• ८ मंसिर २०८१, शनिबार

महिला सशक्तीकरण आवश्यक

blog

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडी काठमाडौँमा आयोजित कार्यक्रममा बोल्नुहुँदै ।

काठमाडौँ, कात्तिक ९ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले महिला सशक्तीकरण आवश्यक भएको बताउनुभएको छ । शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले महिलाहरुले विकासको बलियो स्तम्भको रुपमा भूमिका खेल्न सक्छन् भन्ने कुरामा आफू विश्वस्त रहेको धारण व्यक्त गर्नुभयो । उहाँले महिला अधिकारका लागि निरन्तर तत्पर रहेको बताउनुभयो ।

उहाँले महिला र बालबालिकाहरुका लागि सहज र समान समाज विकासका लागि आवश्यक नीति निर्माण गर्नुका साथै सहभागितामूलक बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्री सुडीले महिला र बालबालिकाहरुको सशक्तिकरणमा ठूलो योगदान पुर्‍याउन आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले महिला र बालबालिकाहरुको सशक्तीकरणमा भएका समस्याहरुको उजागर गर्दै समाधानको बाटो पहिल्याउन जरुरी रहेको बताउनुभयो ।

‘‘महिला सशक्तीकरण आवश्यक छ । मलिाहरुले विकासको बलियो स्तम्भको रुपमा भूमिका खेल्न सक्छन् भन्नेकुरामा म दृढ विश्वास राख्दछु । म महिला अधिकारका लागि निरन्तर तत्पर रहेको छु । त्यसैले महिला र बालबालिकाहरुका लागि सहज र समान समाज विकासका लागि आवश्यक नीति निर्माण गर्नुका साथै सहभागितामूलक बनाउने प्रतिबद्धता व्यक्त गर्दछु ।,’’ मन्त्री सुडीले भन्नुभयो, ‘‘महिला र बालबालिकाहरुको सशक्तीकरणमा ठूलो योगदान पुर्‍याउन आवश्यक छ । महिला र बालबालिकाहरुको सशक्तीकरणमा भएका समस्याहरुको उजागर गर्दै समाधानको बाटो पहिल्याउनु पर्छ ।’’

मन्त्री सुडीले पिछडिएका व्यक्तिहरुको समस्या उजागर गरी समाधान गर्न सरकार प्रयत्नशील रहेको बताउनुभयो । सरकार र नागरिक समाज मिलेर लैङ्गिक असमानताको मूल कारणहरुलाई निर्मूल गर्न र महिला एवम् बालबालिकाका लागि समान अवसर सुनिश्चित गर्न लाग्नुपर्ने बताउनुभयो ।