, बाढी, पहिरो र डुबानका कारण काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका अवरुद्ध छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार अहिले काठमाडौँबाट लामो दूरीका कुनै पनि बस बाहिर जान सक्ने अवस्था छैन ।
तराईका जिल्लालाई छोटो दूरीमा राजधानीसँग जोड्ने जापान सरकारको सहयोगमा निर्माण भएको बिपी राजमार्ग दुई दिनअघिको अविरल वर्षाका कारण क्षतविक्षत गरी भत्किएको छ ।
जलाशयमा क्षमताभन्दा बढी पानी भरिएपछि बाँधको सुरक्षाका लागि शनिबार बिहान आयोजनाको दुई ढोका खोलेर पानी बाहिर निकालिएको थियो ।
सप्तरी–सुनसरी सीमामा रहेको सप्तकोशी नदीमा बाढीको बहाव घट्न थालेको छ।
राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोख्रेलका अनुसार राष्ट्र बैंकको केन्द्रीय तथा प्रादेशिक कार्यालय र सबै बैंक तथा वित्तीय संस्थाका शाखाबाट यही असोज २२ गतेसम्म सफा नोट साट्न सकिनेछ ।
बिहीबारदेखिको अविरल वर्षाका कारण बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकास्थित विभिन्न स्थानमा सडक नै बगाएपछि उक्त क्षेत्रमा अलपत्र परेका यात्रुको उद्धार गर्न हेलिकप्टर परिचालन गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय कार्यालयको आकस्मिक बैठक बोलाएको छ । पार्टी महासचिव शङ्कर पोखरेलले बैठक बोलाउनुभएको बैठकमा पार्टीको विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागका सदस्य पनि सहभागी हुने केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले बताउनुभयो ।
गोरखाको लापुबेंसीबाट काठमाडौँका लागि छुटेको यात्रुवाहक बस त्रिभुवन राजपथको झ्याप्लेखोलामा पहिरोले पुरिएको अवस्थामा फेला परेको छ । यात्रुवाहक बस त्रिभुवन राजपथको झ्याप्लेखोला पहिरोभित्र भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।