बुटवलदेखि कपिलवस्तुको गोरुसिङ्गेसम्मको ५० किलोमिटर सडक स्तरोन्नति गर्न सम्झौता भएको एक वर्ष पूरा भएको छ । गत वर्षको कात्तिक ४ गते सडक स्तरोन्नतिका लागि सम्झौता भएको थियो भने माघ १० गते सडकको शिलान्यास गरिएको थियो । बुटवल–गोरुसिङ्गे सडक आयोजना कार्यालय बुटवलले सडक स्तरोन्नतिको सम्झौता भएको एक वर्ष ११ दिनमा १५ प्रतिशत स्तरोन्नतिको काम सम्पन्न भएको र १२ प्रतिशत वित्तीय प्रगति भएको जनाएको छ ।
रौतहटको फतुवा विजयपुर नगरपालिकाका कार्यबाहक नगर प्रमुख अम्बेया खातुनले नेपाल सरकारको नियम कानुन मिचेर भुक्तानी हुनु नपर्ने अडान लिनुभएको छ ।
दसैँ, तिहार र छठ जस्ता महत्वपूर्ण चाडपर्व मनाउन स्वदेश आएका पश्चिम नेपालका पहाडी जिल्लाका नेपाली युवाहरू रोजगारीका लागि फेरि भारत फर्किन थालेका छन् । चाडपर्व सकिएपछि कतिपय खेतीबाली नभित्र्याएरै रोजगारीका लागि भारत फर्किन थालेका छन् । कर्णाली र लुम्बिनी प्रदेशका पहाडी जिल्लाका सयौँ युवा अहिले फेरि दैनिक जसो रोजगारीका लागि भारततर्फ जाने गरेको यहाँस्थित नेपाल–भारत नाकामा रहेको जमुनाह प्रहरीले जनाएको छ ।
बर्दियाको राजापुर नगरपालिकाको घुम्ना गाउँका कृषक हात्तीले धान खान थालेपछि रातभर जाग्राम बस्न बाध्य भएका छन् । नेपाल–भारत सीमा क्षेत्रमा पर्ने घुम्ना गाउँमा भारतको कर्तनिया वन्यजन्तु आरक्षबाट आउने जङ्गली हात्तीले कृषकले लगाएको धानबाली खाइदिन थालेपछि अहिले कृषकहरू रातभरि खेतमा बस्न बाध्य भएका हुन् ।
रुकुमपूर्व खण्डमा पर्ने राष्ट्रिय गौरवका आयोजना मध्यपहाडी लोकमार्ग र सहिदमार्ग मर्मतसम्भारमा ठेकेदारले बेवास्ता गर्दै आएको छ । रुकुमपूर्व खण्डमा पर्ने मध्यपहाडी लोकमार्ग र सहिदमार्गमा सडक निर्माणका लागि जिम्मा लिएको ठेकेदारले सडक मर्मतसम्भार कार्य बेवास्ता गर्दा यहाँका स्थानीय बासिन्दा पीडित हुन थालेका छन् ।
सल्यानका विभिन्न स्थानमा लामो समयदेखि अलपत्र परेको विद्युतीकरण कार्यलाई तत्काल अगाडि बढाउन माग गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङलाई ध्यानाकर्षण पत्र बुझाइएको छ ।
नेपालमा स्वास्थ्य सेवा महँगो बन्दै गएको छ । जटिल रोग लागे सर्वसाधारण नागरिकले उपचार गराउन घरखेत नै बेच्नुपर्ने अवस्था छ । कानुनतः नेपालको संविधानले स्वास्थ्य सेवालाई मौलिक हकमा राखेको छ । आधारभूत स्वास्थ्य निःशुल्क हुने भनिएको छ, तर उपचारका लागि लाग्ने ५५ प्रतिशतभन्दा बढी खर्च नागरिक स्वयम्ले बेहोर्नु परेको छ । उपचारकै लागि ठुलो धनराशि खर्च हुँदा देशमा बर्सेनि लाखौँ मानिस गरिबीको रेखामुनि धकेलिन बाध्य छन् ।
विसं २०८२ फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गराउने मूल उद्देश्यका साथ वर्तमान सरकारले आफ्नो कार्य प्रारम्भ गरेको छ । मतदान नामावली ऐन, २०७३ लाई अध्यादेशमार्फत संशोधन गरिएको छ । निर्वाचनसम्बन्धी अन्य ऐनसमेत संशोधन गर्ने गरी गृहकार्य भइरहेको छ ।
मध्यपहाडी लोकमार्गको बागलुङस्थित बिहुँ खण्ड वर्षौदेखि अलपत्र छ । सडक नबन्दा हिउँदमा धुलोले हैरानी, वर्षातमा हिलोले सास्ती खेपिरहेका स्थानीयले धैर्यताको बाँध फुटाउनुभएको छ ।
विकासको बहुआयामिक अर्थ, महत्व र पक्ष हुन्छन् । विविध क्षेत्र र पक्षबाट आमजनतामा सकारात्मक प्रभाव पार्नु नै विकास हो । यस्तो विकास, सामाजिक जागरण, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्यको सहज उपलब्धता, श्रमको अवसर र सम्मान, धर्म संस्कृति, परम्पराको संरक्षण तथा आममानिसबिच सहिष्णुता भाइचारा कायम हुनु समुन्नत समाजको आधार हो । यी सबैका लागि सामाजिकीकरण आवश्यक छ ।
बाँकेको खजुरा गाउँपालिकाले काम नगर्ने कम्पनीलाई कडाई गर्न थालेको छ । योजनाको ठेक्का पाएर पनि काम अलपत्र छोडेका कम्पनीहरुलाई गाउँपालिकाले कडाई गर्न थालेको हो ।
दर्जनौँ सपनाको उडान भरेर २०२३ मा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको फ्याकल्टी अफ एग्रिकल्चरमा अध्ययनरत विपिन जोशीलगायत विद्यार्थी इजरायल पुगे । उनीहरूमा त्यहाँको कृषि ज्ञान हासिल गरेर नेपालमा कृषि क्रान्ति गर्ने सपना थियो ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ ।
काठमाडौँस्थित जगन्नाथदेवल कारागारबाट फरार भएका एक जना कैदी पाल्पाबाट पक्राउ परेका छन् ।
ताप्लेजुङमा चौँरीको आक्रमणबाट एक विदेशी नागरिक घाइते हुनुभएको छ । फक्ताङलुङ गाउँपालिका –६ मा चरिरहेको चौँरीले आक्रमण गर्दा विदेशी नागरिक घाइते हुनुभएको हो ।