शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
रेखीराम राना
तानसेन, कात्तिक १७ गते । काठमाडौँस्थित जगन्नाथदेवल कारागारबाट फरार भएका एक जना कैदी पाल्पाबाट पक्राउ परेका छन् ।
बैंकिङ कसुरमा बन्दी रहेका पूर्वखोला गाउँपालिका–३, का ३५ वर्षीय रुद्रप्रसाद न्यौपानेलाई जिल्ला प्रहरी कार्यालय पाल्पाले पक्राउ गरेको जनाएको छ ।
आन्दोलनका क्रममा कारागारबाट भागेर पाल्पास्थित घरमा लुक्न आएका न्यौपानेलाई विशेष सूचनाको आधारमा पक्राउ गरिएको सूचना अधिकारी होमप्रकाश चौधरीले जानकारी दिनुभयो ।
पक्राउ गरिएका न्यौपानेलाई पाल्पास्थित कारागारमा बुझाइएको छ । हालसम्म जिल्ला प्रहरी कार्यालय पाल्पाले जेनजी आन्दोलनका क्रममा फरार भएका चार जनालाई पक्राउ गरिसकेको छ ।