तुलसीपुर उपमहानगरपालिका–१० गौरीगाउँस्थित गौरीगाउँ ताल ओझेलमा परेको छ । बजारबाट दक्षिणतर्फ नजिकै रहेको भए पनि प्रचारप्रसार नहुँदा सो ताल ओझेलमा परेको हो ।
मिडिया काउन्सिल विधेयक, २०८० मा अध्यक्ष तथा सदस्यहरूको नियुक्ति तथा सिफारिस गर्ने प्रस्तावित व्यवस्था परिवर्तन हुने भएको छ । अबदेखि अध्यक्ष तथा सदस्यहरूको नियुक्ति प्रक्रिया मन्त्रीपरिषद्मातहत ल्याइने भएको छ ।
सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा सिधाकुरा डटकमका प्रकाशक र सम्पादकलाई दोषी ठहर गरेको छ ।
रुसी फोटोग्राफर एवं लेखक युरी रोडिचेभले २१ वर्षमा ३२ पटक नेपाल भ्रमणका क्रममा खिचेका हिमाल, हिमाली बस्ती, नेपालका ऐतिहासिक स्थलका तस्बिर सङ्गृहीत पुस्तक ‘दी हिमालयज’ पोखरामा शनिबार सार्वजनिक गरिएको छ ।
नेपाल र कोरियाबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ स्वर्ण जयन्तीका अवसरमा नेपाल कला परिषद् बबरमहलमा कोरियाली डिजिटल कला प्रदर्शनी भइरहेको छ ।
गायक रामकृष्ण ढकालको स्वरमा ‘जीवनको हिसाब’ गीतको भिडियो आइतबार सार्वजनिक गरिएको छ ।
चलचित्र ‘सानो संसार’ को प्रदर्शन स्थगित गरिएको छ । अविरल वर्षा, बाढी र पहिरोका कारण काठमाडौँ उपत्यकासहित देशभरको जनजीवन प्रभावित भएकाले शुक्रबारदेखि प्रदर्शन थालिएको चलचित्र स्थगन गरिएको निर्माण पक्षद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
लगातार भएको वर्षका कारण आएको बाढी पहिरोले देशभर ऊर्जा तथा सिँचाइ क्षेत्रमा करिब चार अर्ब ३५ करोड रुपियाँ बराबरको क्षति भएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।
कुलेश्वरस्थित फलफूल बजारमा २० करोड रुपियाँ बराबरको फलफूल नष्ट भएको छ ।
बाढीपहिरोका कारण कृषकको बालीनाली, पशुपन्छी, खाद्यान्न, बिउबिजन, गोठ, खोरलगायतका संरचनामा भएको क्षतिको यकिन गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको छ ।
दसैँमा नयाँ नोट खोज्नेहरूलाई मध्यनजर गर्दै असोज आइतबारदेखि सुकिला नोट वितरण सुरु भएको छ ।
भारी वर्षासँगै उच्च हिमाली क्षेत्रमा भएको हिमपातले आरोहण क्षेत्र प्रभावित भएको छ ।
सर्वोच्च अदालतले ‘सिधाकुरा डटकम’ अनलाइनले प्रकाशन र प्रसारण गरेको अडियोविरुद्ध अदालतको अवहेलना मुद्दामा पत्रकारद्वय नवीन ढुङ्गाना र युवराज कँडेललाई थुनामा पठाउने फैसला गरेको छ ।
संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका जानुभएका प्रधानमन्त्री केपी शर्मा ओली सोमबार नेपाल आइपुग्नुहुने भएको छ ।
क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले ओमानलाई पराजित गरेको छ ।