सशस्त्र प्रहरीले ताप्लेजुङस्थित उत्तरी सीमा क्षेत्रको निरीक्षण गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजङ्घा र ओलाङ्चुङगोला बिओपी (बोर्डर आउट पोष्ट) को टोलीले सीमा क्षेत्रको निरीक्षण गरेको हो।
इङ्ग्ल्यान्ड राष्ट्रिय टोलीबाट खेलिसकेका जोहन सिम्पसनले काठमान्डु गोर्खाजबाट नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट खेल्नु हुने भएको छ ।
बाँकेको कोहलपुर र नेपालगन्जमा नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी टुर कार्यक्रम गरिएको छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनको वातावरण बनाउनेतर्फ सरकार सक्रिय भएर लाग्नु पर्नेमा जोड दिनुभएको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दशमलव ६४ अङ्कले घटेर दुई हजार ५९५ दशमलव २४ को विन्दुमा कायम भएको छ । आज नेप्से परिसूचक एक दशमलव ०५ प्रतिशतले घटेको हो ।
नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन पक्षधर नेताहरूले आज काठमाडौँमा छुट्टै भेला आयोजना गरेका छन् ।
गुल्मीको धार्मिक, ऐतिहासिक एवम् पर्यटकीय स्थल रेसुङ्गा क्षेत्रबाट देखिने आकर्षक हिमशृङ्खला। यहाँबाट विशेषगरी धौलागिरी रेन्ज, अन्नपूर्ण रेन्ज, माछापुच्छ्रे, मनास्लु लगायतका विभिन्न हिमाल देख्न सकिन्छ।
मङ्गलबार गोरखा नगरपालिका–८, रानीवनको ऋषिको कुटीबाट लुकिरहेको अवस्था मा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जनाकारी दिनुभयो।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बाँकेका किसानबाट धान खरिदका लागि मूल्य निर्धारण गरिएको छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा घाइते भएकामध्ये परिचयपत्र तथा उपचार खर्चका लागि एक जना मात्र लमजुङ प्रशासनमा सम्पर्कमा आएका छन् । घाइते पहिचान भएका सातजनालाई परिचय पत्र र उपचार खर्चका लागि सम्पर्कमा आउन गत असोज २७ गते जिल्ला प्रशासनबाट सूचना जारी गरिएको थियो ।
मानव सेवा आश्रम बागलुङको भवन निर्माणका लागि एक करोड सङ्कलन भएको छ ।
भुटानका प्रधानमन्त्री सेरिङ तोब्गेको उपस्थितीमा विश्वव्यापी शान्ति प्रार्थना महोत्सव २०२५ मङ्गलबार भुटानको थिम्फु स्थित चाङ्लिमिथाङ स्टेडियममा सुरु भएको छ ।
चीनका शीर्ष कूटनीतिज्ञ तथा विदेशमन्त्री वाङ यीले आफ्ना जर्मन समकक्षीलाई बर्लिनले ‘माइक्रोफोन कूटनीति’ अपनाउन नहुने चेतावनी दिनुभएको छ ।
रोल्वालिङ हिमश्रृङ्खलामा पहिरोमा परी घाइते भएका पाँच जनाको उद्धार गरिएको छ । दुई विदेशी र तीन नेपाली नागरिकको आज हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । सात जना अझै बेपत्ता छन् ।
उत्तर कोरियाको तथाकथित ‘रबर स्ट्याम्प संसद’ का पूर्व प्रमुख तथा नाममात्रको राष्ट्र प्रमुखका रूपमा दुई दशकभन्दा बढी समयसम्म सेवा गर्नुभएका किम योङ नामको ९७ वर्षको उमेरमा निधन भएको छ ।