दशरथ रङ्गशालामा भएको पहिलो खेलमा पुरुषतर्फ नेपाल उज्वेकिस्तानसँग २४–० को स्कोरमा पराजित भएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले भेट गर्नुभएको छ ।
गोरखामा अविरल वर्षाका कारण माछीखोला–धार्चे सडक खण्ड झण्डै ३ महिनापछि सञ्चालनमा आएको छ ।
उच्च रक्तस्रावका कारण ढकारीका एक सुत्केरी महिलाको बिहीबार मृत्यु भएको छ । ढकारी गाउँपालिका –६ ढुंगाचाल्नाकी २९ वर्षीया सरितादेवी जैसीको मृत्यु भएको हो ।
ठाउँ–ठाउँमा पहिरो खसेपछि मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको हलेसी–जयराम सडक फेरि अवरुद्ध भएको छ । १७ गते राति परेको अविरल वर्षाका कारण पहिरो खसेपछि यात्रुहरु बाटैमा अलपत्र परेका हुन् ।
स्याङ्जाको आँधीखोला गाउँपालिका–२ बेझाङमा बोलेरो जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।
खुम्लेकीराको प्रकोप बढेपछि धनकुटाका कृषक समस्यामा परेका छन् । खुम्लेले बाली विरुवाका जरा खाएर बाली सखाप पार्ने भएपछि किसान हैरान बनेका हुन् ।
रुकुमपश्चिमको मुसीकोट नगरपालिकाले अनुमतिबिनै सञ्चालन भएका अटो तथा ई–रिक्सा नियन्त्रणमा लिएको छ ।
गोरखामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमसेन थापा गाउँपालिका –२ तान्द्राङका ३४ बर्षीय टिकाराम लामिछाने भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक ध्रुबप्रसाद शर्माले जानकारी दिनुभयो ।
बाढी पहिरोले बिपी राजमार्ग र महत्वपूर्ण दुई वटा मोटरेबल पुलमा क्षति गरेपछि सडक सम्पर्क विच्छेदमा परेको रामेछापबाट वैकल्पिक रूपमा पुष्पलाल मार्ग मन्थली–चरिकोट–खाडिचौर–काठमाडौँ सडक खुलाइएको छ । यो सडक खुले पनि ६ घण्टा बाटो लम्बिएको छ ।
नवलपुरको कावासोतीमा स्कुल बसको ठक्करबाट एक नाबालकको मृत्यु भएको छ ।
जिल्ला सदरमुकाम चौतारामा २०७६ सालमा निर्माण प्रारम्भ भएको ‘मिनी’ रङ्गशाला अलपत्र परेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बस्ती विकास र पूर्वाधार निर्माण गर्नुअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
पर्यटन राजधानी पोखरामा मनसुनका कारण रोकिएको हट एयर बेलुन उडान सुरु भएको छ ।
त्रिभुवन राजपथ सडकअन्तर्गतको हेटौँडा–चित्लाङ–चन्द्रागिरि–काठमाडौँ खण्डमा आज बिहानदेखि यातायातका साधन सञ्चालन भएका छन् । जल तथा मौसम विज्ञान विभा