• १२ कात्तिक २०८१, सोमबार

चापाकोट र शुक्लागण्डकीलाई उपाधि

blog

अर्जुन काफ्ले

स्याङ्जा, कात्तिक ९ गते । पुतलीबजार नगरपालिका –१२ पेल्काचौरमा आयोजित अन्तर वडा स्तरीय भलिबलमा पुरुषतर्फ चापाकोट र महिला तर्फ शुक्लागण्डकीले जितेका छन्। 

मनकामना युवा क्लब पेल्काचौरले दसैँ पूर्णिमा मेलामा आयोजना गरेको भलिबलमा चापाकोट-४ ले शुक्लागण्डकी-१२ लाई ३-१ को  सेटमा २५-२०, २४-२६, २५-२३ र २५-१२ अङ्कले पराजित गर्दै उपाधि जितेको हो । 

प्रथम भएको चापाकोटले एक लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको हो भने उपविजेता शुक्लागण्डकी ६० हजार रुपियाँमा चित्त बुझाएको हो । गल्याङ नगरपालिका–७ ले पुतलीबजार नगरपालिका–७ लाई सोझो सेटमा पराजित गर्दै तृतीय भएको क्लबका अध्यक्ष राजेन्द्र शर्माले जानकारी दिनुभयो । तृतीय गल्याङले ४० हजार रुपियाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको हो । 

यस्तै, महिला भलिबलमा शुक्लागण्डकी नगरपालिका –११ ले प्रथम स्थान हात पार्दै नगद ३० हजार सहित कप, मेडल र प्रमाणपत्र पाएको हो । द्वितीय पुतलीबजार–१२ ले २० हजार र तृतीय विरुवा ७ ले १० हजार रुपियाँ पुरस्कार पाएको अध्यक्ष शर्माले बताउनुभयो । 

कात्तिक १ गतेबाट सुरु भएको भलिबल प्रतियोगितामा स्याङ्जा र तनहुँका पुरुषतर्फ १५ र महिलातर्फ छ वडाको सहभागिता रहेको थियो ।