नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६६ पैसा निर्धारण गरिएको छ ।
शनिबार अविरल वर्षापछि गएको बाढीले सर्लाहीको रामनगर गाउँपालिका–२ ध्रुवा टोलका नौ वर्षीय रामकुमार महतोलाई चिन्तामा पारेको छ । पढाइमा निकै मेहनती महतोले बाढीले घरमा
हिन्दूहरूको महान् पर्व बडादसैँको पहिलो दिन आज घरघरमा जमरा राखी घटस्थापना गरिएको छ । जमरा राख्नुपूर्व घरलाई लिपपोत गर्ने, रङग्याउने प्रचलन छ । घटस्थापनाका दिन राखेको जमरा विजयादशमीका दिन टीकासँगै मान्यजनको हातबाट लगाउने चलन छ ।
हरेक वर्ष नवरात्रमा सधै भक्तजनको भीडभाड हुने पाथीभरा देवीस्थान यो वर्ष सुनसान छ । हालैको बाढी र पहिराले मेची राजमार्ग र अन्य सडक अवरुद्ध हुँदा दर्शनार्थी घटेका हुन् ।बडादसैँको पहिलो दि
चितवन राष्ट्रिय निकुञ्जको हात्तीको आक्रमणबाट एक जना माउतेको मृत्यु भएको छ । पसलबाट सामान लिएर सौराहास्थित हात्ती प्रजनन केन्द्र जाने क्रममा बिहीबार साँझ हात्तीको आक्रमणबाट हरिपुर नगरपालिका–६ सर्लाहीका ३४ वर्षीय जग्दु सिंहको मृत्यु भएको हो ।
हालैको बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् । अन्य एक सय ७७ जना घाइते भएका छन् ।
२०५८ सालमा नारायणी नदीमा ठुलो बाढी आयो । बाढीले साबिकको नवलपरासी पिठौली गाविस–८ लौगाई र रजहर गाविस–३ पिप्रहरका एक सय २० घर परिवार विस्थापित भए । उनीहरूले पाँच वर्षसम्म हालको देवचुली नगरपालिका लोकाहा जङ्गलमा त्रिपाल मुनी रात बिताए ।
लमजुङका कलाकार हितमान गुरुङ सिर्जनशील युवा कला पुरस्कार–२०८१ बाट सम्मानित हुनुभएको छ । सिर्जनशील कलाकार समूह कास्कीले बिहीबार आयोजना गरेको कार्यव्रmममा संस्थाका अध्यक्ष डिबी गुरुङ, नेपाल
युएई रेड क्रिसेन्टको प्रतिनिधिमण्डलले नेपालका विभिन्न गाउँ तथा जिल्लामा बाढी र पहिरोबाट प्रभावित परिवारलाई मानवीय सहायता वितरण गरेको छ । युएई रेड क्रिसेन्टले काठमाडौँस्थित संयुक्त अरब इमिरेट्सका दूतावासको सहयोगमा र समन्वय एंव नेपाल सरकारका सम्बन्धित निकायको आवश्यक सियोगमा मानवीय परियोजना कार्यान्वयन गरेको हो ।
कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलग [एसिडी] को तेस्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी परराष्ट्र मन्त्री डा आरजु राणा देउवा त्यहाँ विभिन्न द्विपक्षीय भेटवार्ताहरूमा व्यस्त रहनुभएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित थारु भाषा
खाद्य तथा प्रविधि गुण नियन्त्रण विभागमा छ वर्षदेखि अलपत्र अवस्थामा रहेको मोबाइल भ्यान बुधबारदेखि सञ्चालनमा आएको छ ।
स्मार्ट कृषि, स्वचालित सिँचाइ र आधुनिक खेती जस्ता क्षेत्रमा चिनियाँ प्रविधिले नेपालको कृषि क्षेत्रमा व्रmान्ति ल्याउने छ । विपत् व्यवस्थापन, स्वास्थ्य सेवा र शिक्षा जस्ता क्षेत्रमा प्रविधि हस्तान्तरणले दीर्घकालीन फाइदा पुर्याउन सक्छ ।लामो समयदेखि नेपाल र चीनबिचको सम्बन्ध आपसी सम्मान र सहयोगमा आधारित बलियो, बहुपक्षीय साझेदारीमा विकसित भएको छ । सम्बन्धको आधारशिला आर्थिक सहकार्य रहेको छ । चीन प्रमुख व्यापार साझेदार र लगानीकर्ता बनेको छ । साझेदारी लाभदायक छ, तर व्यापार असन्तुलन सम्बोधन महìवपूर्ण छ । चीनसँग नेपालको व्यापार घाटा निकै बढेको छ । निर्यात प्रवर्धन, भौगोलिक सम्पर्क सुधार, बजार पहुँच र नेपालको उत्पादन क्षेत्रमा चिनियाँ लगानी प्रोत्साहनले यो असन्तुलनलाई सम्बोधन गर्न मद्दत गर्न सक्छ ।नेपाल र चीनले काठमाडौँ र ल्हासाभन्दा पनि बाहिर हेर्नु आवश्यक छ । गल्छी–केरुङ सडक र काठमाडौँ–तातोपानी सडकले नेपालको राजधानीलाई चीनसँग जोड्दै गर्दा दुई छिमेकीले कर्णाली–हिल्सा, कालीगण्डकी–कोरला र कोशी–किमाथाङ्का गरी तीन वटा सडकलाई प्राथमिकतामा राख्नु पर्छ । बर्सैभर चल्ने हिल्सा हुँदै जाने सडकले यस क्षेत्रलाई पश्चिम नेपाल र पश्चिमी तिब्बतबिचको व्यापारिक मार्ग बनाउँछ र हजारौँ भारतीय तीर्थयात्रीलाई हिल्सा हुँदै कैलाश पर्वत र मानसरोवरसम्म पुग्न प्रोत्साहित गर्छ । यसले अन्ततः कृषि, साना तथा मझौला उद्यम र पर्यटनमार्फत नेपालका सात प्रदेशमध्ये कर्णाली सबैभन्दा कम विकसित प्रदेश कर्णालीको आर्थिक विकास गराउँछ । हिन्दु र बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल मुक्तिक्षेत्र, पुराना गुफा र सुक्खा हावापानी भएको मुस्ताङ पहिलेदेखि नै आकर्षक पर्यटन केन्द्र रहँदै आएको छ । २०२३ मा सिएनएनले यसलाई शीर्ष २३ पर्यटकीय गन्तव्यमा समावेश गरेको थियो । यसलाई पर्यटकीय सहर पोखरा र कोरलासँग जोड्ने राम्रो सडकले मध्य नेपाललाई धेरै फाइदा ल्याउँछ ।किमाथाङ्का प्राचीन कालदेखि नै चीन र दक्षिण एसियाबीचको प्रमुख व्यापारिक मार्ग रहेको छ । यस क्षेत्रमा सडक निर्माणले पर्यटन, औद्योगिक र व्यापारिक गतिविधि बढाएर आर्थिक प्रतिफल दिन्छ । कोलकाता बन्दरगाह नजिकै रहेकाले किमाथाङ्का हुँदै जाने बाटोले तिब्बतलाई नजिकको बन्दरगाहसँग जोड्न मद्दत गर्छ ।हिल्सा, कोरला र किमाथाङ्का हुँदै जाने यी सबै व्यापारिक मार्गले उत्तरी भारत र पश्चिमी चीनबिच औपचारिक वा अनौपचारिक रूपमा स्थानीय व्यापारलाई सहज बनाउँछन् । यी सडक निर्माणमा चीनले नेपाललाई सहयोग गर्न सक्छ । बजारको माग बढ्दा समानान्तर रेलमार्ग पनि बन्न सक्छ ।नेपालमा हाल तीन वटा अन्तर्राष्ट्रिय विमानस्थल छन् । काठमाडौँमा निकै भिड भए पनि पर्यटकीय सहर पोखरा र भैरहवाका विमानस्थल भने कमै चलेका छन् । चिनियाँ वायुसेवालाई यी विमानस्थल प्रयोग गर्न प्रोत्साहन गरेर पर्यटक पठाएर चीनले सहयोग गर्न सक्छ ।कुशल सीमा व्यवस्थापन आवश्यक छ । नेपाल र चीनले भन्सार गृह, गोदाम र यातायात लगायतका सीमा सुविधाको आधुनिकीकरण गर्न संयुक्त पूर्वाधार परियोजनामा सहकार्य गर्नु पर्छ । भन्सार प्रव्रिmया स्वचालित गर्न र कागजी कार्य कम गर्न प्रविधिमा लगानी आवश्यक छ । दुवै देशले सामानको सहज प्रवाहलाई सहज बनाउन आआफ्ना व्यापार नियम र मापदण्ड मिलाउनु पर्छ । सीमानाका चौबिसै घण्टा सञ्चालन गर्न र भन्सार अधिकारीको सङ्ख्या बढाउँदा अझ सहज हुन्छ ।पर्यावरण संरक्षणमा सहकार्य आवश्यक छ । दुवै देश कमजोर हिमालयन क्षेत्रमा छन्, जलवायु परिवर्तनको बढ्दो जोखिममा छन् । नेपाल कृषि र जलविद्युत्का लागि जलस्रोतका हिमालयको पर्यावरणमा निर्भर छ । चीन पनि पानी सुरक्षा र वातावरण सन्तुलनका लागि यस क्षेत्रमा धेरै निर्भर छ ।जलवायु परिवर्तनले हिमालयका हिमनदी डरलाग्दो गतिमा पग्लिन थालेका छन् । यसले दुवै देशको जल सुरक्षालाई खतरामा पारेको छ । एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र इसिमोडले गरेको सन् २०१९ को एक अध्ययनले जलवायु परिवर्तनका कारण कम्तीमा एक तिहाइ हिमालयन हिम नदी सन् २१०० सम्म लोप हुने, बाढी, पानीको कमी र पर्यावरणीय ह्रास बढ्ने देखाएको छ । हिमनदी पग्लिई तल्लो भेगमा पुग्न सक्ने सम्भावित बाढी र पहिरोको पूर्वानुमान गर्न दुई देशबिच चेतावनी प्रणाली विस्तार गर्न सकिन्छ ।नेपाल र चीनले वन पुनस्र्थापना र जलाधार संरक्षण गर्न पुनरुत्थान तथा वनीकरण परियोजनामा सहकार्य गर्न सक्छन् । वनले पानीको बहावलाई नियमन गर्न, माटोको क्षय रोक्न र जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न महìवपूर्ण भूमिका खेल्छन् । सँगै काम गरेर दुई देशले हिमाली पर्यावरण लचिलो बनाउन सक्छन् ।पर्यटन पुनरुत्थान गर्न दुवै देशले भिसा प्रव्रिmयालाई सरल बनाउन आवश्यक छ । उदाहरणका लागि, चीनमा नेपाली नागरिकलाई निःशुल्क आगमन भिसा उपलब्ध गराउँदा धेरै नेपालीलाई घुमफिर, व्यापार वा शिक्षाका लागि चीन भ्रमण गर्न प्रोत्साहन मिल्छ । विशेष गरी तिब्बत नजिकका क्षेत्रहरूमा पर्यटन पूर्वाधार (जस्तै यातायात, आवास विकल्प, र पर्यटक सुविधामा सुधार) मा लगानी गरी समग्र चिनियाँलगायतका पर्यटकलाई आकर्षित गर्न सकिन्छ ।वित्तीय सहायता र ऋणले दिगो फल दिन्छन् भन्ने सुनिश्चित गर्नु महìवपूर्ण छ । यसरी छनोट गरिएका परियोजना आर्थिक रूपमा सम्भव भएको सुनिश्चित गर्न पङ्क्तिकारको निरन्तर जोड ऋणभन्दा विदेशी लगानीको पक्षमा छ । नगद अनुदानभन्दा परियोजना अनुदानमा प्राथमिकता दिनुको कारण अनुदानको सदुपयोग होस् भन्ने सुनिश्चित गर्न हो । दुवै देशले आर्थिक प्रतिफल दिने परियोजनालाई प्राथमिकता दिन र वित्तीय सम्झौतामा पारदर्शिता सुनिश्चित गर्न ध्यान केन्द्रित गर्न सक्छन् । सार्वजनिक–निजी साझेदारी र अनुदान जस्ता वैकल्पिक कोष मोडेल खोजी ठुला पूर्वाधार परियोजनासँग सम्बन्धित वित्तीय जोखिम कम गर्न सकिन्छ ।चीनले नेपालको शीत भण्डारण र खाद्य प्रशोधन जस्ता कृषि पूर्वाधारमा लगानी गर्न सक्छ । संयुक्त राष्ट्रसङ्घ खाद्य तथा कृषि सङ्गठनले २०१९ को एक अध्ययनले मुख्यतया खराब भण्डारण र यातायात असुविधा भएकाले नेपालमा फसलपछिको नोक्सानी कुल कृषि उत्पादनको ३० प्रतिशतसम्म रहेको देखाएको छ । आधुनिक कृषि प्रविधि र पूर्वाधार लगानीले यी नोक्सानलाई न्यूनीकरण गर्न र चीनमा नेपाली कृषि निर्यातको मूल्य बढाउन सक्छ । यसबाहेक जलस्रोत, पशुपालन र ग्रामीण विकासमा चिनियाँ विशेषज्ञतालाई नेपालको सन्दर्भमा अनुकूलन गर्न सकिन्छ । यसबाट कृषि उत्पादन र आम्दानी बढाउन मद्दत पुग्छ ।दिगो विकास अर्को प्रमुख क्षेत्र हो । नेपाल, विशेष गरी हिमाली क्षेत्र, वातावरणीय ह्रास र जलवायु परिवर्तनको उच्च जोखिममा छ । नेपालमा जलविद्युत्को अपार सम्भावना छ । अनुमानित ८३ हजार मेगावाटमध्ये ४३ हजार मेगावाटलाई आर्थिक हिसाबले नाफामा जाने मानिन्छ तर थोरै मात्रै उत्पादन भएको छ । जलविद्युत् क्षेत्रमा चिनियाँ लगानी र प्रविधिले नेपाललाई दिगो रूपमा ऊर्जाको आवश्यकता पूरा गर्न र छिमेकी देशमा अतिरिक्त विद्युत् निर्यात गर्न मद्दत गर्न सक्छ ।नवीकरणीय ऊर्जा, विशेष गरी सौर्य र वायु ऊर्जामा चीनको विशेषज्ञताले जीवाश्म इन्धनमा नेपालको निर्भरता घटाउन र कार्बन तटस्थता हासिल गर्न सहयोग पु¥याउँछ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार नेपालले सन् २०३० सम्ममा कुल ऊर्जाको ५० प्रतिशत नवीकरणीय ऊर्जा पु¥याउने लक्ष्य राखेको छ । स्वच्छ ऊर्जा प्रविधि र वातावरण संरक्षणमा संयुक्त अनुसन्धान र विकास परियोजनाहरूले नेपाललाई जलवायु परिवर्तनसँग लड्न मात्र नभई बिआरआई अन्तर्गत चीनको हरित विकास नीतिको फाइदा लिन पनि मद्दत गर्ने छ । प्रविधि हस्तान्तरण एउटा महìवपूर्ण क्षेत्र हो जहाँ नेपालले चीनसँगको सम्बन्धबाट बढी फाइदा लिन सक्छ । हाल नेपाल चीनबाट ठुलो मात्रामा प्रविधि आयात गर्छ । विशेष गरी उत्पादन, आइटी र कृषि क्षेत्रमा केन्द्रित प्रविधि हस्तान्तरणले नेपालको अर्थतन्त्रलाई आधुनिकीकरण गर्न मद्दत गर्न सक्छ । डिजिटल प्रविधि, कृत्रिम बौद्धिकता र ई–कमर्समा चीनको द्रुत प्रगतिले नेपाललाई अनुसरण गर्ने मोडल प्रदान गरेको छ ।स्मार्ट कृषि, स्वचालित सिँचाइ र आधुनिक खेती जस्ता क्षेत्रमा चिनियाँ प्रविधिले नेपालको कृषि क्षेत्रमा व्रmान्ति ल्याउने छ । विपत् व्यवस्थापन, स्वास्थ्य सेवा र शिक्षा जस्ता क्षेत्रमा प्रविधि हस्तान्तरणले दीर्घकालीन फाइदा पु¥याउन सक्छ । सन् २०१५ को भूकम्पको समयमा, चीनले नेपाललाई महìवपूर्ण सहयोग प्रदान गरेको थियो । विपत् जोखिम न्यूनीकरणमा थप व्यवस्थित ज्ञानले भविष्यको सङ्कटका लागि नेपालको तयारीमा सुधार ल्याउन सक्छ ।दिगो प्रविधि हस्तान्तरणका लागि शिक्षा र क्षमता निर्माणमा लगानी आवश्यक छ । चिनियाँ विश्वविद्यालय र अनुसन्धान संस्थाहरूले नेपाली विद्यार्थी र अनुसन्धानकर्तालाई विशेष गरी प्रविधि र दिगो विकाससँग सम्बन्धित क्षेत्रमा छात्रवृत्ति र तालिम प्रदान गर्न सक्छन् ।नेपालको ऊर्जाको मागले अनिवार्य रूपमा आणविक ऊर्जाको अन्वेषण र उपयोग गर्नुपर्ने हुन्छ । देशमा प्रचुर मात्रामा जलविद्युत् जस्ता नवीकरणीय ऊर्जा स्रोत छन् । बढ्दो जनसङ्ख्या र औद्योगीकरणले यी स्रोतहरूको क्षमतालाई पछाडि पार्ने छ । आणविक ऊर्जाले नेपालको ऊर्जा आवश्यकता पूरा गर्न एक व्यावहारिक र दिगो समाधान प्रदान गर्छ । चीनले नेपालको आणविक पूर्वाधार निर्माण र उच्चतम अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड अनुसार तिनको सञ्चालनको सुनिश्चित गर्न प्राविधिक सहयोग, तालिम र क्षमता निर्माण गर्न सक्छ ।पारस्परिक बैङ्किङ व्यवस्था स्थापना एक रणनीतिक कदम हो । यस्तो व्यवस्थाले प्रत्येक देशले अर्काका बैङ्कलाई आफ्नो सीमानाभित्र सञ्चालन गर्न अनुमति दिन, व्यवसाय र लेनदेन गर्ने व्यक्तिलाई थप सुविधा प्रदान गर्न सहयोग गर्छ । विदेशी बैङ्कहरूको सञ्चालनलाई नियन्त्रण गर्न स्पष्ट नियामक ढाँचा, नेपाली रुपियाँलाई रेन्मिन्बीमा रूपान्तरण गर्ने संयन्त्र, प्रभावकारी हिसाब प्रणाली, र बलियो डाटा गोपनीयता र सुरक्षा उपाय आवश्यक छन् । यसले सीमापार लेनदेनलाई सुव्यवस्थित बनाउने, लागत घटाउने र वित्तीय स्थायित्व बढाउने छ ।
यही असोज ११ र १२ गते लगभग ३६ घण्टे भारी वर्षाका कारण विभिन्न नदीमा आएको भीषण बाढी र पहिरोले ठुलो जनधनको क्षति पुर्यायो । यसबाट २९ जिल्ला प्रभावित हुन पुगे । तीमध्ये धादिङ, काठमाडाैँ, काभ्रेपलाञ्चोक, ललितपुुर, सिन्धुपाल्चोक, रामेछाप धेरै प्रभावित हुन पुगे । यी जिल्लामा ठुलो परिमाणमा जनधनको क्षति भयो । खास गरी काठमाडौँ उपत्यकामा बागमती, काभ्रेमा रोशी र सिन्धुलीमा सुनकोशीले बितण्डै मच्चायो । धेरैलाई घरबारविहीन बनायो भने सयौँको ज्यान लियो । ठाउँठाउँमा पहिरो गएका कारण सडक अवरुद्ध हुन गई घाइते र अलपत्र परेका मानिसको तत्काल उद्धार गर्ने कार्यमा ढिलासुस्ती हुन पुग्यो । कहीँ सडक नै भासिएर तल झरेको र कहीँ माथिबाट पहिरो आएर सडकमा थुप्रिएका कारण सहयोगका लागि वा उद्धारका निम्ति घटनास्थलसम्म पुग्न कठिनाइ उत्पन्न भयो, जसले गर्दा थप नोक्सान हुन पुग्यो । भनिन्छ–विकाससँगै विनाश पनि जोडिएको हुन्छ तर कम जोखिम हुने गरी गहिरो अध्ययनका साथ सावधानीपूर्वक विकास निर्माणका काम गरियो भने पक्कै पनि विनाशलाई न्यूनीकरण गर्न सकिन्छ । नेपाल आफैँमा एउटा पहाडी मुलुक हो । देशको कुल भूभागको ६८ प्रतिशत पहाडी क्षेत्र पर्छ । २०७८ सालको जनगणना अनुसार नेपालको कुल जनसङ्ख्याको ४२.२५ प्रतिशत जनसङ्ख्याको बसोबास पहाडी क्षेत्रमा रहेको छ । यसरी भूबनोटको हिसाबले नेपाल प्राकृतिक प्रकोपको जोखिम क्षेत्रभित्र पर्छ, जसका कारण बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोपको मारमा पर्नुपर्ने बाध्यता रहेको छ । यो सत्यतथ्य त आफ्नो ठाउँमा छँदै छ भने अर्कातर्फ देशमा भएको राजनीतिक परिवर्तन वा सङ्घीय गणतन्त्र स्थापनापश्चात् गाउँगाउँमा वा दुर्गमसम्म सडक पुर्याउने होडबाजी चल्यो र द्रुतगतिमा सडक निर्माण, विस्तारको काम हुन थाल्यो । देशको विकास र समृद्धिका लागि यो आवश्यक पनि थियो । गाउँका जनताको माग पनि थियो । आधुनिक प्रविधिबाट सडक निर्माणका लागि गाउँगाउँमा डोजर पुर्याइयो । गाउँका स्थानीय जनताको सहमतिमा सडक निर्माणसम्बन्धी प्राविधिकहरूको सर्भेपश्चात् डोजर चलाउन थालियो । डोजरले सडकको भाग मात्र खनेन । दायाँबायाँका भाग पनि भत्कायो र थर्कायो, जसका कारण सडकका छेउछाउका भाग कमजोर बन्न पुगे । यसै पनि २०७२ सालको विनाशकारी भूकम्पले प्रभावित क्षेत्रका भूभाग कमजोर बनाएको थियो । थर्किएर कमजोर भएको जमिनलाई पहिरो जानबाट रोकथाम गर्ने प्रविधिको प्रयोग नगरिँदा वर्षातमा ती कमजोर भाग भत्किएर पहिरोको रूपमा परिणत भए र तिनै सडकमा आवतजावत गर्ने सवारीसाधनलाई क्षति पुर्याए । जनधनको नोक्सान हुन पुग्यो । अर्को कुरा असोज ११ र १२ गतेको निरन्तरको भारी वर्षाले नदीको तट वा बहाव क्षेत्रमा रहेका अधिकांश बस्तीमा क्षति पुर्याएको देखिन्छ । कहीँ नदीको धारले कटान गर्दै नजिक रहेका घरमा क्षति पुर्याएको छ भने कहीँ नदी ‘ओभरफ्लो’ भएर बस्तीभित्र पसी जनधनको क्षति गरेको पाइन्छ । यसै गरी वर्षा प्रभावित क्षेत्रका कतिपय स्थानमा सडक साँगुरो भएका कारण सवारीसाधन जाममा परिरहेको अवस्थामा पहिरो गएर क्षति पुर्याएको छ । नागढुङ्गाभन्दा तल झ्याप्ले खोलामा यही प्रकृतिको घटना घटेको थियो । जाममा परेका सवारीसाधनलाई पहिरोले पुरेको थियो । सवारीसाधनमा रहेका धेरै यात्रुले ज्यान गुमाए । यस्तै मौसम पूर्वानुमान महाशाखाको पूर्वसूचनालाई अवज्ञा गरेका कारण पनि जनधनको क्षति भएको देखिन्छ । उक्त आधिकारिक संस्थाले फलानो फलानो प्रदेशमा सामान्यदेखि भारी वर्षा हुन सक्ने भएकाले सावधानी रहनु, सर्तकता अपनाउनु भनेर दिइएको जानकारीलाई बेवास्ता गरेका कारण पनि बाढीपहिरोले क्षति पुर्यायो । निश्चित रूपमा प्राकृतिक प्रकोपलाई रोक्न सकिँदैन तर यसबाट हुन सक्ने जोखिम वा नोक्सानीलाई सावधानी अपनाएर कम गर्न भने पक्कै सकिन्छ । यसका लागि सडक निर्माणमा प्रयोग गरिने डोजर, ब्लास्टिङको विकल्पमा नयाँ प्रविधिको खोजी गर्नु पर्छ । अन्य विकसित देशमा प्रयोग भएका अत्याधुनिक प्रविधिहरू सुरुङ मार्गको निर्माण, तारबाट चल्ने सवारीसाधनको व्यवस्था आदि गर्नु पर्छ । पहाडी क्षेत्रमा सडक निर्माणको योजना बनाउनु अघि इन्जिनियरिङ पाटोलाई विशेष ध्यान दिएर गहिरो अध्ययन, अनुसन्धान गरेर मात्र सडक निर्माणको काम थालनी गर्नु पर्छ । यसका लागि सडक निर्माण गर्ने स्थलको माटो जाँच गर्नु पर्छ । पहिरो जाने खालको भूगोल हो वा होइन, सडक निर्माण गरिरहँदा र निर्माणपश्चात् बस्तीलाई असर पु¥याउँछ वा पु¥याउँदैन यावत् कुुराको बारेमा गहन अध्ययन गर्नु जरुरी हुन्छ । नदीको बहाव क्षेत्र वा तटीय क्षेत्रमा बस्ती बस्नबाट पूर्ण रूपमा रोक लगाउनु पर्छ । राज्यले नदीको किनारादेखि एउटा निश्चित दुरीसम्म बस्ती बस्न नपाइने नीति, नियम बनाउनु पर्छ र कडाइका साथ पालना गर्न लगाउनु पर्छ । यसै गरी विकट पहाडी क्षेत्रमा भएका फाट्टफुट्ट स साना बस्तीहरूलाई एकीकृत बस्ती विकासको योजना बनाएर बाढीपहिरोको जोखिम हुन सक्ने क्षेत्रबाट सम्भव भएसम्म अन्यत्र स्नानान्तरण गरिनु पर्छ । केवल बर्सातको समयमा सतर्कता अपनाउनका लागि सूचना गर्नुको कुनै औचित्य रहँदैन । यसका साथै मौसम पूर्वानुमान महाशाखाको अग्रिम सूचनालाई ध्यानमा राखेर ट्राफिक प्रहरी वा सम्बन्धित निकायले लामो दुरीका यातायातलाई भारी वर्षा हुन सक्ने क्षेत्रमा भारी वर्षा हुने अवधिभर आवतजावतमा कडाइका साथ रोक लगाउनु पर्छ ।माथि पनि भनियो, प्राकृतिक प्रकोपलाई रोक्न सकिँदैन । सावधानी अपनाएर जोखिमलाई, नोक्सानीलाई कम गर्न सकिन्छ । बाढी, पहिरोको प्रकोपपश्चात् घटनास्थलमा यथासक्य छिटो पैदल मार्गबाट सम्भव भए पैदल मार्गबाट र सम्भव नभए हवाईमार्गलाई प्रयोग गरेर हेलिकोप्टरको सहायताले विपत्मा परेकाहरूको उद्धार गर्नु पर्छ । यसका लागि सुरक्षित रहेका स्थानीयवासीहरूले मानवीय सहयोगको भावनाले राज्यको सम्बन्धित निकायमा छिटोभन्दा छिटो घटनाको पूर्ण विवरणसहित जानकारी दिँदै आवश्यक सहयोग पुर्याउनु पर्छ । स्थानीयको जानकारीपश्चात् तुरुन्तै राज्यको निकायले कति पनि ढिलासुस्ती नगरी थप जनधनको क्षति हुन नदिनका लागि उद्धारको कार्यमा जुट्नु पर्छ । घटनाको सूचना पाइसकेपछि मिटिङ वा बैठक बस्न थाल्ने होइन कि पहिले घटनास्थलमा पुगेर उद्धारको कार्य गर्नु जरुरी हुन्छ । घाइतेको यथासक्य छिटो उपचारको व्यवस्था मिलाउनु पर्छ । यसै गरी घरवारविहीन भएका पीडितको गाँस, बासको व्यवस्थामा ढिलाइ नगरी राज्य भएको महसुस गराउन सक्नु पर्छ । आगामी दिनमा पुनः यस प्रकारको क्षति नहोस् । यसका लागि राज्य गम्भीर बनोस् । नागरिक सचेत रहुन । प्रकोप सूचनाका साथ कहिल्यै आउँदैन । यति कुरा ध्यान दिऔँ ।
श्रमिकलाई औद्योगिक प्रतिष्ठानबाट राम्रो पारिश्रमिक दिएर मात्र पर्याप्त हुँदैन, उसको स्वास्थ्य रक्षा र जीवन सुरक्षाको पनि पर्याप्त व्यवस्था हुनु पर्छ । श्रमिकले आफूले गर्ने काम र कार्यस्थल पनि सुरक्षित हुनु अति आवश्यक छ । यसबाट मात्र श्रमिकको आफ्नो कामप्रति उत्साह एवं आकर्षण बढेर जान्छ । उद्योग, व्यवसाय, कम्पनी, सङ्घ संस्था सञ्चालन गर्न पहिलो प्राथमिकतामा श्रमिक पर्छन् । श्रमिकबिना कुनै पनि संस्थाको काम राम्रो र व्यवस्थित ढङ्गले सञ्चालन हुन सक्दैन । नेपालको श्रम कानुनले मुनाफा आर्जन गर्ने वा नगर्ने गरी उद्योग, व्यवसाय वा सेवा गर्ने उद्देश्यले प्रचलित कानुनबमोजिम स्थापना, संस्थापना, दर्ता÷गठन भएको वा सञ्चालनमा रहेको कुनै कम्पनी, प्राइभेट फर्म, साझेदारी फर्म, सहकारी संस्था वा सङ्घ वा अन्य संस्थालाई एकै शब्दमा प्रतिष्ठान भनी परिभाषा गरिएको छ । कुनै पनि प्रतिष्ठानमा कर्मचारी वा कामदार हुन्छन् । अझ औद्योगिक प्रतिष्ठानमा दक्ष कामदार बढी हुन्छन् । जसरी प्रतिष्ठान स्थापना गर्न निश्चित पुँजी आवश्यक पर्छ, त्यो भन्दा बढी श्रमको आवश्यकता पर्छ । श्रमबिना कुनै पनि प्रतिष्ठान सञ्चालन हुन सक्दैन । शारीरिक वा बौद्धिक श्रम गर्ने व्यक्ति वा कामदार नै श्रमिक हुन् । श्रमिकले पारिश्रमिकबिना काम गर्दैन । श्रम कानुनमा श्रमिकको विशेष महत्व हुन्छ । श्रमिकको हक, हित तथा सुरक्षाको व्यवस्था गर्ने उद्देश्यका साथ नेपालमा श्रम कानुन बन्दै आएका छन् । देशमा विभिन्न कालखण्डमा बनेका श्रम कानुनले श्रमिकको स्वास्थ्य र सुरक्षालाई विशेष महìव दिई उपयुक्त व्यवस्था गर्दै आएका छन् । श्रम कानुनका रूपमा रहेको नेपाल कारखाना र कारखानामा काम गर्ने मजदुरसम्बन्धी ऐन, २०१६ ले श्रमिकको स्वास्थ्य र सुरक्षाका लागि कानुनी व्यवस्था गरेको थियो । यस ऐनको परिच्छेद ४ मा रहेको ११ वटा दफामा स्वास्थ्यसम्बन्धी आवश्यक व्यवस्था गरेको पाइन्छ । यसै ऐन अन्तर्गत बनेको नेपाल कारखाना र कारखानामा काम गर्ने मजदुरसम्बन्धी नियमावली, २०१९ मा श्रमिकको स्वास्थ्य रक्षाको व्यवस्थालाई अझ व्यवस्थित गरेको पाइन्छ । पछि श्रम ऐन, २०४८ जारी भएपछि श्रमिकको स्वास्थ्यका लागि परिच्छेद ५ मा कानुनी व्यवस्था गरियो । श्रमिकको स्वास्थ्यसम्बन्धी व्यवस्थालाई श्रम नियमावली, २०५० को परिच्छेद ४ मा अझ स्पष्ट हुने गरी व्यवस्था गरियो । धेरै समयसम्म श्रमको क्षेत्रमा यस कानुनी व्यवस्था कार्यान्वयनमा रहे । देशमा २०४८ सालमा प्रजातान्त्रिक सरकार बनेपछि नवउद्धारवादको प्रवेश भएसँगै विभिन्न क्षेत्रमा काम गर्ने गरी विभिन्न उद्योग, व्यवसायको स्थापना भए । त्यसपछि श्रमिकको माग पनि बढ्न थालेको हो । नयाँ नयाँ उद्योगको विकाससँगसँगै श्रमिकको हक, हित र सुरक्षा, पारिश्रमिक, सेवा, सुविधा तथा श्रमसम्बन्धी विवादको सुनुवाइका लागि आवश्यक व्यवस्था गर्न श्रम कानुनको अपर्याप्ततालाई ध्यानमा राखी विधायिकाले श्रम ऐन, २०७४ र श्रम नियमावली, २०७५ निर्माण गरे । यसै ऐन, नियमले श्रमिकको स्वास्थ्य रक्षाका लागि औषधी उपचार बिमा, दुर्घटना बिमा, प्राथमिक स्वास्थ्य उपचारको अनिवार्य व्यवस्था गरे । रोजगारदाताले प्रत्येक श्रमिकको कम्तीमा वार्षिक एक लाख रुपियाँबराबरको औषधी उपचार बिमा गराउनु पर्छ । त्यसरी बिमा गर्दा लाग्ने बिमा शुल्क रोजगारदाताले र श्रमिकले आधा आधा बेहोर्नु पर्छ । रोजगारदाताले प्रत्येक श्रमिकको जुनसुकै प्रकारको दुर्घटना बिमा जस्तो– यान्त्रिक, रासायनिक, विद्युतीय, आगोबाट हुने दुर्घटनालाई समेट्ने गरी कम्तीमा सात लाख रुपियाँ बराबरको दुर्घटना बिमा गराउनु पर्छ । अझ बिमाको सम्पूर्ण प्रिमियम रकम रोजगारदाताले बेहोर्नु पर्छ । उक्त बिमा रकम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले केन्द्रीय श्रम सल्लाहकार परिषद्को सिफारिसमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी वृद्धि गर्न सक्छ । यस किसिमको औषधी उपचार र दुर्घटना बिमा सम्बन्धमा प्रत्येक वर्षको पुस मसान्तभित्र प्रतिष्ठानले आफ्नै व्यवस्थापकीय तहको श्रमिक वा श्रम क्षेत्रसँग सम्बद्ध अन्य कुनै व्यक्ति वा संस्थामार्फत श्रम अडिट गराई सोको प्रतिवेदन दिनु पर्छ । कुनै पनि प्रतिष्ठानमा काम गर्ने श्रमिकको स्वास्थ्य रक्षा र सुरक्षा महत्वपूर्ण विषय हो । प्रतिष्ठानमा काम गर्ने कुनै पनि श्रमिकलाई कामको सिलसिलामा घाउ, चोटपटक लाग्न सक्छ । कुनै कारणवश दुर्घटना भई चोटपटक लागेमा तत्काल उपचार गर्न रोजगारदाताले कार्यस्थल परिसरभित्र आवश्यक उपचारका सामग्रीसहितको प्राथमिक उपचारको व्यवस्था मिलाउनु पर्ने कानुनी व्यवस्था श्रम नियमावली २०७५ को नियम ४९ मा गरेको छ । कुनै श्रमिक कार्यस्थलमा वा रोजगारदाताले लगाएको कामको सिलसिलामा अन्य कुनै स्थानमा दुर्घटना परी चोटपटक लागेमा त्यस्तो श्रमिकको उपचार खर्च मुख्य रोजगारदाताले बेहोर्नु पर्छ । मुख्य रोजगारदाताले औषधी उपचार तथा दुर्घटना बिमा गराएको रहेछ भने त्यस्तो उपचार बापतको रकम बिमा रकमबाट कट्टा गरी लिन सक्छ ।कार्यस्थलभित्र प्राथमिक उपचारको व्यवस्था गर्ने दायित्व रोजगारदाताको हो । यहाँ रोजगारदाता भन्नाले श्रमिकलाई काममा लगाउने व्यक्ति वा प्रतिष्ठान र प्रतिष्ठानको व्यवस्थापक र श्रमिक आपूर्तिकर्तासमेतलाई जनाउने गर्छ । रोजगारदाताका रूपमा रहेको प्रतिष्ठान, त्यहाँ काम गर्ने श्रमिक, व्यवस्थापक सबैले श्रम नियमावलीमा गरेको प्राथमिक उपचारसम्बन्धी कानुनी व्यवस्थालाई ध्यान दिनु पर्छ । प्राथमिक उपचार भन्नाले कुनै पनि आपत्कालीन वा दुर्घटना परेको अवस्थामा घाइते वा बिरामीलाई स्वास्थ्य संस्था वा अस्पतालसम्म पुग्नुभन्दा अगाडि गरिने प्रथम औषधी उपचार हो । श्रमिक प्रतिष्ठानमा कामको सिलसिलामा कुनै कारणवश आकस्मिक रूपमा दुर्घटनामा पर्न सक्छ । त्यसैले दुर्घटनामा परेको श्रमिकलाई तुरुन्तै स्वास्थ्य संस्था वा अस्पताल पु¥याउनुअघि सही प्राथमिक उपचार दिन सकियो भने शारीरिक जोखिम तथा मानसिक क्षति कम गर्न सकिन्छ र मृत्युबाट समेत बिरामीलाई जोगाउन सकिन्छ । प्राथमिक उपचारका लागि तालिम प्राप्त स्वास्थ्यकर्मी नै हुनु पर्छ भन्ने छैन । स्वास्थ्य रक्षाको आधारभूत सिप सिकेको व्यक्तिले पनि प्राथमिक उपचारको सेवा पुर्याउन सकिन्छ । घाइतेको स्वास्थ्य अवस्था बिग्रिन नदिन वा जीवन बचाउन, सङ्व्रmमणको जोखिमबाट बचाउन, पूर्ण स्वास्थ्य उपचारका लागि स्वास्थ्य संस्था वा अस्पतालमा पुर्याउन सर्वप्रथम प्राथमिक उपचारको आवश्यकता पर्छ । विशेष गरी प्रतिष्ठानको व्यवस्थापकले श्रमिकको स्वास्थ्यलाई ध्यानमा राखी आफ्नो कार्यस्थलभित्र प्राथमिक उपचारको व्यवस्था गर्नु पर्छ । कार्यस्थलभित्र श्रमिकलाई चोटपटक वा दुर्घटनाबाट मुक्त भई काम गर्ने वातावरण भएमा मात्र उनीहरू कामबाट सुरक्षित भएको महसुस गर्छन् । नेपालको संविधानको धारा ३४ अनुसार प्रत्येक श्रमिकलाई उचित श्रम अभ्यास तथा उचित सुविधाको हक रहेको छ । त्यस्तै संविधानको धारा ३५ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त हुने र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने गरी मौलिक हक प्रदान गरेको छ । संविधानले प्रदान गरेको मौलिक हक कार्यान्वयन गर्न र स्वास्थ्य सेवामा नागरिकको पहुँच स्थापित गर्न जनस्वास्थ्य सेवा ऐन, २०७५ जारी भएको छ । यस ऐनको दफा ३(४) मा प्रत्येक नागरिकलाई सामान्य आकस्मिक अवस्थाका सेवा निःशुल्क प्राप्त गर्ने हक हुने गरी स्वास्थ्य सेवामा नागरिकको पहुँच हुने विषय सुनिश्चित गरेको छ । जोखिमयुक्त क्षेत्रमा काम गर्ने कामदारको स्वास्थ्य सुरक्षाका लागि सम्बन्धित रोजगारदाताले प्रचलित कानुनबमोजिमका सुरक्षाका उपाय अवलम्बन गर्नुपर्ने गरी सोही ऐनको दफा ४४ मा गरेको छ । संविधानले व्यवस्था गरेको मौलिक हक र जनस्वास्थ्य ऐनले गरेको कानुनी हकलाई साथमा राखी हेर्दा प्राथमिक उपचारसम्बन्धी व्यवस्थालाई श्रमिकको स्वास्थ्य रक्षाको अधिकारका रूपमा लिनुपर्ने हुन्छ । प्रत्येक प्रतिष्ठानले श्रमिकको स्वास्थ्य रक्षा अनिवार्य रूपमा गर्नु पर्छ । श्रमिकका लागि श्रम ऐन, नियमले गरेको व्यवस्थाको प्रभावकारी कार्यान्वयन भए नभएको सम्बन्धमा नियमित अनुगमन गरी कार्यान्वयन गर्न सम्बन्धित पक्षलाई आवश्यक निर्देशन दिने काम देश भरका श्रम तथा रोजगार कार्यालयले गर्नु पर्छ । कार्यस्थलभित्र प्रत्येक श्रमिकले दुर्घटनाबाट मुक्त भई काम गर्न पाउनु पर्छ । प्रतिष्ठानमा कार्यरत कुनै पनि श्रमिकको स्वास्थ्य रक्षाका लागि कार्यस्थलभित्र प्राथमिक उपचारको अनिवार्य व्यवस्था गर्नु पर्छ । यस किसिमको व्यवस्था श्रम कानुनले श्रमिकको स्वास्थ्य रक्षाका लागि निर्धारण गरेको विशेष सुविधा हो । यसलाई श्रमिकको कानुनी अधिकारका रूपमा पनि लिन सकिन्छ । सबै जसो प्रतिष्ठानले आफ्नो परिसरभित्र श्रमिकको स्वास्थ्य रक्षाका लागि आवश्यक औषधीसहितको प्राथमिक उपचारको व्यवस्था गरेको पाइएको छैन । महिला श्रमिकका लागि सेनेटरी प्याडको समेत व्यवस्था गरिएको हुँदैन । कानुनले तोकेको सुविधा पाउनु प्रत्येक श्रमिकको अधिकार हुँदाहुँदै पनि प्राथमिक उपचारबाट वञ्चित भई काम गर्नुपर्ने अवस्था छ । सुविधाबाट वञ्चित गरी श्रम गर्न लगाउनु श्रम शोषण पनि हो । कुनै पनि कारणले श्रमिकको शोषण गर्न पाइँदैन । श्रमिकमार्फत नै प्रतिष्ठानको काम निरन्तर सञ्चालन हुने गर्छ । औद्योगिक व्यवसाय सफलतापूर्वक अगाडि बढ्न स्वस्थ श्रमिकको आवश्यकता पर्छ । श्रमिकको स्वास्थ्य रक्षा र सुरक्षा व्यवस्था राम्रो भएको औद्योगिक प्रतिष्ठानले मात्र प्रगतिको बाटोमा अघि बढ्न सफल हुन्छ । त्यसैले प्रतिष्ठानमा कार्यरत श्रमिकको राम्रो स्याहार, हेरविचार एवं स्वास्थ्य रक्षाको नितान्त आवश्यक हुन्छ । श्रमिकलाई औद्योगिक प्रतिष्ठानबाट राम्रो पारिश्रमिक दिएर मात्र पर्याप्त हुँदैन, उसको स्वास्थ्य रक्षा र जीवन सुरक्षाको पनि पर्याप्त व्यवस्था हुनु पर्छ । श्रमिकले आफूले गर्ने काम र कार्यस्थल पनि सुरक्षित हुनु अति आवश्यक छ । यसबाट मात्र श्रमिकको आफ्नो कामप्रति उत्साह एवं आकर्षण बढेर जान्छ । श्रमिकको काम गर्ने मनस्थिति प्रवल भएमा कुनै पनि प्रतिष्ठान नोक्सानीमा जाँदैन । यसले प्रतिष्ठान नाफामा गई व्यावसायिक इज्जत र प्रतिष्ठासमेत बढ्न जान्छ ।