• १७ कात्तिक २०८२, सोमबार

पर्यटकको रोजाइमा पाख्रीबासको राम्चेडाँडा

blog

पाख्रीबास नगरपालिका–७ स्थित पर्यटकीय स्थल राम्चेडाँडा ।

सन्तोष सुवेदी 

पाख्रीबास, (धनकुटा) कात्तिक १७ गते । धनकुटाको पाख्रीबास नगरपालिका–७, स्थित रहेको राम्चेडाँडा पर्यटकको रोजाइमा पर्न थालेको छ । पछिल्लो केही समय यता आन्तरिक तथा बाह्य पर्यटहरुहको चहलपहल बढ्न थालेसँगै राम्चेडाँडा पर्यटकको राजाईमा पर्न थालेको हो।

राम्चेडाँडा जिल्ला सदरमुकाबाट करिब २१ किलोमिटर उत्तरपश्चिम क्षेत्रमा अवस्थित छ । राम्चेडाँडाबाट कोशी प्रदेशका पूर्वी पहाडी जिल्ला धनकुटालगायत भोजपुर, तेह्रथुम, सङ्खुवाभसभाका माथिल्लो पहाडी भूभाग अवलोकन गर्न सकिन्छ । यस्तै कोशी प्रदेशका तराईका समथर फाँटसमेत देखिन्छन् । त्यसो त अरुण उपत्यका पनि यस ठाउँबाट देख्न सकिन्छ । 

डाँडाबाट सूर्यावलोकल साथै मकालु र गौरीशङ्कर हिमालसमेत देख्न सकिन्छ । जसले मन लाेभ्याउने मनमोहक दृश्यले गर्दा पनि पर्यटकहरु अवलोकन लागि आउने गरेका स्थानीय गोविन्द थापाले बताउनुभयाे । यस्तै बनभोजका लागि कोशी प्रदेशलगायत अन्य स्थानबाट राम्चोडाँडामा आउने गरेको पाइन्छ ।

पर्यटक प्रवर्धन गर्दै नगरको विकासमा टेवा पुर्‍याउने उद्येश्यले पाख्रीवास नगरपालिकाले राम्चेडाँडामा भ्यू टावरको निर्माण गरेको छ । पाँच तला अग्लो रहेको उक्त भ्यू टावरबाट विभिन्न दृश्यावलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गरेका छन् । डाँडामा हरियाली चिया बगान, धूपी र सल्ला लगायतका बोट बिरुवा छन् । जसले गर्दा पनि याे क्षेत्र आकर्षक भएसँगै पर्यटकको रोजाइमा पर्दै गएको छ । साथै भ्यू टावर डाँडाकाँडा वनभोज नाचगानका लागि पर्याप्त ठाउँ चौर छ । राम्चेडाँडा समुद्री सतहबाट करिब १९ सय मिटरको उचाइमा अवस्थित छ । 

अग्लो भूभाग रहेकाले छिनछिनमा घाम लाग्ने हुस्सु लाग्ने मौसम परिवर्तन भइरहने भएकाले पनि पर्यटकहरु घुम्न र मनोरञ्जनका लागि आउने गरेका छन् । 


राम्चे हाईलेण्ड प्रालिका सञ्चालक समेत रहनु एका निलम थापाका अनुसार राम्चेडाँडामा पर्यटकहरुलाई आकर्षण तथा पर्यटन प्रर्वद्धनका लागि काम गरिरहेको बताउनुभयो । प्रालिले करिब ५० देखि ६० लाख लागतमा पर्यटकीय स्थललाई थप व्यवस्थित गर्न काम सुरु गरेको उहाँले बताउनुभयो । यस्तै पाख्रीबास नगरपालिकाबाट २ किलोमिटरको दूरीमा रहेको उत्त राम्चेडाँडा पाख्रीबास–अधेरीघाट सडकबाट करिब ५ सय मिटर माथि पर्दछ ।  ३ सय ५० रोपनी क्षेत्रफलमा फैलिएको उक्त स्थानमा अहिले रिसोर्टका लागि काम भइरहेको थापाले बताउनुभयो । 

यस्तै पाख्रीबास–अधेरीघाट राम्चेडाँडासम्म पुग्ने सडकबाट निर्माणको काम भइरहेको छ । डाँडामा टि गार्डेन, फलफूल लगायतका उत्पादन र पौडी खेल्ने दुई वटा ठूला पोखरी (स्विमिङ पुल) निर्माण कार्य अगाडि बढाएको उहाँले बताउनुभयो ।

राम्चेडाँडामा आइपुग्न किमाथाङ्का र भारतबाट करिब ४ घण्टामा आइपुग्न सकिने भएकाले धेरै पर्यटक भित्र्याउन सकिने उहाँले बताउनु भयो । यस क्षेत्रलाई अन्तर्राष्ट्रिय पर्यटकीय क्षेत्र बनाउन लागिपरेको र भोलिकाे दिन हेरेर हब एरिया बनाउन लागिपरेको समेत बताउनुभयो । उहाँले भन्नुभयो, केन्द्रीय सरकारले भ्यू टावर निर्माण गर्नमा सहयोग गर्‍याे तर थप पर्यटक क्षेत्रमा केही काम नगरेको र बजेट नल्याउँदा समस्या परेको छ ।" स्थानीय सरकार  रहेको पाख्रीबास नगरपालिकाले भने समन्वय र सहकार्य गरेर काम अगाडि बढाउने आश्वासन देखाएको उहाँले बताउनुभयो ।