प्यालेस्टिनी लडाकू समूह हमासले लेबनानको दक्षिणमा सोमबार भएको आक्रमणमा आफ्ना नेताको मृत्यु भएको जनाएको छ । “हमासका नेता फतह शरीफ अबु अल अमीनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “लेबनानमा रहेका हमासका विदेशमामिला हेर्ने नेताको दक्षिण लेबनानको अल बास क्याम्पमा रहेको आफ्नो घरमा भएको हवाई आक्रमणमा मृत्यु भएको छ ।”
मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको सिस्नेरीमा गएको पहिरोमा परी मृत्यु भएका अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीका छजना विद्यार्थीमध्ये तीनजनाको शव हेटौँडा ल्याइएको छ ।
विपद् व्यवस्थापन कार्यकारिणी समितिले मनसुनजन्य विपदबाट बेपत्ता भएका व्यक्तिका परिवारलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले सो निर्णय गरेको हो ।
नेपाल–भारत दुवै देशका सुरक्षाकर्मीले सीमा क्षेत्रमा दशगजा तथा सीमा अतिक्रमण हुन नदिने विषयमा सहमति जनाएका छन् । भारतको गौरीफन्टामा भएको दुवै देशका सुरक्षाकर्मीको समन्वयात्मक बैठकले सो विषयमा सहमति जनाएको हो ।
स्थानीय बजारमा सोमबार पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार प्रतितोला एक लाख ६० हजार छ सय रुपियाँमा कारोबार भएकामा आजका लागि भने एक लाख ६० हजार पाँच सय निर्धारण भएको छ ।
बागमती प्रदेशमा बाढी पहिरोमा परेर मृत्यु हुनेको सङ्ख्या ११६ जना पुगेको छ ।
इलाममा तीन दिन यता बिजुली नहुँदा यहाँका जनता सास्तीमा छन् । इलामको महमाईमा १३२ केभी प्रसारण लाईनमा क्षति भएपछि चुलाचुली गाउँपालिका बाहेक जिल्लाभर विजुली नभएको स्थानीयको भनाइ छ ।
गत बिहीबारदेखिको अविरल वर्षाले बाढीपहिरो र डुबानले देशभर वितण्डा मच्चायो । लगातार तीन दिनदेखिको वर्षापछि देश नै डुबान, बाढी र पहिरोले क्षतविक्षत छ ।
साकेला सांस्कृतिक पार्क धरानमा साकेला पुस्तकालय तथा अध्ययन अनुसन्धान केन्द्रको उद्घाटन गरिएको छ ।
लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले बाँकेमा अलपत्र रहेको रङ्गशाला तथा कभर्डहललाई पूर्णता दिने भएको छ । बाँकेको खजुरा गाउँपालिका –४ डीगाउँमा प्रदेश सरकारले करिब एक करोड रुपियाँ खर्च गरेको पालिका स्तरीय रङ्गशालामा तीन बर्षदेखि बजेट नपरेकोमा यसबर्ष प्रदेश सरकारले बजेट विनियोजन गरेको हो ।
दाङको तुलसीपुर–अमिलिया सडकअन्तर्गत तुलसीपुर उपमहानगरपालिका –१३ दमारगाउँमा पक्की सडक भत्किदा एकतर्फी यातायात सुचारु भएको छ । बर्षाका कारण उक्त सडकअन्तर्गत नालाको पानी निकासका लागि राखिएको हुमपाइप दबेपछि सडक भत्किएको थियो ।
पर्यटकीय दृष्टिले निकै महत्वपूर्ण मानिने हिमालपारिको जिल्ला मुस्ताङमा बर्खापछि मौसम खुलेसँगै आकर्षक देखिएको छ । पवित्र तीर्थस्थल मुक्तिनाथबाट वरपरका दृष्यहरु निकै मनमोहक देखिएको हो ।
विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठक सुरु भएको छ । सोमवार बिहान राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा समितिको बैठक सुरु भएको हो ।
कैलालीको भजनीका १०१ जनाको आँखाको शल्यक्रिया भएको छ । असोज ११ गतेदेखि १३ गतेसम्म भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको शिविरमा ८२६ जनाको आँखाको जाँच भएको छ । जमध्ये १०१ जनाको आँखामा भएको मोतियाविन्दूको शल्यक्रिया भएको हो ।
घरको मूलढोकाको दाहिनेपट्टि रोपिएको तुलसीको बोटलाई हावाले अघिदेखि हल्लाइरहेको छ । स्वाभाविक हो, बलियोले दुर्बललाई हल्लाउँछ, धकेल्छ र निमोठ्न सक्छ । यो सामाजिक सत्य हो । घरको दे