• १३ असोज २०८१, आइतबार

झ्याप्लेखोला पहिरो : मृतककाे सङ्ख्या ३० पुग्याे

blog

उद्धार कार्यमा जुट्दै प्रहरि ।

मुरारी अधिकारी 

धादिङ, असोज १३ गते । त्रिभुवन राजपथको झ्याप्लेखोलामा पहिरोले पुरिएको गाडीबाट अहिलेसम्म ३० जनाकाे शव निकालिएकाे छ । उक्त स्थानबाट शनिबार साँझ १४ जना र आइतबार थप १६ जनाको शव निकालिएको हो । 

त्रिभुवन राजपथ अन्तर्गत धादिङको झ्याप्लेखोलामा चितवनबाट काठमाडौंका लागि आएको माइक्रोबस पनि पुरिएको अवस्थामा भेटिएको छ । उक्त माइक्रोबसबाट १३ जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । 

जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख गौतम केसीका अनुसार चितवनबाट काठमाडौंका लागि आएको माइक्रोबस पनि आइतबार बिहान पुरिएको अवस्थामा भेटिएको छ । उक्त माइक्रो बसबाट १३ जनाको शव निकालिएको प्रहरीले जानकारी दिएको छ । चितवनबाट काठमाडौं आउँदै गरेको बा ३ ज १३४५ नम्बरको माइक्रो बस पहिरोमा पुरिएको हो। उहाँका अनुसार उक्त माइक्रो बसबाट ४ महिला र ९ पुरुषको शव निकालिएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङ सूचना अधिकारी प्रल्हाद सिलवालका अनुसार पहिरोमा अन्य गाडीहरू पनि पुरिएको आशङ्कामा खोजी कार्य जारी रहेको छ  त्यही पहिरोमा गोरखाबाट काठमाडौं आउँदै गरेको ना ४ ख २२७० नम्बरको यात्रुवाहक बस पनि पहिरोमा पुरिएको अवस्थामा फेला परेको छ । उक्त बसबाट ३ जना पुरुषको शव निकालिएको छ ।

त्यसैगरी बुटवलबाट काठमाडौं आइरहेको माइक्रोबस पहिरोमा पुरिँदा १४ जनाको मृत्यु भएको छ । माइक्रोबसबाट आठ पुरुष, पाँच महिला र एक बच्चाको शव निकालिएको प्रहरीले जानकारी गराएको छ । पुरिएका सवारीसाधनहरु धुजाधुजा अवस्थामा रहेको र शव पनि छुट्टाछुट्टै भेटिएकोले कुन सवारीको शव कुन हो भन्ने यकिन गर्न कठिन छ । पुरिएको अवस्थामा फेला परेको सवारीहरु टुक्राटुक्रा बनेकोले नम्बर पहिचान गर्न कठिन भएको जिल्ला प्रहरी कार्यालय धादिङ सूचना अधिकारी सिलवालले जानकारी दिनुभएको छ ।

गोरखाबाट काठमाडौं आउँदै गरेको ना ४ ख २२७० नम्बरको बसको भने यकिन भएको छ । एक्साभेटरले पहिरो खोतल्ने क्रममा बसको छतको डण्डीमा चालक मदन परियारको नम्बर देखिएपछि बसको यकिन भएको यातायात व्यवसायी अर्जुन भट्टले जानकारी दिनुभएको छ । पहिरोले पुरिएको अवस्थामा फेला परेको सो बसमा मुग्लिनसम्म चालक दलका तीनजना र एक जना यात्रु रहेको भनिएपछि बीच बाटोबाट यात्रु चढाएको हुनसक्ने अनुमान छ ।

त्यस्तै, चितवनको पुल्चोकबाट यात्रु बोकेर काठमाडौं छुटेको माइक्रोबस (जम्बो हाइस)पनि झ्याप्ले खोलाको पहिरोमा पुरिएको र त्यसमा कति यात्रु थिए भन्ने यकिन नभएकोले पहिरोमा अझ अन्य शव भेटिन सक्ने आशंका गरि उद्धारकर्मीको टोलीले खोजी कार्य तीव्र पारेको छ ।