• १८ कात्तिक २०८२, मङ्गलबार

नेपाल स्ट्रिट प्रिमियर लिग सुरु

blog

पहिलो दिन जित निकालेपछि खेलाडी ।

काठमाडौँ, कात्तिक १८ गते । नेपालकै सबैभन्दा ठुलो टेनिस बल क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपिएल) तल्लो मुलपानी मैदानमा सुरु भएको छ । 

डे–नाइट मोडमा सञ्चालित प्रतियोगिताको पहिलो दिन सोमबार अपन जनकपुरले काठमाडौँ किङ्सलाई ३७ रनले हरायो । 

यस्तै दोस्रो खेलमा विराटनगत रोयल्सले लुम्बिनी राइडर्स लाई १३ रनले पराजित गरेको छ । अर्को खेलमा पोखरा फाल्क्न्सले कर्णाली हाइल्यान्दर्समाथि तीन रनको रोमाञ्चक जित निकाल्यो ।