पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नख्खु खोलाले बगाएका दुई जनाको उद्धार गर्ने ‘साहसी युवा’ चणिकलाल तामाङलाई सम्मान गर्नुभएको छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा समाज कल्याण परिषद्का अध्यक्ष नवलकिशोर साह सुडीले अविरल वर्षासँगै आएको बाढी पहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिको उद्धार तथा राहत कार्यमा लाग्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूलाई निर्देशन दिनुभएको छ।
संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले विगत दुई दिनदेखिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा अलपत्र परेका पर्यटकको उद्धार गर्न निर्देशन दिनुभएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्राकृतिक विपद्का बेलामा पानीजन्य रोगको जोखिम बढ्ने हुँदा सचेत रहन आग्रह गरेको छ ।
अविरल वर्षासँगै काठमाडौँसहित देशभरको जनजीवन प्रभावित बनेको छ । काठमाडौँ, ललितपुर र भक्तपुरमा पनि ठुलो जनधनको क्षति भएको छ ।
आदिवासीको नेतृत्वमा आधारित अनुसन्धान र शिक्षा विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि यहाँ सुरुभएको छ ।
बाढी र पहिरोका कारण बागमती प्रदेशका १० जिल्लामा ७४ जनाको मृत्यु भएको छ।
लिभरपुल इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा) को १०औँ वार्षिक साधारण सभा ललितपुरमा सम्पन्न भएको छ ।
अस्ट्रियामा आइतबार बिहान ७ बजेदेखि आम निर्वाचनका लागि मतदान सुरू भएको छ । अष्ट्रियामा ऐतिहासिक जितका लागि अति दक्षिणपन्थी समूहले कन्जरभेटिभलाई पराजित गर्न सक्ने अनुमानबिच आम निर्वाचनमा आइतबार मतदान सुरु गरेका छन् ।
प्राविधिकको त्रुटिका कारण महावु गाउँपालिकामा निर्माणाधीन दश शय्या अस्पतालको भवनको ढलान भत्काइएको छ ।
अमेरिकामा ‘हेलेन’ नामक आँधीका कारण पाँच राज्यमा कम्तीमा ६३ जनाको मृत्यु भएको छ । आँधी प्रभावित क्षेत्रमा बिजुली कटौती भएको छ । उद्धारकर्ताले शनिबार विनाशकारी आँधीबाट बेपत्ता भएकाहरुको खोजी प्रयास जारी राखेका छन् ।
वर्षौँदेखिको सडकमा यात्रा गर्ने यात्रुहरूको राजमार्गका होटलको अचाक्लीका विषयमा गरिँदै आएको गुनासोमा यस पटक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विशेष चासो देखाएको छ ।
धादिङको झ्याप्लेखोलामा आएको पहिरोमा पुरिएर स्याङ्जाका तीन जनाको मृत्यु भएको छ।
स्पेनिस ला लिगामा बार्सिलोनाको अपराजित यात्रामा ओसासुना बाधक बनेको छ ।