गुल्मीको मदाने गाउँपालिकाले स्थानीय बासिन्दा र केही सामुदायिक संस्थाहरूलाई दिँदै आएको विद्युत महसुलको सुविधा कटौती गर्ने निर्णय गरेको छ।
स्याङ्जा र पाल्पाको सङ्गमस्थल रामनदीधाम राम्दीस्थित कालीगण्डकी नदीमा एक किशोर सातादेखि बेपत्ता छन् ।
मङ्गलबार बिहान पौने १० बजे मैकोटका १५ वर्षीया गर्भवतीलाई हेलिकोप्टर मार्फत उद्धार गरिएको हो ।
दुई नगरपालिका र दस गाउँपालिका गरी १२ स्थानीय तह रहेको यस जिल्लामा गत आर्थिक वर्ष २०८१ र ०८२ मा ४२ हजार ६२८ जनाले सामाजिक सुरक्षाको लाभ लिएको पाइएको छ।
बि.स. २०४४ सालमा एसएलसी परीक्षामा सामेल विद्यार्थीले विद्यालयलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।
उद्योग वाणिज्य सङ्घ बागलुङको अगुवाईमा जिल्लाभित्र एक सय युवा उद्यमी उत्पादन गरी व्यवसाय प्रवर्धनमा लगाइने भएको छ ।
नेपालकै सबैभन्दा ठुलो टेनिस बल क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपिएल) तल्लो मुलपानी मैदानमा सुरु भएको छ ।
२४ ठाउँमा भएको सडक दुर्घटनामा २९ वटा सवारी साधन परेको र दुर्घटनामा परेर सात जनाले ज्यान गुमाउनुपरेको छ भने ९५ जना घाइते भएका छन् ।
स्थानीय बजारमा सुनचाँदीको मूल्य केही घटेको छ । सुन प्रतितोला एक हजार ४०० र चाँदी प्रतितोला ४५ ले घटेको हो ।
सप्तरीमा श्रीमानको बञ्चरो प्रहारबाट गम्भीर घाईते हुनु भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।
गोरखापत्र संस्थानका फोटोपत्रकार शेखर चौलागाईंलाई मातृशोक परेको छ । उहाँकी आमा रेवकुमारी चौलागाईंको ९३ वर्षको उमेरमा सोमबार राती ११ बजे निधन भएको छ ।
राममणि दाहालमकवानपुर, कात्तिक १८ गते । बागमती प्रदेशकी पूर्व राज्यमन्त्री रजनी अमात्य जोन्छेको उपचारका क्रममा निधन भएको छ । नेपाली कांग्रेस महासमिति सदस्य समेत रहनुभएकी पूर्व राज्यमन्त्री जोन्छेको मध्यपुर ठिमी अस्पतालमा उपचारको क्रममा मङ्गलबार बिहान निधन भएको बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले जानकारी दिनुभयो । मन्त्री श्रेष्ठका अनुसार जोन्छेको मङ्गलबार नै भक्तपुरस्थित हनुमानघाटमा अन्तिम दाहसंस्कार गरिनेभएको छ ।जोन्छे राजेन्द्रप्रसाद पाण्डे नेतृत्वको सरकारमा २०७८ पुसमा बागमती प्रदेश सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बन्नुभएको थियो ।उहाँ सहिद राधेश्याम जोन्छेकी धर्मपत्नी हुनुहुन्थ्यो । पूर्व राज्यमन्त्री जोन्छे केही समयदेखि अस्वस्थ रहँदै आउनु भएको थियो । उहाँको निधनले कांग्रेस र लोकतान्त्रिक आन्दोलन दुवै क्षेत्रमा अपूरणीय क्षति पुगेको मन्त्री श्रेष्ठले बताउनुभयो । नेत्री जोन्छेले लामो समयदेखि राजनीतिक, सामाजिक तथा मानवअधिकारका क्षेत्रमा सक्रिय रहँदै आउनुभएको थियो ।स्वर्गीय जोन्छेको पार्थिव शरीर राधेश्याम स्मृति प्रतिष्ठान कार्यालय, चुनदेवी भक्तपुरमा श्रद्धाञ्जलीका लागि राखिएको छ ।जोन्छेका तीन जना छोरा हुनुहुन्छ ।
मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पोखरा–बागलुङ खण्डमा ठाउँपिच्छे परेका खाल्डाखुल्डीका कारण यातायात सञ्चालनमा जोखिम बढेको छ । पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारीचालकलाई सास्ती भएको छ ।
त्यु हुनेमा महाराजगन्ज नगरपालिका–११ बडेगाउँकी ३५ वर्षीय विष्णु धरीकार रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिनुभयो ।
कृषि ज्ञान केन्द्र धनकुटाले दिएको जानकारी अनुसार गत कात्तिक १२ गतेदेखि १६ गतेसम्म परेको अविरल वर्षाका कारण जिल्लाभरिका धान र कोदो बालीमा ठूलो मात्रामा क्षति भएको जनाएको हो ।