प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार गठन भएपछि सम्पन्न भएका कार्य प्रगतिको विवरण लिन सबै मन्त्री र सचिवहरूको बैठक गर्नुभएको छ।
इरानले रुसको सहयोगमा आठ वटा नयाँ आणविक ऊर्जा संयन्त्र निर्माण गर्ने घोषणा गरेको छ ।
नेकपा (एमाले) बाँकेले जेन्जी आन्दोलनपछि युवा पुस्ताका नेतृत्वसँगको संवाद र छलफललाई सक्रियता दिने निर्णय गरेको छ । जेन्जी आन्दोलन लगत्तै पार्टीका भेला र बैठक आयोजना गरिएकोमा अब जनप्रदर्शन लगायतका कार्यक्रम गरिने एमाले बाँकेका अध्यक्ष निरक गुरुङले जानकारी दिनुभयो।
राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन सोमबार यहाँ आइपुग्नु भएको छ ।
लुम्बिनी प्रदेशसभाअन्तर्गतको प्रदेश मामिला तथा कानुन समितिले प्रदेशअन्तर्गत प्रदेशसभाका पदाधिकारी र सदस्यहरूको पारिश्रमिक तथा सुविधा कटौती गर्न दिएको सङ्घीय सरकारको निर्देशन कार्यान्वयन नगर्न प्रदेश सरकारलाई सुझाव दिएको छ ।
अर्थमन्त्री रामेश्वरप्रसाद खनालसँग नेपालका लागि कोरिया गणतन्त्रका राजदूत पार्क ते यङले शिष्टाचार भेट गर्नुभएको छ ।
आगामी प्रतिनिधिसभा निर्वाचनलाई दृष्टिगत गर्दै बैतडीमा पछिल्लो समय ४ सय ७ जना नयाँ मतदाता थपिएका छन् ।
तनहुँको व्यास नगरपालिका–५ स्थित मादी नदी र सँगै रहेको पतेनीको धान फाँट ।
फिलिपिन्सका तटीय प्रान्तमा सुपर टाइफुन हाइयानको कारण सोमबार हजारौंलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको जनाइएको छ । राष्ट्रिय मौसम विभागका अनुसार टाइफुन १५० किलोमिटर प्रति घण्टासम्मको गतिका साथ आउने अनुमान गरिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतका राजा चाल्र्स तृतीयका भाइ पूर्व राजकुमार एन्ड्र्यु र दिवङ्गत यौन अपराधी जेफ्री एपस्टिनबिचको अपमानजनक सम्बन्ध प्रकरणप्रति दुःख प्रकट गर्नु भएको छ ।
प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ्गले नेपाल प्रहरी कल्याण कोषको कल्याणकारी कार्यक्रमअन्तर्गत निर्माण हुने किरियापुत्री भवनको आज शिलान्यास गर्नुभएको छ।
बुटवलमा आगामी माघमा कृषि मेलाको आयोजना हुने भएको छ । बुटवल उद्योग वाणिज्य सङ्घ, रुपन्देहीको आयोजनामा यहि माघमा कृषि मेला गर्न लागिएको हो ।
काठमाडौँ, कात्तिक १७ गते । नेपाल नर्सिङ सङ्घले सहमति गरेको २४ घण्टा नबित्दै आन्दोलनका कार्यक्रममा पूर्व योजना अनुसार यथावत् राख्ने निर्णय गरेको छ । सङ्घले विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रममा पूर्व योजना अनुसार यथावत् राख्ने जानकारी दिएको हो । शनिवार आन्दोलनको प्रतिनिधित्व गरिरहेको नेपाल नर्सिङ सङ्घ, एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) एवं निजी मेकिडल तथा डेन्टल कलेज एसोसिएसनका प्रतिनिधिहरु बीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सहमति भएको थियो । उक्त सहमतिमा निजी मेकिडल कलेजले आफ्नो शिक्षण अस्पतालमा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीलाई पाँचौँ तहको ३४ हजार ७३० रुपियाँ कात्तिक महिनादेखि लागु हुने गरी उपलब्ध गराउने सहमति भएको छ । त्यस्तै, अन्य निजी तथा सामुदायिक अस्पताल र डेन्टल कलेजले शुरु तलब स्केल कम्तीमा ८० प्रतिशत तलब दिने र एक महिनाभित्र अस्पतालको वर्गीकरण गर्दै क्रमशः सरकारी सरह पुर्याउने सम्झौता भएको थियो । बुँदा एकमा सहमति भए पनि अन्य बुँदामा आन्दोलनरत नर्सको आपत्ति रहेकोले सङ्घले घोषणा गरेका कार्यक्रमलाई पूर्व योजना अनुसार यथावत् राखेको सङ्घकी महासचिव डा.देवका कुमारी आचार्यले जानकारी दिनुभयो । सङ्घकाे अगुवाइमा देशैभरका स्वास्थ्य शिक्षण संस्था, निजी, सामुदायिक, सरकारी तथा गैर सरकारी अस्पतालका नर्स एवं अन्य स्वास्थ्यकर्मी कार्यरत संस्थासँग न्यूनतम सेवा सुविधा लगायतका १५ बुँदे माग राख्दै लामो समयदेखि आन्दोलन गर्दै आएको छ । सरकारले ४८ घण्टाभित्र नर्सका माग सम्बोधन नगरे सरकारी, निजी, गैरसरकारी, मेडिकल कलेज तथा प्रतिष्ठानमा अत्यावश्यक बाहेकका सम्पूर्ण नर्सिङ सेवाहरु निजी तथा सरकारी स्वास्थ्य संस्थाहरुमा देशव्यापी रुपमा ठप्प पार्ने सङ्घले चेतावनी दिएको छ । आन्दोलनमा उत्रिसकेका नर्सलाई कुनै प्रकारको दबाब, प्रभाव, डर त्रास वा धम्कि नदिन सङ्घले आग्रह गर्नुभएको छ । नर्सिङ सेवा बन्द हुँदा उत्पन्न हुने विषम परिस्थितिको जिम्मेवारी सरकार र सम्बन्धित स्वास्थ्य संस्थाले व्यहोर्नुपर्ने सङ्घले विज्ञप्तिमा उल्लेख गरेको छ । यता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले असन्तुष्ठ नर्सहरुको माग एक महिनाभित्र आपसी छलफलका माध्यमबाट दीर्घकालीन समाधान हुने गरी सम्बोधन गर्ने भन्दै आन्दोलनरत नर्सलाई आफ्नो कार्यमा फर्किन आग्रह गर्नुभएको छ । साथै उहाँले शनिवार आन्दोलनरत नर्ससँग भएको सहमति कार्यान्वयन गर्न अनुरोध गर्नुभएको छ । यस्तो छ संघले शनिवार गरेको सहमति
दाङको दंगीशरण गाउँपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई गहुँको बिउ वितरण गरेको छ । गाउँपालिकाले पालिकाभित्रका ६१ वटा कृषक समूहलाई ५० प्रतिशत अनुदानमा गहुँको बिउँ वितरण गरेको हो ।
जिल्लाको पूर्वीउत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिकामा चिस्यान केन्द्र सञ्चालनमा ल्यान समस्या भएको छ ।