स्वास्थ्य बीमा बोर्डले पञ्चवर्षीय रणनीतिक मार्गचित्र सार्वजनिक गरेको छ। मार्गचित्रले अबको पाँच वर्षमा कसरी अघि बढ्न सकिने बोर्डका सूचना अधिकारी विकेश मल्लले जानकारी दिनुभयो।
जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार भारतबाट अवैध रुपमा नेपाल ल्याइएका दुई हजार ३५० वटा कुखुराका चल्ला नेपालगन्ज १७ नदई गाउँबाट बरामद गरिएको हो।
मेची राजमार्गअन्तर्गत इलामको माइखोलामाथिको खण्डमा पहिरो गएपछि राजमार्गमा यातायात ठप्प भएको छ । आज दिउँसो सडक मर्मत गर्नेक्रममा माथिबाट पहिरो खसेपछि राजमार्ग पूर्ण रुपले अवरुद्ध भएको हो ।
जिल्ला सदरमुकाम इनरुवा –९ बबियाका कुमारी खत्वेको घरका सबै चिज बाढीले बगायो । यही असोज १२ र १३ गते सुनसरी खोलाको बाढी खत्वेको घरमा पसेपछि सबै थोक बगाएको हो ।
अमेरिकामा आएको हेलेन आँधीका कारण अहिलेसम्म २१० जनाभन्दा बढीको मृत्यु भएको छ । नर्थ क्यारोलिनामा हेलेनका कारण सबैभन्दा बढी क्षति पुगेको हाे ।
हमास लडाकूहरूले इजरायलमाथि अहिलेसम्मकै सबैभन्दा भयानक आक्रमण गर्दा उनीहरूले दुई सय ५१ बन्धकलाई गाजा पट्टीमा लगेका थिए । तीमध्ये केही पहिले नै मृतावस्थामा थिए ।
आँधीखोला गाउँपालिका –२ बेझाङमा भएको बोलेरो जिप दुर्घटना घाइते सातै जनालाई उपचारका लागि पोखरा लगिएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले विपद् र चाड सँगै आएका कारण हवाई चाप बढेको बताउनुभएको छ।
कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले फोहरबाट आम्दानी गर्न थालेको छ । अस्पतालमा उत्पन्न हुने फोहर बिक्री गरेर अस्पतालले आम्दानी गर्न थालेको हो ।
त्रिकोणात्मक टी–२० सिरिजको उपाधि आयोजक क्यानडाले जितेको छ । बिहीबार राति भएको खेलमा ओमानलाई पाँच विकेटले हराउँदै क्यानडाले सिरिज जितेको हो ।
सर्वदा साहित्य सङ्गमद्वारा नेपालगन्जमा आयोजित एक कार्यक्रममा दुई जना साहित्यकारका दुई कृति विमोचन गर्नुका साथै तीन जनालाई ‘सर्वदा साहित्य सम्मान’ बाट सम्मानित गरिएको छ ।
चाडपर्वलाई लक्षित गरी जिल्लाका तीन स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानले यात्रुको सुरक्षा र सहजताका लागि यात्रु सहायता कक्ष स्थापना गरेको हो ।
परराष्ट्रमन्त्री डा. राणा क्यानाडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरुको बैठक, अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभा र कतारको दोहामा आयोजित एसिडीको तेस्रो सम्मेलनमा सहभागिता जनाएर आज दोहाबाट स्वदेश फर्कंदै हुनुहुन्छ ।
दशरथ रङ्गशालामा भएको पहिलो खेलमा पुरुषतर्फ नेपाल उज्वेकिस्तानसँग २४–० को स्कोरमा पराजित भएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले भेट गर्नुभएको छ ।