विभागले आज साँझदेखि दैनिक (सार्वजनिक विदाको दिन बाहेक) राहदानी उपलब्ध गराउने जनाएको हो । विभागले विद्युतीय राहदानी आपूर्तिका लागि नयाँ आपूर्तिकर्तासँग गत साउनमा खरिद सम्झौता गरिसकेको र उक्त सम्झौताअनुसार आगामी फागुन ११ देखि राहदानी सेवा सुरु हुने गरी नयाँ पूर्वाधार तथा प्रणाली निर्माण भइरहेको आज जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।
एक सय ५४ जनाको ज्यान जाने गरेर २०८० कात्तिक १७ गते मध्ये राति गएको जाजरकोट भूकम्पको आज ठिक दुई वर्ष पूरा भएको छ ।
यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।
होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।
यस वर्षको अक्टोबर महिनामा एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो महिना पर्यटकीय यामसमेत भएकाले पर्यटकको आवागमन उल्लेख्य देखिएको छ ।
नियमित मिर्गौलाको डायलाइसिस गराउँदै आउनुभएका यहाँका स्थानीय टेकनाथ शर्माले जिल्लाकै धौलागिरी प्रादेशिक अस्पतालमा डायलाइसिस सेवा पाएपछि राहत महसुस गर्नुभएको छ ।
वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनामा रु आठ अर्ब ७० करोड मूल्य पर्ने विभिन्न थरिका सवारीसाधन भित्रिएका छन् । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको तीन महिनामा सवारीसाधनको आयातबाट रु सात अर्ब ७७ करोड राजस्व सङ्कलन भएको छ ।
भदौ २३ र २४ गते भएको युवाहरुको प्रदर्शनपछि आगामी निर्वाचनमा मतदाता नामावली दर्ता गराउनेको चाप बढ्दै गएको छ । यसमध्ये ९० प्रतिशत युवाहरु रहेका छन् ।
महाकाली कोरिडोर (ब्रह्मदेव–झुलाघाट–दार्चुला–टिङ्कर सडक) योजना अन्तर्गत पर्ने दार्चुला जिल्लामा ३० किलोमिटर सडक कालोपत्रे गर्ने काम सुरु भएको छ । यहाँको कालोपत्रे गरिने सडकखण्डलाई तीन प्याकेजमा विभाजन गरेर कालोपत्रे गर्नुपूर्व गरिने काम सुरु गरिएको हो ।
दार्चुला सदरमुकाम खलङ्गामा रहेको महाकाली नगरपालिकाले स्थापना भएको नौ वर्ष बितिसक्दासमेत आफ्नै भवन निर्माण गर्न सकेको छैन । यहाँका दुई नगरपालिका र सात गाउँपालिका गरेर नौ वटा स्थानीय तहमध्ये सदरमुकामको नगरपालिकाले मात्रै आफ्नो भवन निर्माण गर्न नसकेको हो ।
केही दिनअघि वीरेन्द्रनगर नगर कार्यपालिकाले नगरपालिकाभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापक व्यवस्थापन, सरुवा, दरबन्दी मिलान तथा व्यवस्थापन र विद्यालय समायोजन गर्न कात्तिक १२ गते बुधबार गरेको निर्णयविरुद्ध नगरपालिकामा तालाबन्दी गरिएको छ ।
बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा सञ्चालन भएको आँखा शिविरबाट एक हजार सात जना आँखाका बिरामी लाभान्वित भएका छन् ।
यहाँको भेरी नगरपालिका–११, महतारागाउँका १६ वर्षीय गगनबहादुर महतारा जन्मजात पूर्ण अपाङ्गता हुनुहुन्छ । नेपाली नागरिकताको प्रमाणपत्र नहुँदा उहाँ सरकारी सेवासुविधाबाट वञ्चित हुनुभएको छ ।
पूर्वी नवलपरासीको नवलपुरबाट चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीको अनुमति प्राप्त भएको छ । अनुमति पाएसँगै पर्यटन व्यवसाय फस्टाउनुका साथै पर्यटन प्रवर्धन हुने विश्वासमा यहाँका पर्यटन व्यवसायी उत्साही बनेका छन् । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले नवलपुर पर्यटन समितिलाई आर्थिक वर्ष २०८२/८३ का लागि जिप सफारी सञ्चालन गर्न अनुमति दिएको निकुञ्जका सूचना अधिकारी आशिष थापामगरले बताउनुभयो ।
तिलिचो आधार शिविरमा फसेका ११ जना नेपाली पर्यटक चामे आइपुगेका छन् । उनीहरूलाई सशस्त्र प्रहरी बलको हिमाल उद्धार टोलीले शनिबार उद्धार गरेको थियो । उच्च हिमपात र अविरल वर्षाका कारण पाँच दिनदेखि तिलिचो आधार शिविरमा फसेका ११ जना पर्यटकलाई सशस्त्र प्रहरी बल, स्थानीय तथा जनप्रतिनिधिको पहलमा उद्धार गरी खाङ्सार ल्याइएको हो । खाङ्सारबाट गाडीको व्यवस्था गरी सदरमुकाम चामे पठाइएको मनाङ ङिस्याङ गाउँपालिका–९ का वडाध्यक्ष चोल्पा गुरुङले बताउनुभयो ।