नवलपुरमा अविरल वर्षाका कारण आएको बाढीले करिब ६ सय हेक्टर क्षेत्रफल कृषिबालीमा क्षति पुगेको छ ।
रूसले रातभरमा आफ्नो क्षेत्रमा प्रवेश गरेका १२५ युक्रेनी ड्रोन नष्ट गरेको साथै आक्रमणबाट कुनै क्षति नभएको रक्षा मन्त्रालयले आइतबार जनाएको छ ।
काठमाडौँ महानगरपालिकाले विभिन्न ११ ब्राण्डका पानीमा फिकल कोलिफर्म भेट्टाएपछि हरेकको विक्री वितरणमा रोक लगाएको छ ।
संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेरेसले मध्यपूर्वमा बढ्दो हिंसाप्रति चिन्ता व्यक्त गर्दै सबै पक्षलाई तुरुन्तै हिंसा रोक्न आग्रह गर्नुभएको छ । बेरुतमा इजरायली हवाई आक्रमणमा परी हेजबुल्लाहका नेता हसन नसरल्लाहको मृत्युपछि गुटेरेसले यो टिप्पणी व्यक्त गर्नुभएको हो ।
नेपाल पुलिस क्लबले स्ट्याग ग्लोबल च्याम्पियन्स टेबलटेनिस लिग–सिजन २ को उपाधि जितेको छ ।
अविरल वर्षाका कारण झापाका विभिन्न खोला आएको बाढी र डुबानमा परेर २ सय ४० भन्दा बढी घरपरिवार विस्थापित भएका छन् ।
पथरीशनिश्चरे गोल्डकप फुटबल प्रतियोगिताको उपाधि ब्रिगेड ब्याइज क्लबले जितेको छ ।
नेपालले त्रिकोणात्मक टी–२० सिरिजमा आज (आइतबार) राति ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।
दसैँ तिहार र छठलगायतका चाडपर्वमा हुनसक्ने विभिन्न अपराधिक घटना रोक्ने र शान्ति सुरक्षा कायम गर्ने लक्ष्यसहित बाँकेमा चाडपर्व विशेष सुरक्षा योजना लागु गरिएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सर्वदलीय बैठक सुरु भएको छ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाउनुभएको बैठक केहीबेर अघिदेखि सुरु भएको हो ।
लुम्बिनी प्रदेशका बाढी र पहिरो प्रभावित एक सय ९ जनाभन्दा बढी व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको छ ।
बाँके जिल्लाको जानकी गाउँपालिका-३ इन्द्रपुरका एक बालकको पोखरीमा डुबेर मृत्यु भएको छ । जानकी गाउँपालिका ३ इन्द्रपुरस्थित बसिर अलीका ९ वर्षीया छोरा अर्थान अलीको घर नजिकै रहेको पोखरीमा माछा मार्न जाँदा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई बाढी, पहिरो र विपदमा परेका घाइतेको निःशुल्क उपचार गर्न निर्देशन गरेको छ ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विपद् पीडितका लागि तत्कालका लागि ५० लाख रुपियाँ सरकारको कोषमा हस्तान्तरण गर्ने निर्णय गरेको छ ।
अविरल वर्षापछि आएको बाढीपहिरोका कारण विभिन्न १६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का अनुसार बाढीका कारण आयोजनाहरुको विद्युत गृह, प्रसारण लाइन तथा अन्य संरचनामा क्षति पुगेको हो ।