भरतपुर महानगरपालिका–१२ का अध्यक्ष लेखराज पन्तले आफ्नो वडाका विपन्नलाई दसैँमा मासुचिउरा बाँड्नु भएको छ । उहाँले भरतपुर–१२ का दुई सय ५५ परिवारलाई दुई किलो मासु र दुई किलो चिउरा वितरण गर्नुभएको हो ।
लागूऔषध मुद्दामा ९ वर्षदेखि फरार रहेका अभियुक्तलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।
कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले अपराध नियन्त्रणमा प्रहरीको महात्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मुलुक सङ्घीयतामा गएपछि प्रहरीको काँधमा थप जिम्मेवारी थपिएको बताउनुभएको छ ।
सप्तरीको डाक्नेश्वरी नगरपालिकामा आर्थिक अनियमितता भएको स्थानीयवासीले आरोप लगाएको छ ।
बाँकेको नरैनापुर गाउँपालिका –५ वेदिहिवास्थित चुरे पहाडको चुचुरोमा अवस्थित मनोरम दृश्यसहितको सन्तानेश्वर महादेव मन्दिरमा नेपाल र भारतका धार्मिक पर्यटकको घुइँचो लागेको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा (तामाङ) ले देशमा शान्ति सुरक्षा कायम गर्न र विपदको समयमा नेपाल प्रहरीको भूमिका महत्त्वपूर्ण हुने गरेको बताउनुभएको छ ।
गुल्मीमा ऐतिहासिक सराँय नाच लोप हुँदै गएको छ । पश्चिम क्षेत्रको गुल्मी, अर्घाखाँची,प्युठान र पाल्पाका शक्तिपिठमा दसैँको भोलीपल्टबाट सराँच नाँच्ने प्रचलन छ ।
झापामा जङ्गली हात्तीहरुको समूहले बुद्धशान्ति गाउँपालिका वडा नं. २ मा रहेको जयपुर बोर्डिङ स्कुलको भवनमा क्षति पुर्याएको छ ।
मौसम खुलेसँगै दुई दिनदेखि रोकिएको मन्थली–लुक्ला उडान पुनः सुरु भएको छ । सोलुखुम्बुको खुम्बु क्षेत्रमा मौसम खराब हुँदा सोमबारदेखि मन्थली–लुक्ला उडान ठप्प भएको थियो ।
स्थानीय जातजातिको संस्कार र संस्कृतिको प्रचारप्रसारका साथै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कात्तिक ३ देखि १७ गतेसम्म बृहत् हतुवागढी महोत्सव हुने भएको छ ।
वैदेशिक रोजगारीको क्रममा युएईमा रहेकाहरुले सङ्कलन गरेको रकम रामनदी धाम राम्दीको वृद्धाश्रमलाई हस्तान्तरण गरिएको छ ।
दसैँ मनाउन जन्मथलो आएका सर्वसाधरण धमाधम कर्मथलो फर्कन थालेका छन् । विभिन्न पेशा, व्यवसाय र अध्ययनका लागि आफ्नो जन्मथलो छाडेर अन्यत्र गएकाहरु दसैँ मनाउन घर जाने गर्दछन् ।
बाजुराको पूर्वीउत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिकामा १ कोल्टीमा रहेको कोल्टी आधारभूत अस्पताल भौतिक पूर्वाधारको अभावमा रहेको छ ।
तनहुँमा कार्यरत हुलाकीले कम्प्युटर र मोटरसाइकल, स्कुटर चलाउन नजानेमा जागिर चट् हुने भएको छ ।