धनकुटाको पाख्रीबास नगरपालिका–७, स्थित रहेको राम्चेडाँडा पर्यटकको रोजाइमा पर्न थालेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तान सक्रिय रूपमा आणविक हतियार परीक्षण गर्ने राष्ट्रहरूको सूचीमा परिरहेको खुलासा गर्नुभएको छ ।
यही कात्तिक १०, ११ र १२ गते परेको बेमौसमी वर्षाले गुल्मीमा ११ प्रतिशत धान नष्ट भएको छ । कृषि ज्ञानकेन्द्र गुल्मीका अनुसार हाल जिल्लामा उत्पादन हुनेमध्ये ११ प्रतिशत काटिसकेको धान पानीमा भिजेको छ ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई तथा परिवारका सदस्यले आफ्नो स्वर्गीय आमा पदमकुमारी भट्टराईको स्मृतिमा अक्षयकोष स्थापना गरेका छन् ।
गुल्मीको छत्रकोट गाउँपालिकाको प्रशासनिक भवन निर्माणको काम तीव्र गतिमा अगाडि बढेको छ ।
कावासोतीका दीप काफ्लेलाई आइतबार बर्दघाटबाट दाउन्ने पार गरी दुम्किबास निस्किन झण्डै १२ घण्टा लागेको बताउनुभयो । आइतबार दिनभरी निरन्तरको झरी र सडक मर्मतका कारणले उहाँ जस्ता कैयौँ यात्रुहरुले भोग्नु परेको समस्या हो यो ।
काठमाडौँ महानगरपालिका–८ जयवागेश्वरीस्थित गायत्री मार्गमा रहेको छैटौँ शताब्दीको ऐतिहासिक ब्रह्मा मन्दिरमा मूर्ति पुनःस्थापना गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट छुट्टिएर गोपाल किराँतीको नेतृत्वमा गठन भएको देशभक्त समाजवादी मोर्चा झण्डै आठ वर्षपछि माओवादी केन्द्रमै समाहित भएको छ ।
लगातारको झरी रोकिए पनि मौसममा सुधार नआउँदा लमजुङका किसानहरु चिन्तित बनेका छन् । झरी रोकिएपनि घाम नलाग्दा किसानहरु चिन्तित बनेका हुन् ।
बिद्यालयका बालबालिकालाई सानैदेखि प्रकृतिको महत्व दर्शाउँदै प्राकृतिक स्रोत साधनको जगेर्ना र सदुपयोगसम्बन्धी जागरण फैलाउने उद्देश्यले बाँकेमा राप्तीसोनारी नेचर रन प्रतियोगिता आयोजना गरिने भएको छ ।
कैलाली प्रहरीले स्रोत नखुलेको २८ लाख ३४० नेपाली रुपियाँसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
सल्यानको दार्मा गाउँपालिकामा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा ४१२ जनाले सेवा लिएका छन् ।
पाँचथरको हिलिहाङ गाउँपालिका १ फेदापका ६९ वर्षीय युवराज राई मृत अवस्थामा भेटिनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल कतारको दोहामा हुने ‘सामाजिक विकाससम्बन्धी दोस्रो विश्व सम्मेलन’का लागि कतार प्रस्थान गर्नुभएकाले उहाँको अनुपस्थितिमा राष्ट्रपतिबाट हुने कामको कार्यभार उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई तोकिएको छ ।
लहान–१३ पक्की टोलका मुसहर समुदायको बस्ती टाढैबाट चम्किरहेको देखिन्छ । फुसको घरमा वर्षातको बेला जसोतसो गुजारा गर्ने मुसहर समुदायको फुसको घरमा ढोका पनि हुँदैन्थ्यो ।