समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित राजवंशी भाषा
डोटीको जोरायल गाउँपालिकाले बासमती धान उत्पादनका लागि विपन्न बादी समुदायका घरपरिवारलाई जमिनको भाडा तिरेर सहयोग गरेको छ । परम्परादेखि नै नाचगान गर्ने पेसामा आबद्ध बादी समुदायको पेसा सङ्कटमा पर्न थालेसँगै धान खेतीका लागि जमिन भाडामा लिएर बादी समुदायलाई उपलब्ध गराइएको छ ।
साहित्यकार डा. टङ्कप्रसाद पन्थलाई राष्ट्रकवि माधवप्रसाद घिमिरे पुरस्कार प्रदान गरिएको छ । भित्रुवन बहुमुखी क्याम्पस पाल्पाका उपप्रध्यापक पन्थलाई नवजागृति पुस्तकालय बुटवलले स्थापना गरेको सो पुरस्कार प्रदान गरिएको हो ।
भारी वर्षाको सम्भावना कायम रहेको भन्दै राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विज्ञप्ति जारी गरेर सतर्कता अपनाउन आग्रह गरेको छ । असोज १० देखिको अति भारी वर्षाले धेरै स्थानको जमिन गलेको हुँदा सानो वर्षा थपिँदासमेत ठुलो पहिरो जान सक्ने र कुनै पनि खोलामा एक्कासि बाढी आउने जोखिम रहेको प्राधिकरणले जनाएको छ ।विधिवत् रूपमा दसैँ सुरु भएको छ । दसैँमा हरेकका अनेकथरी योजना हुन्छन् । घरबाट टाढा रहेकाहरूको पहिलो योजना हुन्छ, घर कहिले जाने ? टिकट कसरी लिने ? घर जाने पक्का भएपछि मात्रै उनीहरूका अरू योजना अगाडि बढ्छन् तर यसपालि अहिलेसम्म पनि धेरैको कहिले र कसरी घर जाने भन्ने टुङ्गो लागिसकेको छैन । कारण हो, असोजको दोस्रोे हप्ता तीन दिन परेको अविरल वर्षा र त्यसले निम्त्याएको विनाश । असोजको दोस्रो हप्ता नेपाल र नेपालीले अकल्पनीय घटना सहनु प¥यो । दसैँको मुखमा जिउधनको क्षति सहनु प¥यो । असोज १० गते बिहीबार साँझदेखि १२ गते मध्याह्नसम्म अविरल परेको वर्षाले हजारौँ नेपालीको खुसी लुटेको छ । सरकारी आँकडा अनुसार नै करिब साढे दुई सयले ज्यान गुमाएका छन् । वर्षासँगैको बाढीले काठमाडौँ उपत्यका र यसको आसपासमा व्यापक क्षति गरेपछि दसैँको मुखमा धेरै नागरिक निराश बनेका छन् । बाढीपहिरो प्रभावितको दर्दनाक पीडा एकातिर छँदै छ, अर्कातिर घर जान पाइने–नपाइने अनिश्चितताले धेरैलाई दसैँले छोएकै छैन । विभिन्न उद्देश्यले काठमाडौँ उपत्यकामा रहेका देशैभरका लाखौँ नागरिक यसपालि घर जान पाउँछन् कि पाउँदैनन् कुनै टुङ्गो छैन । वर्षाका कारण देशभरका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । कतिपय अवरुद्ध सडक खुले पनि पानी नरोकिएका कारण पटक–पटक खुल्ने÷बन्द हुने अवस्था रहेको सडक विभागले जानकारी दिएको छ ।सरकारले देशभरि एकै पटक सुरु गरेको सडक स्तरोन्नतिको काम, वर्षायामका कारण पहिरोले सडकमा पु¥याएको क्षति र निर्माण तथा मर्मतमा भइरहेको ढिलाइले राजमार्गहरू यात्रायोग्य अवस्थामा छैनन् । हरेक वर्ष दसैँ तिहारमा १५ देखि २० लाख मानिस काठमाडौँ उपत्यकाबाट बाहिरिने गरेका छन् । पेसा–व्यवसायका व्रmममा उपत्यकामा रहेकाहरू दसैँ तिहार जस्ता चाडबाड मान्न भने थातथलोमै फर्किने गर्छन् । यसपालि पनि १८ लाख हाराहारी मानिस उपत्यकाबाट बाहिरिने आकलन थियो तर बाढीपहिरोले बाटो अवरुद्ध हुँदा घटनास्थापनासम्म पनि एक लाख बाहिरिन सकेका छैनन् । जसोतसो गएकाहरू तीन÷चार दिनसम्म बाटोमै छन् । बाटोमा तीन÷चार दिन रोकिएका यात्रुका पीडा सुनेरै धेरैले बस पाइहाले पनि जाने आँट गरेका छैनन् । अझै बागमतीसहित पूर्वी नेपालमा वर्षा भइरहेकाले उनीहरूको यात्रा झन् अनिश्चित बन्दै गएको छ । यसअघिकै वर्षाले गलेको जमिन थोरै पानी पर्दा पनि पहिरो जाने अवस्था छ । अझै दुई÷तीन दिन वर्षा जारी रहे धेरैले दसैँमा आआफ्नो घर जान कठिन पर्नेे निश्चित जस्तै छ । यही अवस्थामा यात्रुलाई गन्तव्यमा पु¥याउन नसकिने यातायात व्यवसायीले यसअघि नै स्पष्ट पारिसकेका छन् । फितलो यातायात व्यवस्थापन, असुरक्षित सडक र अधिक यात्रु चापबिच यसपालि दसैँमा यात्रा गर्नुपर्ने बाध्यता देखिएको छ । धेरैले यसपालिको दसैँमा यात्रा नगर्नेसमेत भन्न थालेका छन् ।नेपालमा यस वर्ष मनसुन लम्बिएको छ । नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टुबर २ तारिख हो तर मनसुन बाहिरिएको छैन । मनसुन बाहिरिने बेला बुधबारदेखि पुनः देशका विभिन्न ठाउँमा वर्षा हुन थालेको छ । यो वर्षा शुव्रmबारसम्मै जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर मनसुनी वायु र भारतको उत्तर–पूर्वी असाम र आसपासका क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको उल्लेख छ । पुनः वर्षा हुन थालेपछि राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । मौसमविद्का सुझाव अनुसार राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले १५ गते नै सूचना निकालेर १८ गतेसम्म सतर्कता अपनाउन भनेको छ । भारी वर्षाको सम्भावना कायम रहेको भन्दै प्राधिकरणले विज्ञप्ति जारी गरेर सतर्कता अपनाउन आग्रह गरेको छ । असोज १० गतेदेखिको अति भारी वर्षाले धेरै स्थानको जमिन गलेको हुँदा सानो वर्षा थपिँदासमेत ठुलो पहिरो जानसक्ने र कुनै पनि खोलामा एक्कासि बाढी आउने जोखिम रहेको प्राधिकरणले जनाएको छ ।यो वर्षको दसैँको टीकाको दिनसम्म पनि मुलुकभरका विभिन्न स्थानमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागले प्रक्षेपण गरिसकेको छ, जसले गर्दा दसैँमा जाने यात्रुको यात्रा सास्तीपूर्ण हुने देखिएको छ । विभिन्न सहरमा बसेकाहरू गाउँघर फर्किने भएकाले दसैँमा ठुलो सङ्ख्यामा यात्रुको आवागमन हुन्छ । दसैँमा टीका थाप्न पनि त्यत्तिकै सङ्ख्यामा यात्रुहरू एक ठाउँबाट अर्को ठाउँ पुग्छन् । हुन त सडक विभागले दसैँअघि नै मुख्य तथा सहायक राजमार्गका खाल्टाखुल्टी पुरेर यात्र सहज बनाउने दाबी गरेको छ तर गत हप्ताको अकल्पनीय क्षतिका कारण सडक मर्मत गर्ने समय निकै कम भएकाले दसैँअघि नै काम सम्पन्न गर्न कठिन छ । भाडामा मनपरीअविरल वर्षापछिको बाढीपहिरोका कारण सडक यातायात प्रभावित भएको मौका छोपी हवाई सेवा प्रदायकहरूले यात्रुहरूसँग मनपरी भाडा लिन थालेका छन् । बाढीपहिरोले देशभर यातायात सेवा प्रभावित भएको छ । पहिरोले सडक अवरुद्ध हुँदा काठमाडौँ उपत्यका जोड्ने सबै नाका बन्द भएका छन् । यातायात सेवा प्रभावित हुँदा अत्यावश्यक कामका लागि यात्रा गर्नुपर्नेहरूले हवाई सेवा प्रयोग गर्नुपर्ने बाध्यता छ । यात्रुहरूको बाध्यताको फाइदा उठाउँदै एयरलाइन्सहरूले पहिलेको भन्दा दोब्बर भाडा असुल्न थालेका हुन् ।चाडपर्वको मौका छोपेर मनपरी भाडा असुल्ने प्रवृत्ति यस पटक पनि दोहोरिएको छ । गाडी भाडा मनलाग्दी लिने परम्परा नै छ । अझ हवाई भाडा पनि वृद्धि गरिएको छ । त्यसमाथि महँगो भाडा लिएर पनि समयमा उडान नभर्दा यात्रु मारमा परेका छन् । विमानस्थलमा घण्टौँ कुर्नु पर्दा यात्रुले आन्दोलनसमेत गरेका समाचार बाहिरिएका छन् ।यात्रुले सास्ती खेप्नुपर्ने र ठगिनुपर्ने पुरानै प्रवृत्ति कायम छ । पछिल्ला दिनमा निजी-सार्वजनिक सवारीसाधनको सङ्ख्या बढ्दो छ । यद्यपि अझै यात्रु झुन्डिएर, कोचिएर यात्रा गर्न बाध्य देखिन्छन् । पर्वका बेलामा झन् सवारीसाधन पाउनै नसकिने अवस्था छ । चाडपर्व आउनु हप्तौँअघि लाइनमा बसेर टिकट काट्नुपर्ने विडम्बनापूर्ण अवस्था कायमै छ । अनलाइनको सिस्टम ल्याइएको भए पनि त्यसरी टिकट लिनेको सङ्ख्या सीमित छ । एकातिर सार्वजनिक यातायातको अवस्था दयनीय छ भने अर्कातर्फ मनपरी भाडा तय गर्ने प्रवृत्ति छ । मनलागी भाडा असुल्ने व्यावसायीमाथि सवारी ऐनमा टेकेर मात्र ट्राफिक प्रहरीले कारबाही गर्दा थोरै जरिबाना तिरेर सवारी धनी सहजै उम्कने प्रवृत्ति बढ्दो छ । यातायात व्यवसायीसँगको समन्वयमा सरकारले देशका सबै गन्तव्यमा सवारी भाडा तोक्दातोक्दै पनि कार्यान्वयन हुन नसक्नु अर्को विडम्बना छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वस्थ रहन आहारबिहारमा विशेष ध्यान गर्नुपर्ने बताउनुभएको छ । कपिलवस्तुको वाणगङ्गा नगरपालिकाको बैरियामा सामुदायिक डायलासिस सेवा शुभारम्भ गर्दै उहाँले सो कु
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बाढीपहिरो जस्ता विपत्पछि सङक्रामक रोग फैलन नदिन खानेपानी मन्त्रालयसँग सहकार्य गर्ने भएको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेल र खानेपानीमन्त्री प्रदीप यादवसहितको बैठकले बाढीपहि
न्याय परिषद् नियमावली संशोधनबारे बार र बेन्चबिच देखिएको विवादले नयाँ मोड लिएको छ । नियमावली संशोधनका विषयमा पछिल्लो समय सर्वोच्च अदालत र नेपाल बार एसोसिएसनबिचको विवाद चर्किएको थियो ।
मुलुकको सबैभन्दा धनी मन्दिरका रूपमा पशुपतिनाथलाई लिइन्छ । कागजी रूपमा आराध्यदेवको हेरचाह गर्ने संस्था पशुपति क्षेत्र विकास कोषका नाममा हजारौँ रोपनी जग्गाजमिन देखिन्छ । भोगचलनमा भने अधिकांश जग्गाजमिन हराइसकेका छन् । मधेश÷तराईमा भएको सयौँ बिघा जमिनको अस्तित्व नै कहाँ छ ? भने काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ मा रहेको ५३४ रोपनी जग्गासमेत सुकुमवासीका नाममा अतिव्रmमणमा परेको छ । कोषले सो जग्गालाई हालसाबिक गरी प्रस्तावित गुरुयोजना अनुरूप पशुपति हिन्दु विश्वविद्यालय, गौशाला, आयुर्वेद औषधालय, वृद्धाश्रम, उद्यान जस्ता संरचना बनाउने भनिए पनि योजना अघि नबढ्दा अतिव्रmमणले निरन्तरता पाइरहेकै देखिन्छ । पशुपति गुठीको जग्गा कमाएका मोहीले गुठीलाई कुत नबुझाउने, आफूखुसीका संरचना बनाएर उपयोग गर्ने जस्ता कार्यले गुठीको अस्तित्व सङ्कटमा छ । देवस्वमा भइरहेको रजाइँको अर्को ज्वलन्त उदाहरण पशुपति गौशाला धर्मशाला बनेको छ । मारवाडी सेवा समिति नेपालले पशुपति क्षेत्र विकास कोषसँग भएको सम्झौताविपरीत नौ रोपनी नौ आना जग्गामा व्यापारिक संरचना खडा गरेर २१ वर्षदेखि कब्जा गर्दै आएको विदित हुन्छ । कोष सञ्चालक परिषद्ले सम्झौता खारेज गरेपछि अदालत पुगेको समितिको दाबी नपुग्ने भन्दै काठमाडौँ जिल्ला अदालतले फैसला सुनाएको छ । पशुपतिको जग्गामा सम्झौताविपरीतका संरचना खडा गरेर व्यापार गर्ने मारवाडी सेवा समितिको जोरजबरजस्तीलाई अदालतले अन्त्य गरिदिएको हो । विसं २०६० मा श्रीपशुपतिनाथ अमालकोट कचहरी (हालको पशुपति क्षेत्र विकास कोष) र मारवाडी सेवा समितिबिच भएको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता पालन नगरेको मात्र होइन, कोषले पटक पटक सम्झौता पालन गर्न सुझाउँदासमेत बेवास्ता गरेको कोषको भनाइ सञ्चार माध्यममा निरन्तर आएको स्मरणीय छ । सञ्चालक परिषद्ले विसं २०८० साउन १७ गते मारवाडी सेवा समितिसँग भएको नौबुँदे सम्झौता खारेज गर्ने निर्णय गरेपछि समितिले कोषविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । अदालतले समितिको दाबी नपुग्ने फैसला गरिदिएपछि पशुपतिनाथको सम्पत्तिबाट समितिको रजाइँको अन्त्य भएको हो । यद्यपि जिल्ला अदालतको फैसला नै अन्तिम भने होइन । समिति माथिल्लो अदालतसम्म पनि नजाला भन्न सकिँदैन तर कानुनी आधार नै नभएको अवस्थामा उसको बलमिच्याइँको अन्त्य हुने निश्चित छ ।कोषका सदस्यसचिव डा. मिलनकुमार थापाले लामो प्रयासपछि समितिले कब्जा गरिराखेको पशुपतिनाथको सम्पत्ति अदालतको फैसलाबाट फिर्ता भएकोमा खुसी व्यक्त गर्नुभएको छ । तत्कालीन श्रीपशुपतिनाथ अमालकोट कचहरी र समितिबिच धार्मिक कार्यको प्रयोजनका लागि प्रयोग गरिने सम्झौतामा उल्लेख थियो । सम्झौता अनुसार सेवा समितिले वार्षिक ५१ हजार रुपियाँ तिर्ने, रकममा दुवै पक्षको सहमतिले संशोधन गर्न सकिने र श्रीपशुपतिनाथमा पर्व पर्वमा छाडिएका साँढेलाई परम्परा अनुसार संरक्षण गर्न सेवा समितिले सहयोग गर्ने उल्लेख थियो । समितिले भने सम्झौताविपरीत होटल, लज, रेस्टुरेन्ट, अस्पताललगायतका नाफामुखी व्यापारिक संरचना अद्यापि सञ्चालन गरिरहेकै छ । समितिले व्यावसायिक प्रयोजनकै लागि जर्सी गाई पालेर दुधको व्यापारसमेत गरिरहेको स्थानीयले बताउँदै आएका छन् । गौशाला धर्मशालामा तला थपेर लज विस्तार गरेको समितिले दुई दर्जन सटर महँगो भाडादरमा व्यापारीलाई दिएको देखिएको छ । यता कोषलाई भने तोकिएको भाडासम्म तिर्न पनि आनाकानी गर्दै आएको थियो । भाडामा लिएको जग्गामा समितिले उल्टै मोहियानी हक भएको दाबी गर्दै सम्झौता नवीकरण गर्न तथा धर्मशाला छोड्न अस्वीकार गरेपछि सञ्चालक परिषद् सम्झौता खारेज गर्न बाध्य भएको हो । धार्मिक आस्थाको केन्द्र आराध्यदेवको सम्पत्तिमा गिद्धेदृष्टि लगाउँदै आएको समितिको कर्तुत बाहिर आएको छ ।पशुपतिनाथको सम्पत्तिमा व्यक्ति तथा संस्थाले रजाइँ गरेको यो मात्र होइन । केही वर्षअघि सरकारले पशुपतिनाथको सम्पत्ति संरक्षण तथा गुठी जग्गा अध्ययन एवं छानबिन समिति नै गठन गरेको स्मरणीय छ । समितिले तयार पारेको प्रतिवेदन अनुसार मन्दिरको नाममा दर्ता प्रमाणित भएको जग्गा तीन हजार ६६७ रोपनी चार आना तीन पैसा रहेको देखिएको छ । दर्ता प्रमाणित हुन बाँकी रहेको जग्गा २३१ रोपनी १० आना एक दाम रहेको पनि छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा पशुपतिनाथ क्षेत्रको २३२ रोपनी जग्गाको भने साबिक दर्ता प्रमाणित हुन बाँकी रहेको उल्लेख छ । पशुपतिनाथको अचल सम्पत्तिका रूपमा रहेको जग्गाजमिन तथा पाटी, पौवा, सत्तल गरी कोषमातहतका कार्यालयमा कुल १८ हजार ३४२ रोपनी कायम रहेको देखिएको छ । यति ठुलो परिमाणको जग्गाजमिनको खोजी गरेर लगत कायम गर्नु अपरिहार्य देखिन्छ ।
दसैँ बिदाका समयमा पनि बन्दीप्रत्यक्षीकरण रिटसहितका अन्य जरुरी निवेदनको सुनुवाइका लागि अदालतहरू खुला हुने भएका छन् । सर्वोच्च अदालत, उच्च अदालत तथा जिल्ला अदालतले निश्चित दिनबोहक अन्यमा सुनुवाइको तालिका बनाएका छन् । आलोपालोमा न्यायाधीश उपस्थित हुने गरी इजलास व्यवस्था भएको अदालत प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ । घटस्थापनादेखि असोज ३० गते कोजाग्रत पूर्णिमासम्म अदालतहरू औपचारिक रूपमा बन्द रहने छन् ।
दसैँ सुरु हुन थालेसँगै बागलुङको ढोरपाटनबाट ६० वर्षीय चुरामणि भट्टराई भेडा बिक्री गर्नका लागि सदरमुकाम तम्घास आउनुभएको छ । उहाँले ५० वटा भेडा लिएर आए पनि पहिले जस्तो बिक्री नभएको बताउनुभयो ।
चाडपर्व नजिकिँदै गर्दा बजारमा म्याद नाघेका खाद्यवस्तु बिव्रmी हुने र कृत्रिम अभाव देखाई कालोबजारीसमेत हुने भन्दै बजार अनुगमन गरिन्छ तर अनुगमन गरे पनि कारबाही गरेको पाइँदैन ।
भारत सरकारको अनुुदानमा दुुई पाइपलाइन परियोजना निर्माण हुने भएका छन् । इन्डियन आयल कर्पाेरेसनका निर्देशक सेन्थल कुमार र नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टबिच नेपालमा पेट्रोलियम पाइपलाइन विस्तार र भण्डारण क्षमता विस्तारसम्बन्धी सम्झौता भएको हो ।
कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–१, कोटबाडामा निर्माण सम्पन्न भएको सुनथराली विमानस्थल औपचारिक उद्घाटन भएको सात महिना नाघिसकेको छ । करिब ३७ वर्ष लगाएर निर्माण सम्पन्न भएको सो विमानस्थलमा अहिलेसम्म नियमित उडान हुन सकेको छैन ।
चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो महिनामा कुल आन्तरिक कर्जा ०.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा २.३ प्रतिशतले घटेको थियो ।
परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले विश्वमा शान्ति र समृद्धिको प्राप्तिका लागि एसियाली क्षेत्र एवं विश्वमै चुनौती बढिरहेको बताउनुभएको छ ।