बजारमा सिटामोल अभाव भएको भन्ने हल्ला मात्र रहेको नेपाल औषधि लिमिटेडले जनाएको छ । लिमिटेडका प्रबन्ध निर्देशक कैलाशकुमार पनेरुले सिटामोलको कुनै अभाव नरहेको र यसको नियमित उत्पादन पनि भइरहेको बताउनुभयो ।
यस हप्ता फिलिपिन्समा आएको उष्णकटिबन्धीय आँधी ‘ट्रामी’बाट मृत्यु हुनेको सङ्ख्या ४६ पुगेको छ भने कम्तिमा २० जना अझै बेपत्ता रहेको अधिकारीहरूले शुक्रबार बताएका छन् ।
दैलेखमा समस्यामा परेका बिरामीका आफन्तीहरुलाई अब रगत खोज्दै हिँड्नुपर्ने समस्याको समाधान भएको छ ।
पूर्वी लेबनानमा भएको इजरायली आक्रमणमा तीन जना पत्रकारको मृत्यु हुनुका साथै बेरुतको दक्षिणी उपनगरका भवनहरूमा भौतिक क्षति भएको लेबनानको राष्ट्रिय सञ्चार माध्यामले शुक्रबार जनाएको छ ।
पुतलीबजार नगरपालिका –१२ पेल्काचौरमा आयोजित अन्तर वडा स्तरीय भलिबलमा पुरुषतर्फ चापाकोट र महिला तर्फ शुक्लागण्डकीले जितेका छन्।
गुल्मीको रेसुङ्गा विमानस्थलबाट एक महिनापछि नियमित उडान सुरु भएको छ ।
सिन्धुली जिल्लामा चाडपर्वको बेला यात्रुको भिडभाडसँगै ग्रामीण क्षेत्रका सडकमा सवारी दुर्घटनाको जोखिम बढेको छ । यो वर्षको वर्षादको मौसमसँगै गत असोज महिनाको बाढीपहिरोका कारण भत्किएर जीर्ण बनेका ग्रामीण सडकमा सवारी साधनले क्षमताभन्दा बढि यात्रु बोक्नाले दुर्घटनाको जोखिम बढेको हो ।
जिल्लाको उत्तरी क्षेत्र जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको खाँदबारी–किमाथाङ्का खण्डमा निर्माणले तीव्रता पाएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले महिला सशक्तीकरण आवश्यक भएको बताउनुभएको छ शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
पाकिस्तानी तालिबानले अफगान सीमा नजिकैको चेकपोस्टमा गरेको आक्रमणमा १० जना प्रहरी मारिएको अधिकारीहरूले शुक्रबार बताएका छन् ।
गोरखाामा तीन महिना नौ दिनको अबधिमा १२ सय आठ जनामा डेंगु सङ्क्रमण देखिएको छ । साउन महिनादेखि तीव्र रुपमा फैलिएको डेंगु कात्तिक ९ गतेसम्म अत्यधिक मात्रामा डेंगु सङ्क्रमण बढेको छ ।
डेङ्गी सङ्क्रमण फैलन नदिन देशभर सरसफाइ अभियान सञ्चालन गर्ने सरकारको निर्णय अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का मातहतका कर्मचारीका साथ मन्त्रालय परिसरको सरसफाइमा सहभागी हुनुभएको छ ।
पश्चिम नेपालका विभिन्न जिल्लामा कार्यरत प्रहरी र उनका परिवारको उपचारका लागि नेपालगन्जमा स्थापना गरिएको लुम्बिनी प्रदेश प्रहरी अस्पतालले विभिन्न सेवाहरु थप्दै गएको छ ।
यतिखेर मुस्ताङ भ्रमणको सिजन चलेको छ । आन्तरिक र बाह्य पर्यटकहरुले मुस्ताङ भरिभराउ छ ।मुस्ताङ भ्रमणमा रहेका पर्यटकहरुलाई जोमसोमदेखि नजिक रहेको ढुम्बा तालले आकर्षित गरेको छ ।
पूर्वचेतावनी प्रणालीहरूका कारण विश्व विनाशकारी सुनामीका लागि पहिलेभन्दा बढी तयार रहेको समुद्री विज्ञान विशेषज्ञहरूले बिहीबार बताएका छन् । यद्यपि उनीहरूले अझै पनि सुनामी कहिले आउन सक्छ भन्ने भविष्यवाणी गर्न सकेका छैनन् ।