स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले आमनागरिकको स्वास्थ्यमा पहुँच विस्तारका लागि स्वास्थ्य बिमाको सुधार गर्नु मन्त्रालयको प्रमुख उद्देश्य भएकाले यस क्षेत्रमा देखिएका समस्या समाधान हुने गरी सुझाव दिन विज्ञहरूलाई आग्रह गर्नुभएको छ।
काठमाडौँ महानगरपालिकाले करारमा १०८ स्वास्थ्यकर्मी माग गरेको छ। महानगरपालिकाले बुधबार सूचना प्रकाशित गर्दै १०८ स्वास्थ्यकर्मी माग गरेको हो।
दाङमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले किसानसँग धान खरिद गर्ने भएको छ। जिल्लामा यस वर्ष कम्पनीले आठ हजार क्विन्टल धान खरिद गर्ने भएको हो।
उपभोक्तालाई उचित मूल्यमा औषधी उपलब्ध गराउन भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सुझाव समिति गठन गर्नुभएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिङपिङले बुधबार पाँच वर्षमा पहिलो पटक द्विपक्षीय बैठक गर्ने भारतीय अधिकारीहरूले बताएका छन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको निरीक्षण गर्नुभएको छ।
युक्रेनी विदेश मन्त्री एन्ड्री सिबिगाले युक्रेन र रुसको बिचको युद्ध अन्त्य गर्ने योजनामा समर्थन जुटाउन बुधबार अफ्रिकी देशहरू र ओमानको भ्रमण सुरु गर्नुभएको छ ।
चीनका राष्ट्रपति सी जिनपिङले बुधबार ब्रिक्स समूहका नेताहरूलाई युक्रेनमा ‘लडाइँ नबढाउन’ आग्रह गर्नुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदमा प्रतिपक्षमा रहेका दलका नेताहरूले भेट गर्नुभएको छ । बुधबार राष्ट्रपति भवन शीतल निवासमा प्रमुख प्रतिपक्षी दलका नेता एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित प्रतिपक्षमा रहेको दलका नेताहरूले भेट गर्नुभएको हो ।
पहाडकी रानी उपनामले चिनिएको तनहुँको प्रमुख पर्यटकीय गन्तव्य बन्दीपुर पर्यटकले भरिभराउ भएको छ । दसैँपछि आन्तरिक तथा बाह्य पर्यटक घुम्नको लागि बन्दीपुर उक्लिएका हुन् ।
कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागले रुकुमपश्चिमको मुसीकोटमा कसूरजन्य सम्पत्ति व्यवस्थापन सम्बन्धमा सरोकारवाला निकायसँग गरेको अन्तरक्रिया कार्यक्रममा एकीकृत विवरणको अभाव रहेको बताइएको हो।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले डेडिकेटेड लाइनको बक्यौता उठाउने सम्बन्धमा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणबिच मतभेद नभएको बताउनुभएको छ ।
हिमशृङ्खला, तालतलैयाका मनमोहक दृश्यले पर्यटकलाई लोभ्याउने पोखरामा पर्यटकीय मौसम सुरु भए पनि पर्यटकको चाप बढ्न नसक्दा पर्यटन व्यवसायी चिन्तित बनेका छन् ।
जिल्ला समन्वय समिति ताप्लेजुङको जिल्ला सभा तथा वार्षिक समीक्षा कार्यक्रम सुरु भएको छ। जिल्ला समिति समितिको सभा हलमा सातौँ जिल्ला सभा तथा वार्षिक समीक्षा कार्यक्रम बुधबार सुरु भएको हो।
गत असोज दोस्रो साताको बाढीपहिरोले काभ्रेमा सञ्चालित एक सय खानेपानीका आयोजनामा क्षति पुगेको छ ।