पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा अवरोध जारी रहेको भन्दै नवलपुर प्रहरीले दाउन्नेको बैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।
‘ममी ! बाक्लो कलायो । घाँत हाल्नु न ।’ भर्खर बोली फुट्दै गरेकी छोरी जेनिसाले भनी । ‘कति हाल्नु छोरी घाँस ! जति हाले नि कराउन छाड्दैनन् ।’ मैले छोरीको प्रश्नको उत्तर दिएँ ।
सिन्धुली जिल्लामा पछिल्लो समयमा स्वास्थ्य संस्थामा गएर सुरक्षित प्रसूति सेवा लिने गर्भवती महिला बढ्दै गएका छन् । ग्रामीण क्षेत्रमा रहेका स्थास्थ्य संस्था
मकवानपुरको भीमफेदी गाउँपालिकास्थित क्षेत्रीय कारागारबाट फरार भएकामध्ये २६ जना अझै फरार छन् । गत भदौ २४ गते राति १ बजेतिर कारागारको पर्खाल भत्काएर फरार भएका ३९ विदेशी कैदीबन्दी १३ जना कारागार फर्किएको र २६ जना अझै फरार रहेको कारागारका प्रमुख सुवास पौडेलले जानकारी दिनुभयो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित शेर्पा भाषा
धादिङको गङ्गाजमुना झरनाको धार्मिक, सांस्कृतिक र प्राकृतिक महìव बढ्दै गएपछि पर्यटकको भिड लाग्न थालेको छ । गङ्गाजमुना गाउँपालिकामा रहेको गङ्गाजमुना
तनहुँको आँबुखैरेनी गाउँपालिका–५ स्थित छिम्केश्वरी र बुढीमाई मन्दिर संरक्षण, भौतिक पूर्वाधार विस्तार र धार्मिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यसहित सञ्चालन गरिएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा दुई करोड ५० लाख दान सङ्कलन भएको छ ।
पाल्पाका दुई पालिकालाई अग्नि नियन्त्रण गर्ने (वारुण यन्त्र) प्रदान गरिएको छ । मित्रराष्ट्र जापान सरकारको सहयोगमा पाल्पाको तानसेन नगरपालिका र रैनादेवी छहरा गाउँपालिकालाई अत्याधुनिक बारुणयन्त्र दमकल प्रदान गरिएको हो ।
यहाँको धवलागिरि गाउँपालिकाको वडा नं –२ र ३ का जलजला, मुना र मरेनी क्षेत्रमा थप सङ्कटापन्न रेडपाण्डा (हाब्रे) भेटिएका छन् । यसका लागि सो क्षेत्रमा तीन ‘क्यामेरा’ जडान गरिएकामा दुईमा रेडपाण्डा भेटिएको हो ।
आकाश धुुम्मिएर पानी छिट्याउनासाथ पूूर्वी पहाडका सर्वसाधारणको मन माईखोलामाथिको मेची राजमार्गमा पुुग्छ । गत वर्ष कात्तिकमा परेको पानीले यस स्थानमा पहिरो गएर सड
जिल्लामा स्क्रब टाइफसका बिरामिहरु बढ्दै गएपछि सल्यानको त्रिवेणी गाउँपालिकाले निःशुल्क ल्याब परीक्षण सेवा सुरु गरेको छ ।
नेपाली फुटबल क्लब तस्मानिया (NFCT) ले अस्ट्रेलियामा चौथो एनएफसीटी इन्टरस्टेट टुर्नामेन्ट आयोजना गर्ने भएको छ । आगामी १३ डिसेम्बरमा होबार्टस्थित कर्नेलियन बे ओभल मैदान (Cornelian Bay Oval) मा यो वृहत् प्रतियोगिता आयोजना हुने भएको हो । यसमा कुल १३ हजार २०० अस्ट्रेलियन डलरभन्दा बढी पुरस्कारको राशी राखिएको छ । तस्मानियामा अहिलेसम्म आयोजना भएका नेपाली खेलकुद कार्यक्रम मध्येकै सर्वाधिक ठूलो नगद पुरस्कार राशी भएको क्लबले जनाएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित उराँव भाषा
जिल्लाको गलकोट नगरपालिका वडा नम्बर ५ मा रहेको गलकोट नगर अस्पतालमा प्रसूति प्रतिक्षा कक्ष सञ्चालनमा आएको छ । गर्भवती तथा सुत्केरी र कुरुवाहरूलाई बस्न सहज होस् भनेर अस्पताल परिसरमा प्रसूति प्रतिक्षा कक्षको निर्माण गरिएको हो ।
काभ्रेको बनेपा नगरपालिका–६ स्थित बस्तीहरुमा खानेपानी वितरण थालिएको छ । वडा कार्यालयले ‘वडाको अभियान शुद्ध खानेपानी, पानीबिना रहँदैन जिन्दगानी’नाराका साथ एक घर एक धारा कार्यक्रमअन्तर्गत खानेपानी वितरण थालेको हो ।