• १३ असोज २०८१, आइतबार

बार्सिलोनाको अपराजित यात्रामा ओसासुना बाधक

blog

बार्सिलोनाबिरुद्ध गोल गरेपछि ओसासुनाका खेलाडी । तस्बिर : पोर्तो

काठमाडौँ, असोज १३ गते । स्पेनिस ला लिगामा बार्सिलोनाको अपराजित यात्रामा ओसासुना बाधक बनेको छ ।

शनिबार राति भएको खेलमा बार्सिलोना ओसासुनासँग ४–२ गोलले पराजित भयो । बार्सिलोनाले आठौँ खेलमा आएर हार खेपेको हो । घरेलु मैदानमा ओसासुनालाई जिताउन एन्ट बुडिमीरले दुई गोल गर्नुभयो । ब्रायन जारागोन्जा र एबल ब्रिटोन्सले एक एक गोल थप्नुभयो । बार्सिलोनाका लागि पाउ भिक्टर र लामिन यमलले एक एक गोल फर्काउनुभयो । 

हारेपनि बार्सिलोना शीर्षस्थानमा यथावत् छ । बार्सिलोनाले आठ खेलबाट २१ अङ्क बनाएको छ । समान खेलबाट १४ अङ्क बनाएको ओसासुना छैटौँ स्थानमा उक्लिएको छ । एक खेल कम खेल्दै दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको १७ अङ्क छ । एजेन्सी