• १७ कात्तिक २०८२, सोमबार

चिस्यान केन्द्र सञ्चालनमा समस्या

blog

बत्ती अभावका कारण सञ्चालन हुन नसकेको हिमाली गाउँपालिकाको चिस्यान केन्द्र । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा, कात्तिक १७ गते । जिल्लाको पूर्वीउत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिकामा चिस्यान केन्द्र सञ्चालनमा ल्यान समस्या भएको छ । विगत पाँच छ वर्ष पहिला यहाँ कवाडी लघुजलविद्युत परियोजनाबाट एक सय किलोवाटको बत्ती सञ्चालनमा ल्याएर यहाँका ४, ५ र ६ वडा र पालिकामा सहित बत्ती सञ्चानलनमा ल्याएको थियो।

गत साउन २८ गते आएको बाढीपहिरोले कवाडी सो कवाडी लघुजलविद्युत परियोजनाको नहर पुर्ण रुपमा क्षति गरेपछि अहिले यहाँको पालिकालाई चिस्यान केन्द्र सञ्चालनमा समस्या भएको हो ।

हिमाली गाउँपालिकाका अधिकाशं वडामा यहाँ प्राय स्याउ, सुन्तला, अनार, कागती र अमिलो लगायतका फलफुल र आलु, प्याज र लसुन लगायतको तरकारी निकै राम्रो उत्पादन हुन्छ । 

पछिल्लो समय यहाँका किसान पनि फलफुल तथा तरकारी खेतीमा निकै उतप्रृरित हुँदै गएका छन् । आफुले उतपादन हुने गरेको फलफुल तथा तरकारी बस्तु घर आँगनमै बिक्री हुन थालेपछि उनीहरु फलफुल तरकारी खेती उत्पादनमा उत्प्रेरित हुँदै गएका हुन् ।

यसरी हामीले उत्पादन गरेका फलफलु तथा तरकारी बस्तुलाई स्टोर गर्नका लागि चिस्यान केन्द्रको माग गरेपछि पालिकाले पनि पालिका नजिक दुइ हजार क्वीन्टल स्टोर गर्न मिल्ने गत वर्षमा नै दुइ करोड पचास लाख रुपियाँ लगानी गरेर चिस्यान केन्द्र निर्माण गरेको रामबहादुर कार्कीले बताउनुभयो । 

उहाँले भन्नुभयो,  “यो वर्षदेखि यसलाई सञ्चालन गरेर बेमौसी बेलामा पनि तरकारी बिक्री गर्नका लागि हामी उत्पादन गरेका फलफुल तथा तरकारी बस्तुलाई त्यसैमा स्टोर गर्ने योजना थियो । तर यहाँको  कवाडी लघुजलविद्युत परियोजनाको नहर नै बाढीले बगाएपछि अहिले यो सञ्चालन हुन सकेको छैन  । 

यहाँको पालिकाले यसरी किसानको सहजताका लागि बनाएको चिस्यान केन्द्र विद्युत अभावका कारण सुचारु गर्न नसक्दा यहाँका किसानले उत्पादन गरेका तरकारी तथा फलफुल स्टोर गर्न समस्या भएको कार्कीले बताउनुभयो ।

हिमाली गाउँपलिका जिल्लाका अन्य पालिका भन्न्दा निकै एक दुर्गम पालिकाको रुपमा रहेको छ । यो पालिकाका वडा पनि निकै दुर्गममा पर्छन । यहाँका स्थानीयलाई एक वडा देखि अर्को वडामा जानलाई झण्डै चार पाँच घण्टा प्रदल लाग्ने गर्दछ । 

तर पनि यो पालिकाले केही वर्ष पहिला नै यहाँका प्रत्येक वडामा खानेपानी विद्युत विद्यालय सडकको सुविधा गर्दै आएको थियो । वर्षौ देखि खोला र किनारको पानी खान बाध्य हुँदै आएका यहाँका स्थानीयले पछिल्लो समय घरमै सफा धाराको पानी खाने गरेका थिए । 

तर गत साउन २८ गते यहाँको विच्छ्या खोलामा आएको बाढीले यसरी पालिकाले निर्माण गरेका सबै भौतिक संरचनाहरु ध्वस्त पारेपछि अहिले यो पालिकाका स्थानीयलाई फेरि पुरानै समस्या आएको छ । 

केही वर्ष पहिला हामीले यहाँको कवाडी खोला देखि कवाडी लघुजल विद्युत आयोजनाबाट एक सय किलोवाट बिद्युत उत्पादन गरी यहाँका ४ , ५ र ६ वडाका झण्डै ११ सय घरपरिवारलाई विद्युत सेवा दिँदै आएको हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्द्रबहादुर मल्लले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गत साउनमा आएको बाढीपहिरोले योजनाको झण्डै २२ सय मिटर रहेको नहरमा १३ सय मिटर नगर पुर्णरुपमा ध्वस्त पारिदिएपछि अहिले पुरै पालिका अन्धकारमय भएको छ ।”

विद्युत नहुँदा पालिकाले यहाँका नागरिकलाई दैनिक दिने सेवामा समेत प्रभाव हुने गरेको छ । केही महिना हाम्रो प्राविधिकलाई बत्ती सुचारु गर्दा कती रकम लागत लाग्छ भनेर सर्भे गर्न पठाएका थियौ । उहाँहरुले सर्भे गर्दा अहिले फेरि झण्डै दुइ करोड सत्तरी लाख रुपियाँ लाग्छ भन्नु भएको छ । 

यसका लागि हामीले धेरै ठाउँमा पहल कदमी गरेका छौ । अहिले सम्म कतै देखि रकम जुटेको छैन् । रकम जुटेपछि हामी पहिला विद्युत सुचारु गर्छौ । त्यसपछि चिस्यान केन्द्र सुचारु गर्छौ । फेरि चिस्यान केन्द्र सुचारु गर्दा झण्डै थ्री फेजको लाईनको आवश्यक हुने गरेकोले त्यसै अनुसार बत्ती सुचारु गर्ने योजना रहेको हिमाली गाउँपालिकाका अध्यक्ष मल्लले बताउनुभयो ।